प्रेस चौतारी प्रदेश नं. ६ को भेला सम्पन्न
सुर्खेत, १६ माघ ।
नेकपा एमालेका उपाध्यक्ष तथा प्रदेश नं. ६ का संयोजक युवराज ज्ञवालीले चुनाव केन्द्रित हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन । पार्टी केन्द्रीय प्रचार विभागको आयोजनामा वीरेन्द्रनगरमा आइतबार आयोजीत प्रेस चौतारी प्रदेश नं. ६ को भेलालाई सम्वोधन गर्दै उनले सो बताएका हुन । सबै दलको सहकार्य, सहमतिमा मात्रै संविधान जारी गर्न सकिएको र यसलाई कार्यान्वयन गर्न पनि सबै दल मिल्नुको विकल्प नभएको दाबी गर्दै नेता ज्ञवालीले भने ‘अब संविधान संशोधनलाई थाँती राखेरै चुनावमा जाऔं र ऐतिहासीक संविधानलाई कार्यान्वयन गरौं ।’ नेता ज्ञवालीले चुनाव गर्नकै लागि सरकार बनेको हो भने चाँडै सत्तासीन दलहरुले चुनावको मिति घोषणा गर्नुपर्ने बताए । उनले भने ‘एमाले तीनै तहको चुनावका लागि तयार छ, तपाईहरु (सत्तासीन पार्टीहरु) खुट्टा नकमाउनुहोस । सरकारमा भएका बेला चुनाव गर्नुहुन्न भने कहिले हो चुनाव गर्ने ?’ सरकार र सत्तासीन दलहरु संविधान कार्यान्वयन भन्दा पनि देशलाई अस्थिरता तिर, अराजकता तिर डो¥याउन खोजेको आरोप लगाउँदै संविधान संशोधनै गर्नुपर्ने भएपनि ताजा जनादेश अनुरुप गर्न अन्य राजनीतिक दलहरुलाई सुझाए । प्रधानमन्त्री प्रचण्डले माघ १५ भित्र स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने भनेता पनि आजसम्म घोषणा नगर्नुले अझै पनि काँग्रेस र माओवादी संविधान कार्यान्वयन प्रति गम्भिर रुपमा जिम्मेवार छैनन भन्ने देखिएको बताए ।
प्रदेश स्तरीय भेलालाई सम्वोधन गर्दै एमाले केन्द्रीय सचिव तथा पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराइले भारतको पश्चिम वगांल देखि महाराष्ट्रसम्मका जनताले भारतीय भन्दै आएको र उनीहरुको एकै राष्ट्रियता रहेको थाहा पाउँदा पाउँदै पनि सत्तासीन र मधेशी दलले नेपाललाई तहसनहस पारी प्रभूहरुलाई खुशि बनाउन खोजेको आरोप लगाए । उनले भने ‘एमाले संसद र सडकमा रहेसम्म कदापी यो राष्ट्रघाती संविधान संशोधन प्रस्ताव पारित हुन दिनेछैन ।’ उनले सरकारी कामकाजको भाषा मैथिली, भोजपुरी, मगर खाम या अन्य नेपालमा बोलीने भाषालाई बनाउन एमाले तयार रहेको तर सत्तासीन घटकहरुले नेपालीका आफ्नै मौलीक भाषालाई निल्न लगाएर कामकाजको भाषा हिन्दी बनाउन कदापी एमालेले नदिने बताए ।
सरकारले संसदमा पेश गरेको संविधान संशोधनले अगींकृत नागरिकलाई देशका महत्वपूर्ण पदमा आसीन गराउने, जनसंख्याको आधारमा राष्ट्रिय सभामा प्रतिनीधित्व गराउने षडयन्त्र गरिएको र त्यसैको विरुद्वमा एमाले र सिंगो सचेत जनता आन्दो्िलत भएको जनाए ।
भेलालाई सांसद तथा एमालेका पोलीटव्यूरो सदस्य प्रकाश ज्वाला, प्रदेश सहसंयोजक यामलाल कंडेल, केन्द्रिय सदस्य सुर्य थापालगायतले सम्वोधन गरेका थिए । भेलाको उद्घाटन सत्तको अध्यक्षता केन्द्रीय प्रचार विधागका सचिव विष्णु रिजालले गरे भने संचालन प्रदेश नं. ६ का संयोजक विर बहादुर गिरीले गरेका थिए





