सुर्खेत शाखा उत्कृष्ट, अध्यक्षद्धारा सम्मान ग्रहण
२१ कार्तिक काठमाण्डौ
गैर सरकारी संस्थामा विगत १५ वर्षदेखि क्रियाशिल भइ हाल गैर सरकारी संस्था महासंघ सुर्खेत शाखाको अध्यक्ष भएको पहिलो कार्यकाल मै नागरिक समाजको तर्फबाट उत्कृष्ट जिल्लाका रुपमा प्रमाणपत्र र रु १० हजार नगद सहित सम्मान गरेको छ ।

उत्कृष्ट शाखाको रुपमा कार्य गरे वापत आज मंगलवार संस्थाका अध्यक्ष हरिप्रसाद अधिकारीलाई काठमाण्डौमा भएको भब्य नागरिक सम्मेलनमा गैर सरकारी संस्था महासंघ नेपालले सम्मान तथा पुरस्कृत गरेको हो ।
विगत देखि गैसस महासंघ नेपालले वार्षिक रुपमा प्रदान गर्ने यो पुरस्कार आज काठमाण्डौमा भएको २३ औ बार्षिक साधारण सभा तथा राष्टिय नागरिक सम्मेलनका अवसरमा सर्वोच्च अदालतका पुर्व प्रधान न्यायधिस कल्याण श्रेष्ठ एवम् गैसस महासंघ नेपालका केन्द्रिय अध्यक्ष गोपाल लम्सालले सम्मान तथा पुरस्कृत गरेका थिए ।
कार्यक्रममा सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरि वास्कोटा, समाज कल्याण परिषदका उपाध्यक्ष निलमणि बराल, स्थानिय विकास मन्त्रालयका सचिव गोपीनाथ मैनाली, राष्टिय मानव अधिकार आयोगका पुर्व सदस्य गौरी प्रधान, नागरिक अगुवाहरु कपिल श्रेष्ठ, विष्णु पुकार श्रेष्ठ, शर्मिला कार्की, सुबोध प्याकुरेल, डिल्लुप्रसाद घिमिरे, शोभाराम डाङ्गी,खिम शाही लगायत देशभरका नागरिक अगुवाहरुको सहभागीता रहेको थियो ।
सम्मान ग्रहण गर्दै संस्थाका अध्यक्ष हरिप्रसाद अधिकारीले महासंघको केन्द्रिय टिमलाई धन्यवाद दिनु भएको थियो । देशभरका ७७ जिल्लाबाट काठमाण्डौमा आएका नागरिक समाजका प्रतिनिधिको बिच यो सम्मान प्रदान गरिएको थियो ।





