Loading... आजः २० असार २०८३, शनिबार । Saturday 4th July 2026
ताजा खबर
  

काँक्रेविहार दोहोरी साँझ तेस्रो वर्षमा प्रवेश

सुर्खेत, १५ माघ ।

सुर्खेतमा रहेको काँक्रेविहार दोहोरी साँझ तेस्रो वर्षमा प्रवेश गरेको छ । २०७२ साल माघ १५ गतेका दिन सुर्खेतमै पहिलो पटक स्थापना भएको काँक्रेविहार दोहोरी साँझले आफ्नो वार्षिकोत्सवको अवसरमा दोहोरी साँझमा कार्यरत कलाकारहरुलाई सम्मान गरेको छ । सम्मानीत हुने कलाकारहरुमा खम्बराज गिरी, पदमपुरा सेजुवाल, हिमाल थापा, मदन रेग्मी, किशोर पोख्रेल, सुनिता केसी, श्रृजना परियार, डिलमाया वि.क., चक्र बहादुर वि.क. र सुकदेव अधिकारी छन् ।

दोहोरी साँझका प्रबन्धक भक्तबहादुर गथापाले दोहोरी साँझले यस जिल्लाको मात्र नभई यस प्रदेशकै स्थानीय कला र संस्कृतिको जगेर्ना समेत गरेको बताए । साथै उनले दोहोरी साँझको सफलताको लागि सहयोग गर्ने ग्राहकवर्गदेखि यस क्षेत्रका आम कला प्रेमीसँगै संचारकर्मीहरुलाई समेत धन्यवाद ज्ञापन गरेका छन् । काँक्रेविहार दोहोरी साँझले प्रत्येक दिन साँझ ६ बजेदेखि १० बजेसम्म विभिन्न सांस्कृतिक कार्यक्रम दोहोरी प्रस्तुत गर्ने गरेको छ ।