Loading... आजः २४ कार्तिक २०८२, आईतवार । Sunday 9th November 2025
ताजा खबर
  

सूर्या लाइफले गर्यो मृत्यू दाबी भूक्तानी

सुर्खेत

भदाै १० ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. सुर्खेत शाखाले बिमितका परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका वडा नंं ३ निवासी जय बहादुर भण्डारीकी श्रीमति मञ्जु भण्डारीलाई ४ लाख ९ हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरिएको हो । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. सुर्खेत क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक दिनेश खड्काले उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

बिमित जयबहादुर भण्डारीले २ लाख बिमाङ्कको बिमा गर्नुभएको थियो भने उहाँले पहिलो किस्ता स्वरुप रु १४ हजार रुपैयाँ प्रिमियम बुझाउनु भएको थियो । जय बहादुर भण्डारीको दुर्घटनाबाट मृत्यु भएको उहाँकी श्रीमती मञ्जु भण्डारीले बताउनु भयो ।

एक औपचारिक कार्यक्रमको आयोजना गरी मृत्युदाबी भुक्तानी गरिएको हो । उक्त कार्यक्रममा एरिया ब्रान्च मेनेजर विष्णु प्रसाद अधिकारीले बिमा गर्नुका फाइदाहरुको बारेमा चर्चा गर्नु भएको थियो । अभिकर्ताको तर्फबाट तारा खड्का बोगटीले भन्नुभयो – महिला दिदीबहिनीहरुले बिमा कम्पनीको अभिकर्ता भएर गाउँ गाउँ र बस्ती बस्तीमा गएर बिमा गर्नुभएको छ । जसले कारणले बिमितहरुको दुर्घटना वा अन्य कारणले मृत्यु भएमा वा नभएमा पनि उनीहरुले पाउने बिमाको रकमले महिलाहरुको जीवनस्तर जीउनमा केही हदसम्म सहयोग गरेको छ ।

कार्यक्रममा अभिकर्ताहरु, बिमितका आफन्तहरु लगायत सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. सुर्खेत शाखाका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण वासुदेव तिमिल्सेनाले गर्नुभएको थियो कार्यक्रम सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. सुर्खेत शाखाका क्षेत्रीय प्रबन्धक दिनेश खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको धर्मराज सिजापतिले क्वीकखबरलाई जानकारी दिनुभयो ।