बाल बिवाह न्युनिकरण र बाल अधिकार प्रवद्र्धनका लागि अभिमुखि कार्यक्रम सम्पन्न
सुर्खेत
“हामी सवैको चाहना ः बाल हिंसा, दुव्र्यवहार र बाल बिवाह रहित समाजको परिकल्पना” भन्ने मुल नारा सहित बाल बिवाह न्युनिकरण र बाल अधिकार प्रवद्र्धनका लागि अभिमुखि कार्यक्रम–२०७४ वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । जिल्ला विकास समितिको कार्यालय,सुर्खेतको आर्थिक सहयोग, जिल्ला बाल कल्याण समिति,सुर्खेत र युथ फर चिल्ड्रेन नेपाल, सुर्खेतको समन्वयमा एवं जिल्ला बाल संजालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला बाल संजालका अध्यक्ष भावना तिमिल्सेनाकोे अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सुर्खेत जिल्लाका विभिन्न गाउपालिका र नगरपालिकाका करिव २५ जना बाल क्लबका बालबालिकाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख आतिथि जिल्ला समन्वय समिति सुर्खेतका सामाजिक विकास अधिकृत टंक प्रकाश लामिछानेले भने “वालबालिकाको सवाल वास्तवमै ज्यादै संवेदनशिल एवं महत्वपुर्ण सवाल हो । यस्ताखालका सवाल जतिनै महत्वपुर्ण एवं संवेदनशिल छन्, दिन वितेसंगै त्यति नै बाल अधिकार हनन्का घटनाहरु सार्वजनिक भएका छन् । तसर्थ बालबालिकाका माथि हुने सबै प्रकारका हिंसा तथा दुव्र्यवहार न्यूनिकरण र बाल बिवाह न्युनिकरण गर्ने उद्देश्यले जुन कार्यक्रम भएको छ, त्यो ज्यादै प्रशंसा योग्य छ र यसलाई निरन्तरता दिदै लैजानु पर्दछ ।” कार्यक्रममा नगर स्तरिय बाल संजालकी अध्यक्ष अस्मिता सापकोटा, जिल्ला बाल संजालका पदाधिकारी, युथ फर चिल्डे«नका अध्यक्ष विनोद कंडेल, खगेन्द्र लम्साल,लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागिलाई बाल अधिकार प्रर्वद्धन र बाल बिवाह न्युनिकरणका विषयमा जिल्ला बाल कल्याण समिति सुर्खेतकी बाल अधिकार अधिकृत रमा भण्डारीले बालबालिकालाई प्रशिक्षण दिएकी थिइन् । कार्यक्रममा बालबालिका तथा बालबालिकाको क्षेत्रमा कार्य गर्ने सेवा प्रदायकले प्रदान गर्ने सेवा,बाल बिवाह हुने कारण र त्यसलाई न्युनिकरण गर्नका लागि राष्ट्रिय स्तरमा बनेका नितिहरु, बाल अधिकारका सुचकहरु,स्थानिय स्तरमा हुने सामाजिक विकृती तथा विसंगति, बालबालिका लक्षित वजेट, सार्वजनिक क्षेत्रमा बालबालिकाका लागि गरिने व्यवहार जस्ता विषयमा प्रशिक्षण दिइएकोे थियो ।
त्यस्तै आजको कार्यक्रमबाट विभिन्न स्थानिय तहका लागि बाल शान्ति दुतको चयन गरिएको छ । छिन्चुका लागि सुनिता जैसी, गढीका लागि सागर पौडेल, एसओएसका लागि इन्द्र बुढा, राकमका लागि सम्राट बस्नेत, वीरेन्द्रनगरका लागि किरण अधिकारी र गर्पनका लागि पुजा ढकाल चयन भएका छन् । चयन भएका बाल शान्ति दुतले आफ्नो क्षेत्रमा गएर बाल अधिकार प्रबद्र्धन गर्ने र बाल बिवाह न्युनिकरणका लागि स्थानिय निकायसंग र जिल्लामा सम्बन्धित निकायसंग समन्वय गरी पहल गर्ने छन् ।





