Loading... आजः २४ कार्तिक २०८२, आईतवार । Sunday 9th November 2025
ताजा खबर
  

देशभरका १६७ विद्यालय नमुना विद्यालय घोषणा

सुर्खेत 

सुर्खेतका तीन विद्यालय नमुना विद्यालय विकासका लागि घाेषित भएका छन् । त्यसै गरि नम्बर ६ का ११ वटा विद्यालय जिल्लागत निर्वाचन क्षेत्रगत नमुना विद्यालय विकासका लागि घाेषित भएका हुन् । शिक्षा विभागले प्रदेश ६ का ११ विद्यालयसहित देशभरका १६७ विद्यालयलाई नमुना विद्यालय विकासका लागि घाेषित गरेको हो ।

Image may contain: 1 person, on stage, table, indoor and outdoor
फाइल फोटो

सुर्खेतको वीरेन्द्रनगरमा रहेको जनमावि, गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय मावि बडाखोली, बराहतालको जनज्योति मावि बड्डीचौर छनोट भएका छन् । यस्तै, प्रदेश ६ को दैलेखको हिमालय मावि डाँडीमाडी, सल्यानको जनकल्याण मावि थरमारे र त्रिभुवन जनता मावि लुहापिङ, रुकुमको राप्ती ज्ञानोदय मावि सिल्ली र त्रिवेणि मावि सिम्रुतु, कालिकोटको महादेव मावि फाइकोट, जुम्लाको चन्दननाथ मावि खलंगा र डोल्पाको आर्दश मावि जुफला रहेका छन् ।

विभागले नमुना विद्यालय छनोटका लागि सातवटा सूचकलाई आधार बनाएको थियो । मुख्यगरी, माध्यमिक तह ११ र १२ मा पढाइ हुने विषयहरु, विद्यालयसंग भएका जग्गाको प्रयाप्तता, विद्यार्थी अनुपात एसइइ नतिजा, स्थानीय समुदायमा विद्युत इन्टरनेट सुविधा, विद्यालयको अवस्थिति र विद्यालय गाभेर सञ्चालन गर्ने अवस्थाका आधारहरु पूरा गरेका विद्यालय छनौटमा परेको विभागले जनाएको छ ।