Loading... आजः ३० कार्तिक २०८२, शनिबार । Saturday 15th November 2025
ताजा खबर
  

एक घर दुई विरुवा कार्यक्रम शुरु : वृक्षारोपण कार्यलाई तिब्रता

क्वीकखबर सम्वाददाता 
३१ असार २०७४
सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगरमा रहेको सिद्धार्थ टोलविकास संस्था र शान्ति लाइनको आयोजनामा वीरेन्द्रनगर नगरपालिका वडा नंं ५ मा हरियाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत एक घर दुई विरुवा कार्यक्रमको शुरुवात भएको छ । यो कार्यक्रमसँगै सुर्खेतमा वृक्षारोपण कार्यलाई तिब्रता दिइएको छ ।


वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार सुवेदीको प्रमुख आतिथ्यतामा शुरु भएको उक्त कार्यक्रम एक घर दुई विरुवा आफै कुरुवा भन्ने नाराका साथ शुरु भएको वडा अध्यक्ष राजबहादुर गुरुङ्गले जानकारी दिनु भयो ।


यस कार्यक्रम अन्तर्गत १ सय ५० अशोक र १ सय धुपीका विरुवा वितरण गरिएको छ । एक घर दुई विरुवा नभएमा यहाँका बासिन्दाको घरको नक्सा पास समेत नगरिने निर्णय भएको समेत जनाइएको छ ।