Loading... आजः २१ असार २०८३, आईतवार । Sunday 5th July 2026
ताजा खबर
  

मृगौला पीडितलाई उपचारार्थ रकम हस्तान्तरण

सुर्खेत, १५ माघ ।

दुई मिर्गौला विग्रिएर उपचारको क्रममा रहेका एक यूवकलाई आर्थिक सहयोग गरिएको छ । रकम अभावका कारण उपचार हुन नसकेका दैलेखको भगवतीमाई गाउँपालिका–१ पगनाथका हस्तराज अधिकारीलाई उपचारका लागि एक लाख रुपैयाँ सहयोग गरिएको हो । रोजगारीको शिलशिलामा कोरियामा रहेका नेपालीहरुले संकलन गरेको रकम सोमबार हस्तान्तरण गरिएको हो । सुर्खेत–कोरिया सम्पर्क समितिका अध्यक्ष कुमार भट्टराई र टेकेन्द्र हमालको नेतृत्वमा संकलन भएको एक लाख रुपैयाँको चेक काँक्रेविहार दैनिकका सम्पादक शुसिलराज शर्माले हस्तान्तरण गरेका हुन् ।

Image may contain: 1 person, smiling, sitting
क्षेत्रीय अस्पताल कालागाउँमा उपचारका क्रममा रहेका हस्तराजलाई काँक्रेविहार दैनिकका सम्पादक शुसिलराज शर्माले चेक हस्तातरण गर्दै ।

सुर्खेत, खोटाङ्ग, नुवाकोट, गुल्मी, पर्वतलगायतका जिल्लाका रोजगारीको शिलशिलामा कोरिया रहेका १३ जनाबाट उक्त रकम संकलन भएको कोरिया सम्पर्क समितिका सदस्य हमालले बताए । रकम अभावका कारण विगत तीन वर्षदेखि मृगौलामा समस्या देखिएका अधिकारी काठमाडौंस्थित वीरअस्पतालमा उपचाररत छन् । काठमाडौंमा उपचारका लागि रकम अभाव भएपछि वीर अस्पतालको सिफारिसमा उनले हाल मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा डायलोसिश गराइरहेको बताए । दुवै मृगौला बदल्नुपर्ने भएकाले उपचारका लागि २५ लाख रुपैयाँ आवश्यक रहेको उनले बताए । ‘आमा अथवा बुबाको मिर्गाैला म्याचिङ हुन्छ, हुँदैन थाहा छैन’, उपचार गराइरहेका अधिकारी भने, ‘ मिर्गौला दिने व्यक्ति भएपनि पैशा छैन् ।’

उपचारका लागि रकम जुट्दै गएको जानकारी दिदैँ पीडित अधिकारीले सहयोगी गरेकोमा आभार व्यक्त गरे । उनले उपचारमा अर्थिक समस्या भएर जीवन सङघर्षको अवस्थामा रहेको हुँदा जीवन रक्षाको लागि सहयोग गरिदिनसमेत अपिल गरे । सहयोग गर्न चाहानेहरुले उनका अंकल भवानीप्रसाद अधिकारीको सम्पर्क नम्बर ९८४८१६६७७७ मा सम्पर्क गर्न सकिने छ । साथै, अंकल भवानी अधिकाीको नाममा बाणिज्य बैक शाखा दैलेख २०२४९ खाता नम्बरमा सहयोग रकम जम्मा गर्न सकिने छ ।