Loading... आजः १२ असार २०८३, शुक्रबार । Friday 26th June 2026
ताजा खबर
  

सभामुखमा राजबहादुर चयन, उपसभामुखको चुनाव फागुन ५ गते

सुर्खेत ।

प्रदेश ६ को सभामुखमा राजबहादुर शाही चयन भएका छन् । आज बसेको प्रदेश संसदको दोस्रो बैठकले शाहीलाई सभामुखमा चयन गरेको हो । सभामुखमा शाहीको एकल उम्मेदवारी परेको थियो । शाही एमालेका तर्फबाट  दैलेख क्षेत्र नं. २ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

Image may contain: 1 person, closeup

 

सभामुख शाहीलाई आजै अपराहन्न ४ बजे प्रदेश प्रमुख दुर्गाकेश खनालले सपथग्रहण गराउने कार्यक्रम तय गरिएको छ ।

बैठक आगामी फागुन ५ गते उपसभामुख चयन गर्ने गरी ४ गतेसम्मका लागि स्थगित भएको छ  ।