आहा ! खुसी

जब मानिस कही कतै कुनै काममा जानलाई घरबाट निस्कन्छ ।
बाटोमा विभिन्न मानिसहरु हिडिरहेका हुन्छन । तिनीहरु सबैको आफ्नो आफ्नो सोच बिचार हुन्छ । बाटोमा हिडिरहेका मानिसहरु पनि कोही हँसिलो मुहारमा देखिन्छन भने कोही खिन्न देखिन्छन ।

कल्पना शाही

जब कि आफ्नो मनमा खुसी भएको समयमा कोही मानिस हाँसेको देख्दा त्यतिखेर आफुलाई पनि रमाईलो लाग्छ । तर दुखी भएको समयमा आफ्नो अगाडि हाँस्यो भने आफ्नो पिडालाई मजाकमा उडाईदिए जस्तो लाग्छ ।

भविष्य कसले जानेको हुन्छ र ? पछि के हुने हो भनेर मात्र कल्पनामा डुवेका हुन्छन् मान्छेहरु । सबै कल्पनामा नै डुबेर भविष्यलाई शिखरसम्म पनि पु¥याएका हुन्छन । यो संसारमा धेरै जसो मानिसहरु अरुको जीवन खुसी देख्दा आफूले सफलता हात पार्न नसकेको हो कि भन्ने सोच्छन् ।

तर फरक यति हो कोही मानिस मनमा जति धेरै पिडा भएता पनि बाहिर सबैको अगाडि खुसी देखाउने कोशिस गर्छ भने कसैले मनमा जे छ त्यही बाहिर प्रकट गर्छ । यो मान्छेको मनपनि कस्तो अचम्मको हुन्छ । स–साना कुरामा पनि दुखी बनिदिन्छ मन र सानै कुराले खुसी पनि प्रकट गरिदिन्छ मन ।

यो मन दुखी हुनलाई कसैबाट धेरै गालि खान पनि पर्दैन । मात्र दुइ शब्दले नै मनमा पिडा भईदिन्छ । जव मनमा पिडाले भरिएको हुन्छ । अनि त्यो पिडालाई आँसुले पखाल्न मन लाग्छ । तैपनि सधैँको लागि त पखालिँदैन पिर । केही छिन त्यो दुखी आत्मा सन्तुष्टिको लागि ।

जब की मानिसलाई चोटपटक लाग्दा, दुखी बिरामी हुँदा दुखाई कम गर्ने औषधीले काम गर्छ । त्यस्तै मनमा पिडा हुँदा पनि धेरै मानिसहरुले आँखा र आँसुलाई औषधीको रुपमा प्रयोग गर्न सकिने भइदिएको भए । चाहेर पनि मान्छेले आफ्नो आँसुलाई आँखाभित्रै लुगाएर राखौं भन्दा पनि उसँग त्यस्तो सामथ्र्य हुँदैन ।

जति बेला आफ्नो मान्छे माथि आफूले विशेष गरी आशा राखिएको हुन्छ । अनि उसले अकै तिर पाईला मोड्दा र आफुले धेरै अपेक्षा गरेको मान्छेले अशब्द बोल्दा या कसैले नराम्रोसँग गाली ग¥यो भने यो मनले सहन नसकी आँखाबाट आँसु झर्छ ।

आफै कल्पना गर्न मन लाग्छ । होइन मेरो खुसी त म आफैमा छ म आफ्नो मनलाई खुसी बनाउने दुखी बनाउने म आफैले हो । होईन मेरो खुसी मेरो बुबा आमा सँग छ जस्तो लाग्छ । जब भाइ बहिनी सबै एकै ठाउँमा सँगै बस्दा लाग्छ मेरो खुसी मेरो दाजु भाइमा छ ।

कहिले काही साथिहरुसँग रमाउन पाउँदा लाग्छ खुसी त साथिहरु सँग छ । जब मानिस एकान्तमा सपनामा हुन्छ । आफ्नो खुसी नै सपनामा भए जस्तो लाग्छ ।

यो खुसी कुन पाटामा लेखेर बसेको हुन्छ र कुन बेला निस्कन्छ । भन्ने निश्चित नै हुदैन ।
जसरी सुर्य बिहान निस्कन्छ र साँझपख अस्ताउँछ । तर खुसीको समय यस्तो छैन । मान्छेको जिवनमा कतिबेला खुसी हुन्छ त कतिबेला दुखी हुन्छ । भन्ने थाहा नै हँुदैन । अहिले भर्खर हाँसिरहेको मानिस अलि पछि रोईरहेको पनि हुन्छ ।

सानो हँुदा बुबाले नयाँ कपडा किनिदिँदा खुसी हुन्थ्यो मन र आमाले मन परेको खाने कुरा किनिदिँदा खुसी हुन्थ्यो मन । अझ धेरै खुसी त मामाघर जान पाउँदा लाग्थ्यो । मामा घर भने पछि त अहिले पनि रमाईलो लाग्छ । खुसी लाग्छ । मामा घर भन्ने शब्द नै क्या मिठो लाग्छ । खुसी यतिबेला पनि लाथ्यो आफ्नो उमेर र जवानीको बैंसमा साथिहरुसँग घुम्न पाउँदा आमा बुबाले आफुले मागे जति पैसा दिँदा र मोज मस्ती गर्न पाउँदा खुसी लाग्छ ।

कहिले काँही लाग्छ आकाशमा उडिरहेका चराचुरुङगी देख्दा यिनिहरु कति रमाईलो मानेर उडिरहेका होलान । यिनीहरुलाई त पिर व्याथा भन्ने चिन नै छैन होला । उनीहरुले दुईवटा पखेटा फिजाएर उडिएरहेको देख्दा आफुलाई पनि रमाईलो लाग्छ ।

मन लाग्छ धेरै कुरा गर्न अनि अनेकौ सपनाहरु मनमा सजाउँन मन लाग्छ । धेरै कुरा गर्न अनि अनेकौ रहरहरु मनमा सजाउँन कोहि दुखी देख्दा कठै विचरा भन्न मन लाग्छ । आफुले सक्ने सहयोग गर्न मन लाग्छ । धेरै मानिसहरु बिभिन्न क्रियाकलापबाट नै खुसी बटुल्ने गर्दछन । धेरै जसो त आमा बुबा आफ्नो सन्तानको खुसी देख्दा आफु खुसी हुने गर्दछन् ।

यो खुसी भन्ने चिज जन्मदेखि मुत्युसम्म नै चलिरहने रहेछ । यो खुसी त भर्खर धोएको लुगाको पानी जस्तै रहेछ । खुसी सधै भरी खुसी नै रहँदैन विस्तारै विस्तारै सकिदै जान्छ र यो खुसी त आफैमा हुँदोरहेछ ।

निष्कर्षमा भन्नु पर्दा खुसी कसरी आउँछ र कसरी जान्छ भन्नु भन्दा पनि कसरी खुसी हुन सकिन्छ भन्ने बारेमा सोच्नु जरुरी छ । खुसी हुनका लागि धनी होइन उच्च विचार बोक्न आवश्यक छ ।
लेखक ः प्रशिक्षार्थी पत्रकार हुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *