Loading... आजः ९ बैशाख २०८१, आईतवार । Sunday 21st April 2024

अशिक्षित समाज

आज धेरै दिनपछि म सहरदेखि गाउँ फर्केकी थिए । शिवरात्रीको अवसरमा केहि दिनपछि गाउँघरमा जाँदा धेरै रमाइलो लागेको थियो । जताततै बारीमा गहुँकोे हरियाली छाएको थियो ।

कल्पना शाही

म फेरी छिटै सहर फर्किने भएकाले गाउँका आमा, दिदी, बैनी साथीहरुसँग हाँस्न बोल्न मन थियो । त्यसकारण आज विहानै घरबाट निस्के । अलि उता पानी भर्ने धारासम्म पुगें । त्यहाँबाट धेरै जना महिलाहरुले पानी भरेर लैजाने काम गर्दछन् । र मेरो घरमा पनि त्यही धाराको पानी ल्याउँने गर्दछौ । त्यो धाराको नाम हो बजेडा । यहाँका पानी सबैले पिउन मन पराउँछन । पानी भर्नेहरुको त्यहाँ भिड पनि लाग्छ । त्यो धारामा धेरैजसो महिला नै हुन्छन ।

त्यहाँ महिलाहरुले पानी भर्ने लैजाने मात्र नभई उनीहरुको एक आपसमा भलाकुसारी गर्ने एउटा चौतारी जस्तो पनि हो । यो मैले सानैदेखि देख्दै आएकी छु । आज पनि त्यो धारामा छ सात जना महिला आमाहरु जम्मा भएर कुरा गदै थिए ।

तल्ला घरकी माहिलाी त फेरी छोरी पाइछे नि हैन । यो कस्ती आइमाई रहिछे पाँच पाँच छोरी पाइ सकी एउटा छोरा पनि पाउन नसक्ने अव त त्यो माइलाले अर्की विवाह गर्नुपर्छ । गर्छ पनि । अनि एउटा छोरा पाउन नसक्नेलाई के कुरेर बसोस् त ?

म अलि पर पसलसम्म पुगेर आउछु भन्दै हिडेकी थिएँ । ति कुरा सुनेर मेरा खुट्टा अडिए अगाडि बढ्नै मानेनन् । एक्कासी मेरो दिमागको मोड नै अर्कै भइसक्यो । ओहो ! अझै पनि यो मेरो समाजमा यस्तो कुराको विश्वास गर्छन । देश, समाज, गाउँ परिवर्तन भयो तर यो मेरो समाजको गाउँको मान्छेको चेतना विवेक अझैँै परिवर्तन भएको रहेनछ । मनमनै सोचे अझै पनि परिवर्तन हुन धेरै बाँकी रहेछ गाउँ समाजमा ।

सुनेकी थिएँ अहिले त गाउँमा जनचेतना सामाजिक सिप यस्ता विषयमा राम्रो पहँुच पुगेको छ भनेर तर सबै झुट जस्तै लागिरहेछ ।

उनीहरुको कुरा सुनेर म सुत्केरी भएको माहिली अन्टीको घर तिर जाने सोच गरेर त्यतै लागे । घरमा बुढी हजुरआमा हुनुहुन्थ्यो । मैले आमालाई ढोक गरे एक छिन हजुरआमासँग कुरा भयो । अनि अन्टीको बारेमा सोधे अन्टीलाई सोधेकी के थिएँ हजुरआमाले ठुलो स्वरले पुरै मुख विगारेर भन्नुभयो, ‘उता कोठामा छे । त्यही जा बस्दै गर । म उता गएर अलि घाँस काटेर ल्याएर आउछु’ भन्दै हजुर आमा लाग्नुभयो । अनि म अन्टीसँग भित्र पसे अन्टी कोठामा सानी नानीको कपडा मिलाउदै हुनुहुन्थ्यो । अनि मैले भने अन्टी ढोग गरे भाग्यमानी नानि कहिले आयौ तिमी म हिजो आएकी हँु अन्टी कति दिन बस्छेउ नानी ?

अन्टी म त शिवरात्रि मेला हेरेर फकिहाल्ने हो । अनि अँकल खै त ? उता घाँस काटन जानुभाको होला । अघिसम्म त यहि कराउँदै हुनुहुन्थ्यो । किन कराउँनु भा को झगडा भाको छ कि क्या हो ?

हैन नानी छोरी जन्मि भनेर रात दिन कराउने काम मात्र छ । हेर नानी मेरो के दोष न मैले देख्नु छोरा छ कि छोरी छ भनेर । चेतनाको कमि हो अन्टी हजुरको दोष हैन समाजको दोस हो । जसले केहि बुझेको छैन । छोरा छोरी सबै बराबर हुन । भेदभाव गर्नुहुँदैन । अहिलेको समयमा छोराले भन्दा छोरीले आफ्ना आमा बुबालाई हेर्छन । छोरा ठुला भए पछि एकातिर लागिहाल्छन । तर छोरीले आफ्नो जिम्मेवारी कहिल्यै भुल्दैनन् । अझ अहिलेको समयमा छोरीले पनि आमा बुबाको क्रियाकाज पनि गरेको पाइन्छ । कपाल काटेर लुगा खोलेर आफ्ना आमा बुबाको लागि ज्ञान ध्यान गरेका छन् छोरीले पनि । हजुरले आपूmलाई दुखि नबनाउनु । सन्तान दुबै बराबर बुझनु पर्छ ।

अंकलले अन्टीलाई त्यस्तो भनेको सुनेर अझ मेरो मनमा अनेकौ प्रश्नहरु खडा भए । छोरी जन्मेपछि महिलाको दोष देख्ने नबुझेको यो मेरो समाज कस्तो होला ?

छोरा नै चाहिने किन ? अझै नसुध्रेको यो अशिक्षित समाजमा कहिलेसम्म महिलाले दुःख पाउनुपर्ने हो थाहा छैन । यो कुरा मलाई पनि सानी हुँदा थाहा थिएन । छोरा जन्माउनु वा छोरी जन्माउनु पुरुषकै हातमा हुन्छ भनेर । जब म विन्द्रासैनि मावि स्कुलमा पढ्दा हामीलाई जनसंख्या पढाउने धन बहादुर बुढा सरले भनेको मैले भुलेकी छैन ।

छोरा छोरी जे जन्माउने हो पुरुषकै हातमा हुन्छ । पुरुषँसग एक्स वाई र महिलासँग एक्स एक्स मात्र हुन्छ । पुरुषले एक्स दिन्छ त याक्स याक्स भएर छोरी हुन्छ । र वाई दिन्छ एक्स र वाई भएर छोरा हुन्छ ।

छोरा जन्मेपछि मात्र भोज भतेर गर्ने यो हाम्रो अशिक्षित समाज छ । जो छोरी जन्मेकोमा एउटा मन खुसि पनि बनाउन सक्दैनन् । अनि यहि समाजका ठुला बडा भनाउदाले भन्छन बाहिर छोरा छोरी दुबै बराबर रे । अझ नारा लगाउछन् । भाषण गर्दछन । तर छोरी जन्मे पछि सत्रु नै ठान्छन ।

यो हाम्रो अशिक्षित रुढिवादिले गर्दा अझै समाजमा चेतना जाग्न आवश्यक छ । छोरा छोरी दुबै बराबर हुन कुनै भेदभाव गर्नुहँुदैन ।

छोरालाई बोडिङ स्कुल पढाउछन् । सुर्खेत नेपालगन्ज काठमाण्डौसम्म तर छोरीलाई सरकारी स्कुल त्यहि पनि पढने समय हुँदैन । घरको काममा दल्ने काम गर्दछन् । यस्ता कुरामा परिवर्तन हुन जरुरी छ समाजमा ।