Loading... आजः ३० कार्तिक २०८२, शनिबार । Saturday 15th November 2025
ताजा खबर
  

बढ्दै बेरोजगारी समस्या : युवाको ध्यान ड्राइभिङ्गतिर

सुर्खेत ।
नेपालमा प्रशस्त उद्योग तथा कलकारखाना स्थापना हुन नसकेकाले रोजगारीको सिर्जना हुन सकेको छैन । प्रयाप्त रोजगारीको सिर्जना हुन नसक्दा युवाहरुको ध्यान ड्राइभिङ्ग प्रशिक्षण लिने तर्फ मोडिएको छ । रोजगारीको लागि बाध्य भएर खाडी मुलुकमा जानु पर्ने तर कुनै पनि सीप नहुँदा दुःख पाइने भएकोले पनि युवाहरु सवारी चालक प्रशिक्षणमा चासो दिन थालेका हुन् ।

Image result for driving training
सुर्खेतको लेकाली मोटर ड्राइभिङ्ग सेन्टरले ड्राइभिङ्ग सम्बन्धि प्रशिक्षण दिएर करिब १ हजार ५ सय जनालाई रोजगारमिा आत्मनिर्भर बन्न सहयोग गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको लेकाली मोटर ड्राइभिङ्ग सेन्टरका संचालक खड्क बोहोराका अनुसार लेकाली मोटर ड्राइभिङ्ग सेन्टरबाट अहिलेसम्म करिब ३ हजार जनाले ड्राइभिङ्ग प्रशिक्षण लिइसकेका छन् । प्रशिक्षण लिएका मध्ये करिब पचास प्रतिशत युवाहरु स्वदेश तथा विदेशमा गएर भएपनि रोजगारीमा लागेका छन् । सवारी चालक प्रशिक्षण लिइसकेपछि नेपालमै रोजगारी गर्नेहरु बढ्दै गएका छन् । कतिपय भने वैदेशिक राृजगारीका लागि विभिन्न मुलुकहरुमा पुगेका  छन् ।

नेपालमा कुनै सीप नसिकेर विदेश जाँदा दुःख भोग्नुपर्ने हुन्छ । तर सीप सिकेर विदेश जाँदा एकातिर काम पनि राम्रो पाइने र अर्कोतिर भने अनुसारको पारिश्रमिक पनि पाइने भएकोले पनि विदेश जाँदा कुनै न कुनै सीप सिकेर जाँदा नै फाइदा हुने भेरीगंगा ७ का धनबहादुर मगरको भनाई छ । उनी ३ वर्ष मलेशियामा वैदेशिक रोजगारीमा काम गरेपनि हाल दुबईमा छन् । मलेशियामा हुँदा उनीसँग कुनैपनि सीप नभएकोले दुःख पाएको तर पछि वेल्डिङ्गको काम सिकेर दुबईमा गएकाले एकातिर काम पनि सजिलो भएको र अर्कोतिर भने अनुसारको पारिश्रमिक पनि पाएको बताउँछन् ।

लेकाली मोटर ड्राइभिङ्ग सेन्टरका संचालक बोहोराका अनुसार सीपको नाममा केवल प्रमाण पत्र मात्र हात पारेर केही हुन सक्दैन । दक्षतापूर्ण सीप हुनु आवश्यक छ । उनले भने – ‘हामीले जति प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिन्छौ उनीहरुलाई दक्ष बनाउने जिम्मेवारी हाम्रो हो । त्यसैले हामीले बरु तोकिएको समय भन्दा पनि बढि प्रशिक्षण दिन्छौ तर उनीहरुलाई काम गर्न दक्ष बनाउने गर्छौ । प्राविधिक काममा पूर्णता भएन भने काम गर्न निकै समस्या हुन्छ । अझ त्यसमा पनि सवारी चलाउने कुरा । यदि आफू पूर्ण दक्ष नभईकन सवारी हाक्ने कोसिस गरियो भने ऊ आफू त दुर्घटनामा पर्छ पर्छ अरुहरुको ज्यान समेत खतरामा पर्ने भएकोले यसलाई सामान्य रुपमा हेरिनु हुँदैन ।’ उनले थपे– जसरी एउटा पाइलटले जहाजलाई सफल उडान गर्दछ र तोकिएको स्थानमा अवतरण गराउँदछ त्यसरी नै एउटा सवारी चालकले सफलता पूर्वक सवारी चलाएर तोकिएको गन्तव्यमा पु¥याउनु पर्ने हुन्छ । अनि सवारी चालकको भरमा लाखौको सम्पत्ति (गाडी) मात्र होइन अमूल्य मान्छेको ज्यान पनि हुन्छ । अहिलेसम्म लेकाली मोटर ड्राइभिङ्ग सेन्टरबाट प्रशिक्षण पाएका सवारी चालकहरु कोही खाडीको साउदी, दुबई, कतार, बहराइन त कोही मलेशियामा पुगेका छन् ।

संचालक बोहोरा भन्छन् – ‘उनीहरुले त्यहाँ गएर तोकिएको काम र पारिश्रमिक पाएको छु’ भनेर फोन गरेपछि आफूले आफ्नो पेशामा निभाएको धर्म प्रति गर्व लाग्छ मलाई । संचालक बोहोराको भनाई छ – ‘हाी दिउँसोमा मात्र ड्राइभिङ्ग प्रशिक्षण दिने लिने गर्छौ तर ड्राइभरले त रातीमा पनि गाडी चलाउनु पर्ने हुन्छ । कतिपय प्रशिक्षार्थीले रातीमा गाडी चलाउन समस्या भएको बताएपछि अब लेकाली मोटर ड्राइभिङ्ग सेन्टरले रात्री कालिन प्रशिक्षण समेत शुरु गर्ने योजना बनाएको छ । दिउँसोको समयमा गियर तथा ब्रेकहरु हेरेरै चलाउने बानी भएकाले पनि रात्री कालिनमा सवारी चलाउन गारो हुने गर्दछ ।’

लेकाली मोटर ड्राइभिङ्ग सेन्टरले ‘म सवारी चालक हुँ’ मात्र नभई ‘म कुशल सवारी चालक हुँ’ भन्ने भावनाको विकास गराउनका लागि गाडीका पार्टपूर्जादेखि ट्राफिक नियमको बारेमा समेत अध्ययन गराइरहेको छ । लेकाली मोटर ड्राइभिङ्ग सेन्टरमा सवारी चालक प्रशिक्षण लिएर अहिले सवारी चलाइरहेका दैलेखका कर्ण बहादुर शाही भन्छन् – म २५ वर्षको भएँ । मैले ढिलो गरी भएपनि यो सीप सिके । अहिले गाडी चलाइरहेको छु । दुखसुख गरेरै भएपनि अब आफ्नो परिवारका लागि थोरै भएपनि खुसी दिनसक्छु ।

सुर्खेतमा लेकाली, बुद्ध, सोपान लगायतका ड्राइभिङ्ग सेन्टर संचालनमा रहेका छन् ।