Loading... आजः ३० कार्तिक २०८२, शनिबार । Saturday 15th November 2025
ताजा खबर
  

सेमाको छैठौ बार्षिक उत्सव

सुर्खेत २१ फागुन
सुर्खेत एजुकेशनल मल्टिपल एकाडेमी (सेमा) ले आफ्नो छैठौ बार्षिक उत्सव एवम् अभिभावक दिवस मनाएको छ । एक विशेष औपचारिक कार्यक्रमको आयोजना गरी सेमाले अभिभावक दिवस मनाएको हो ।

?

कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमको समेत प्रस्तुती गरेका थिए । विद्यालयका प्रिन्सिपल हिम कुमार शर्माले विद्यालयले बर्ष भरीमा गरेको प्रगति विवरण सहित आर्थिक प्रतिवेदन समेत प्रस्तुत गर्नु भएको थियो ।

?

प्याब्सनका केन्द्रिय सदस्य सीताराम पौडेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्याब्सन पूर्व केन्द्रिय उपाध्यक्ष सागर भुसाल, शिक्षाप्रेमी गेहेन्द्रप्रसाद दाहाल, प्यासनका जिल्ला सदस्य प्रकाश खत्री, अभिभावक विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृपाराम रेग्मीको सभापतित्वमा सम्पन्न भएको थियो ।