Loading... आजः ३० कार्तिक २०८२, शनिबार । Saturday 15th November 2025
ताजा खबर
  

जेभिएस स्कूलले ग¥यो विद्यार्थीको स्वास्थ्य परिक्षण

सुर्खेत
१२ जेठ २०७४ ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. ७  सुर्खेत कालुङ्गचोकमा रहेको ज्योति विद्या सदन (जेभिएस) स्कुलले आफ्नो बार्षिक कार्यक्रम अनुसार विद्यार्थीको स्वास्थ्य परिक्षण गरेको छ ।


मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतका डा. अनिता दाहाल र स्वास्थ्यकर्मी विन्दु कंडेलले उक्त विद्यालयमा अध्ययरत कक्षा शिशु स्याहारदेखि कक्षा ८ सम्म अध्ययनरत २ सय ९० जनाको स्वास्थ्य परिक्षण गरेका थिए । उक्त परिक्षणका कार्यक्रममा ४४ जना विद्यार्थीलाई सामान्य स्वास्थ्य समस्या देखिएको उक्त विद्यालयका संचालक समितिका अध्यक्ष कुशल केसीले जानकारी दिए । समस्या देखिएका विद्यार्थीहरुमा विशेष गरी आँखा र छातिमा सामान्य समस्या रहेको पाइएको छ ।


उक्त स्वास्थ्य परिक्षण कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।