राप्रपाले ग¥यो वडा प्ुनर्गठन
सुर्खेत, १२ कात्तिक ।
राष्ट्रिय प्रजातन्त्र पार्टी वीरेन्द्रनगर सुर्खेत नगरको वडठा नं. ३ पुनर्गठन गरेको छ । बसन्त चौधरीको अध्यक्षतामा उपाध्यक्ष टीका ब. शाही, महिला उपाध्यक्षटीका चालिसे , सचिव रेशमा शाही कोषाध्यक्ष ओमप्रसाद भण्डारी रहने गरि १७ सदस्यीय समिति गठन गरेको छ । जसको सदस्यहरुमा अर्जुन गिरी, जय बहादुर चौधरी, काँशीराम चौधरी रविलाल भारती, भीमा शाही, संगम शाही, सुरज धौधरी (थारु), चुडामणी सापकोटा, घनश्याम भारतीलाई चयन गरेको छ ।
कार्यक्रममा केन्द्रिय सदस्य भद्र ब. शाही, जिल्ला उपाध्यक्ष श्याम पुरी, पूर्व प्रहरी संगठनका केन्द्रिय सदस्य कर्ण बहादुर थापा र नगर अध्यक्ष भूपेन्द्रनाथ योगी लगायतको उपस्थिति रहेको थियो ।






