सुर्खेत बसपार्कमा विवाद
२९ श्रावण, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत स्थित बसपार्कमा हिल्सा पब्लिक यातायात प्रा.लि.ले आफ्नो टिकट घर राख्ने क्रममा विवाद भएको छ ।
हिल्सा यातायातले बसपार्क स्थित काँक्रेविहार यातायात समितिको टिकट घर नजिकै आफ्नो टिकट घर राख्दा विवाद भएकाे भएको हिल्सा यातायातका सचिव जीवन शर्माले बताउनुभयाे ।
हामीले नेपाल सरकारबाट दर्ता भइ स्थानीय सरकार संगको अनुमतीमा बसपार्कमा खाली रहेको ठाँउमा आफ्नो टिकट घर राख्दा काँक्रेविहार यातायात समितिले अवरोध गरेको हिल्सा यातायातका सचिव शर्माले जिकिर गर्दै साझा ठाँउमा सबैजना मिलेर व्यावसाय गर्नुको अर्को कुनै विकल्प नरहेको बताउनुभयो ।
यता काँक्रेविहार यातायात व्यावसायी संघका सचिव रमेश सापकोटाले स्वतन्त्ररुपमा व्यावसाय गर्न सबैलाई अधिकार छ तर व्यावसाय गर्ने नाममा अरुको मुखैमा गएर अरुको व्यावसायलाई नै असर हुने गरि व्यावसाय शुरु गर्नु नै गलत भएको बताउँदै विवाद शुरु भएको र आजको विवादमा प्रहरी प्रशासनले कुरै नबुझी एकतर्फीरुपमा आफ्ना कर्मचारीहरुमाथि दमन गरेको आरोप लगाउनुभयो ।
आज भएको झडपमा १९ जनालाई पक्राउ गरि छानवीन गरिरहेको प्रहरी निरिक्षक शंकर श्रेष्ठले बताउनुभयो
निरिक्षक श्रेष्ठका अनुसार ३ वटा मोटरसाइकल, १ वटा स्कूटर १ वटा जीपमा क्षती पुगेको र अहिले यातायात व्यावसायीहरु वीच सौहाद्रपूर्ण वातावातरणमा वार्ता भएकोरहेको छ ।






