Loading... आजः ३० कार्तिक २०८२, शनिबार । Saturday 15th November 2025
ताजा खबर
  

क्रियाशील पत्रकार मञ्चको प्रदेश स्तरीय भेला एवम् अनलाइनको उद्घाटन

२६ जेठ २०७४
सुर्खेत ।

क्रियाशील पत्रकार मञ्चको प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । उक्त भेलामा क्रियाशील पत्रकार मञ्चको आधिकारिक अनलाइनको समेत उद्घाटन गरिएको छ ।  भेलाले नौ बुँदे प्रतिवद्धता समेत जारी गरेको छ ।

क्रियाशील पत्रकार मञ्च सुर्खेतका अध्यक्ष ललित बहादुर बुढाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश नं. ६ का ५ जिल्लाका पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल, पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेश कञ्चन भारती लगायत विभिन्न गैससका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण सचिव दीपक बुढाले गरेका थिए ।