Loading... आजः ३० कार्तिक २०८२, शनिबार । Saturday 15th November 2025
ताजा खबर
  

समुदाय स्तरीय कानुनी सचेतना

सुर्खेत, १४ कात्तिक ।

समुदाय स्तरीय कानुनी सचेतना कार्यक्रम मंगलवार बराहताल— ९ सिरुपाटामा सम्पन्न भएको छ । रोलर÷युएनडिपिको सहयोगमा सुन्दर नेपालले सो कार्यक्रमको आयोजना गरेको हो । समूदाय स्तरका महिला तथा नागरिक सचेतनाका प्रतिनिधिहरुलाई कानून सम्बन्धि जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा घरेलु हिंसा, बहुविवाह, बालविवाह तथा काूननमा व्यवस्था भएका महिला अधिकारको बारेमा सहजिकरण गरिएको थियो । कार्यक्रममा संस्थाद्धारा सञ्चालन भएको न्यायमा पहुँच परियोजनाका कार्यक्रम संयोजक रमा प्याकुरेलले सहजिकरण गरिन् ।

कार्यक्रममा बराहताल गाउँपालिका वडा नम्वर ९ का वडा अध्यक्ष अक्कडबहादुर पुलामीको प्रमुख आथित्यता तथा नागरिक सचेतना केन्द्रका अध्यक्ष कल्पना पुलामीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बराहताल स्थित नागरिक सचतना केन्द्रका २५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा न्यायमा पहुँच परियोजनाका जेसी अफिसर उमा भट्टराई र परामर्शदाता पुस्पा रौनियारको सहभागिता रहेको थियो ।

यसैबीच संस्थाले सोमवार विद्यालय स्तरीय कानुनि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बराहतालको सरस्वती मावि विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा कानुनमा व्यवस्था भएका बाल अधिकारका बारेमा सचेतना गराइएको थियो । सो कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक उषाकुमारी चन्दको अध्यक्षतामा सम्पन्न भएको थियो ।