व्यङ्ग्य – घ्वाच्च घोच्यो
बुझ्नेले सबै बुझेको हुन्छ र जान्नेले सबै जानेको हुन्छ भन्दा अलि नमिल्न पनि सक्छ । आज सै हुने मान्छे सधैँ सै हुन्छ भन्ने केही छ र ? प्रगतिशील गायकको रुपमा चिनिने जहाँ गयो त्यही सबैलाई रुवाउने रुन्चे गायकको उपाधि समेत पाएका गायकले पछिल्लो पटक निकै चर्चामा आउने गीत गाए । तै पनि सै मै पनि सै अन्तिममा मेरो पार्टी मात्रै सै । गायक कुनै पार्टीको हुनुहुँदैन । सबैको मनमा बस्न सक्ने हुनुपर्छ । सबैको गायक बनेका गायक बरदी पंगेनी पनि हुन् । ती कसरी सबैको गायक बने भनेको त उनले सबै जानेका रहेछन् । हुन त चर्चित बन्न सबै जान्नु नै पर्छ रे क्या । त्यही भएर उनले संगीतकै तालमा ५२ नं. नाम गरेको एल्बम चलाइरहेको बेला त्यो प्रहरी भन्ने कहाँबाट ट्याप्प आएर पो मा¥यो त । लु खतम ।

नहुने कुरा गर्ने उनीसँग दुई लाख त त्यही सै पनि … मै पनि … भन्ने गीतको कमाइ पो त । अनि त्यो पैसाले उनले ५२ नं. नाम गरेको एल्बम निकाल्न परेन । एल्बम निकाल्न पैसा लाग्दैन र । त्यही भएर बोकेका हुन् क्या । त्यो प्रहरी पनि सै र मै का विरुद्धमा भएकोले बरदीलाई बद्रीका भरमा समातेर लिएको होला नि त । लु खतम ।
उनी जुवा खेल्ने, सुरापान गर्ने खालका मान्छे नै होइनन् । त्यो प्रहरीले पनि सै मान्छे यही भनेर चिनेन छ कि क्या हो । विचराले त्यत्तिकै दोष पायो । अर्कै मान्छे भनेर समात्यो होला । त्यो समातिने सै मान्छे होइन भनेर सै सै हरुले रुवाबासी गरिरहेका छन् त बा । चिना हराएका एउटा लेखक तथा कलाकारले त्यसै तँ त साह्रै बिग्रिस नि बद्री भनेर त्यसै फिलिम बनाएका होइनन क्या । अनि त्यो बद्री नाम गरेको फिलिमले त्यसै उनको चिलिम कहाँ फर्काएको हो र । त्यतिधेरै लोकप्रिय भा को गायकले प्रहरीको लाठीसँगै मामाघरको चिसो खाको देखेर यो सोझो हरिलठ्ठकलाई फेरी एकपटक घ्वाच्च घोच्यो । ऐया ऽऽऽऽऽ





