चेतनाको प्रादुभाव
राष्ट्रबाट कुनै पनि कुरा लिनु छैन भन्ने भावना र राजनितिक बिनाको मान्छेले देशलाई योगदान दिन सक्दैन । नेपाली जनतालाई मारेर, मिचेर आफू बलियो बन्ने घातक बिचार बोक्नेहरुले निम्त्याएको बिपद सामान्ने प्रकृतिको थिएन र होईन । आफ्नो देश हुँदा पनि अरुका देशमा भबिश्य खोज्न बाध्य नेपालिलाई शोषण गर्ने पापिहरुको रजगज सधै यसरिनै चल्छ भन्ने मलाई लाग्दैन ।

राजनेताले आफ्नो जिवनको सम्पुर्ण समय देश र नेपाली जनता प्रती अर्पण गर्न सक्नुपर्छ । देशबाट लिन चाहने तर दिन नचाहने प्रवृत्ति राजनितिक धर्म भित्र पर्दैन । नेपालिका लागि कुनै नयाँ कुरा जोढ्न नसके पनि पुर्खाले आर्जन गरिदिएको देश जोगाईदिनु हामी सबैको कर्तब्य हो ।
देशको माटोलाई हृदय देखिनै बुझ्ने र सम्झिने नेपालिले हाम्रा पुर्खाहरुले आर्जन गरेको सम्पती मृत्यु संगै साथमा लिएनन् भन्ने कुरा बुझ्न सक्नुपर्छ । आफू मात्र धनी हुन् चाहेको भए पुर्खाहरु संग देश जोढ्ने चेतनाको प्रादुभाव कसरी हुँदो हो ।
गोर्खाका राजा पृथ्वीनारायण शाहले आफ्नो गोर्खा राज्य मल्ल राज्यमा गाभेर, कुमारी जात्रामा देविको गोडा धोएर श्रीपेज लगाएका हुन् भन्ने ईतिहास अध्यन गर्ने हो भने नेपालिको देशभक्त्ती अरु बलियो हुंदै जानेछ । पृथ्वीनारायण शाहका भाईहरुले राज्यको भाग खोज्दा उनले दिन मानेनन् । चारजात छत्तिस बर्णको फुलबारी हो भने । त्यो बिरता र चेतना बिना देश बन्ने नै थिएन ।
देश निर्माण गरिदिने माहान हाम्रा पुर्खाहरुलाई दुत्कार्ने, सम्मान दिन अस्विकार गर्नेहरु को हुन् ? ईतिहासमा समीक्षा हुँदै जाला । नेपाल राष्ट्र सबै नेपाली जातिको साझा सम्पती हो र यो राष्ट्रको रक्षागर्नु सबैको साझा कर्तब्य पनि हो । सबै नेपालिले यहि देशमा आफ्नो भबिश्य खोज्नुपर्छ ।
नेपाल राष्ट्र नानाथरिका साशकहरु उत्पादन गर्ने र पालन पोषण गर्ने कारखाना मात्र होईन । नेपाली जातिलाई यश धर्तिमा रमाउदै बस्न र बाँच्न सक्ने बनाउने हामी सबैको दायित्व हो ।
नेपालका राजनितिक दल र ती दलका नेताहरुले नेपाल राष्ट्र र नेपाली जनता प्रती गरेको गद्धारिलाई हरेक नेपालिले मिहिन रूपमा समीक्षा गर्नुपर्छ । किन कि जनतालाई ढाट्ने र आफ्नो स्वार्थ पूरा गर्ने प्रबृतिलाई निरुत्साहित गर्न सकिएन भने देशमा लुटको साम्राज्य अरु बिस्तार हुँदै जाने अबस्था आउन सक्छ ।
राज्य सत्तामा बसेर आफ्नो राष्ट्र कमजोर बनाउने र आफ्नो देशको जनतालाई सधै दु:खद अबस्थाको जीवन बाँच्न बाध्य पार्ने रबैयालाई राजनितिक आबरण दिनु हुँदैन, त्यो सफेद झुटको खेती हो । त्यस्तो खेती गर्नेहरु राष्ट्र र नेपाली समाजका लागि घातक प्राणी हुन् यो कुरा हामिले नेपाली जातिलाई स्पस्ट रुपमा बुझाउन सक्नुपर्छ ।
देशको अस्तित्व माथी प्रश्न उठिरहेकोछ । नेपाली जातिलाई फेरि यो वा त्यो बाहानामा युद्धमा फसाउने प्रपन्छ चलिरहेकाछन । यसमा नेपाली मुलकै भ्रष्टहरु समेत सहभागी भएका छन् । बिदेशिको पैसालाई महत्व दिने र आफ्नो राष्ट्र र जनतालाई बिक्रीको बस्तु सम्झिने हिन भावना बोकेका मानिसहर्ले आजको नेपाल र नेपालिलाई प्रतिनिधित्व गर्न सक्दैनन् ।
राजनितिक ब्यवस्थाको बिकल्प होईन, हामीले दलाल नेपालका नेताहरुको बिकल्प खोज्नुपर्छ । आफ्नो स्वधर्मलाई तिरस्कार गर्ने र परधर्म प्रति आशक्ती दर्शाउने मूर्ख साशकहरुले निम्त्याउने भनेको बिपद मात्र हो । त्यस्तालाई राज्यसत्ताको केन्द्रमा आरामका साथ बस्न दिनु र साशित हुनु भनेको बिपदको प्रखाईमा बस्नु हो ।






