समुद्रको टापु जस्तो देखिन्छ ‘सिम्ताको राकम’
सुर्खेत जिल्लाको पूर्वी क्षेत्र सिम्ता गाउँपालिकाको राकम भन्ने ठाउँ एक सुन्दर पर्यटक स्थल हो । यो ठाउँ सिम्ताको गौरव गाथा र पहिचान बोकेको ठाउँ हो । यो गाउँको नजिकै भेरी नदिबाट बनेको एउटा ठुलो ताल रहेको छ । राकमको गाउँलाई पूर्व, दक्षिण र पश्चिम तीन तिरबाट भेरी नदिले घेरेको छ । टाढाबाट त्यो गाउँलाई हेर्ने हो भने समुद्रको टापु जस्तो देखिन्छ । माथितिरबाट भेरी नदि बग्दै आउने गर्दछ, राकम गाउँको माथिल्लो भित्तामा भेरी ठोक्किएर थोरै माथितिर फिर्ता भएर पुनः तलतिर बग्ने गर्दछ । गाउँलाई तिनतिरबाट चट्टानले नघरेको भए आज पनि राकम गाउँलाई भेरी नदिले बगाएर लिन सक्थ्यो । सिम्ताको राकम ठाउँ भनेको मृत्यसँग लडेर बाँचेको ठाउँ हो भन्ने भनाई रहेको छ, बुढा पाकाको ।

राकम गाउँको बारेमा पुराना मानिसहरुको धार्मिक भनाई पनि अनौठो लाग्दो रहेको छ । भेरी नदी माथिबाट उर्लिदै, रमाउदै र सुसाउदै आएर राकम गाउँको माथिल्लो भित्तामा केहि समय टक्क अडियो । भेरी नदिले ऋषिमुनीलाई भन्यो म यो गाउँलाई राकम की बगाएर लैजाउँ । ऋषिमुनीले भेरी नदिलाई एउटा अनुरोध गरे यो ठाउँलाई जसरी हुन्छ राकम, यो ठाउँलाई नबगाउ भनेपछि यो ठाउँको नाम पनि राकम रहेको हो ।
ऋषिमुनीले त्यो ठाउँलाई राख्ने अनुरोध गरेपछि थोरै माथितिर फिर्ता भएर दक्षिण भाग तिरबाट भेरी बगेर तलतिर आयो । ऋषिमुनीले त्यो ठाउँलाई राख्ने अनुरोध नगरेको भए आज राकमको गाउँ हुने थिएन र राकममा रहेको त्यो सुन्दर ताल पनि हुने थिएन ।
भेरी नदी घुमेर तलतिर बगेको हुनाले त्यहाँ एउटा ठूलो ताल पनि रेहको छ । त्यो ताल २५ मिटर जति गहिरो रहेको छ । यदि ताललाई व्यवसायिक र पर्यटकीय स्थल बनाउने हो भने बाँध बाध्न आवश्यक रहेको छ । तालमा करिव ८० जनासम्मले ¥याफ्प्टिङ गर्न सक्छन् । यदि त्यो तालमा ¥याफ्प्टिङको व्यवस्था गर्ने हो भने करिव १५० जना मानिसलाई रोजगारी दिन सकिन्छ । उक्त तालमा माछापालन गरेर आर्थिक रुपमा समृद्धि हुन सकिन्छ र धेरै युवाहरुलाई रोजगार दिन सकिन्छ ।
पहिला राकमको ताल धेरै ठूलो थियो तर अहिले ताल हरेक वर्ष पुरिँदै गएको छ । यो विषयमा सरोकारवालाहरुले ध्यान नदिने हो भने केही वर्षपछि उक्त ताल पुरिएर जाने खतरा देखिएको छ । राकम गाउँमा होम स्टे सञ्चान गरेर पनि आर्थिक रुपमा बलियो हुन सकिन्छ । तालको नजिकै एउटा करिब ४० जना मानिस अट्न सक्ने गुफा रहेको छ । उक्त गुफालाई सिंगार पटार गरेर राम्रो बनाउने हो भने स्वदेशी तथा विदेशी पर्यटकहरु आउने छन् । धेरै मानिसको भनाई छ राकमको ठाउँलाई हेरेर कहिल्यै अघाउन सकिदैन् ।

त्यो ठाउँ त स्वर्ग भन्दा कम छैन् । जीवनका चोट र दुःखहरुलाई बिर्सिने हो भने टाढाबाट भएपनि राकम ठाउँलाई हेरे हुन्छ । राकमको ठाउँलाई हाम्रोसँग नियालेर हेर्ने हो भने लाग्छ हरेक मानिसलाई नमरेर पनि स्वर्ग देखिदो रहेछ भन्ने अनभूति हुन्छ ।
नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाई रहेको छ । यो ठाउँलाई सिंगार पटार गरेर व्यापक रुपमा प्रचार गर्ने हो भने भ्रमण वर्ष २०२० सफल पार्ने एउटा आधार हो । कर्णाली प्रदेश सरकारले यसपाली घुमौं कर्णाली २०२० मनाई रहेको छ । हामी सबैले कर्णाली प्रदेशको घुम्न छुटाउनै नहुने ठाउँ भनेको एउटा सिम्ताको राकम हो । यो ठाउँलाई अभैmँ सुन्दर बनाउन, तालमा ¥याफ्प्टिङ सञ्चालन र माछापालन गर्नका लागि संघ, प्रदेश र स्थानीय सरकारले चिन्ता र चासो दिनु पर्दछ । तालको नजिकै शिवजीको मन्दिर रहेको छ ।
यो मन्दिरमा अहिले पनि सुर्खेत, जाजरकोट र सल्यान जिल्लाका मानिसहरु पूजाआजा गर्ने गर्दछन् । यो मन्दिरमा पूजाआजा गरि सकेपछि तालमा गएर नुहाउने गर्दछन् । अन्य नदीको फोहोर पानी जस्तो नभएर यो नदीको पानी सफा रहेको छ ।
त्यो मन्दिरमा मानिसहरुले पूजाआजा गरिसकेपछि पाप गर्नु हुँदैन सधैँ असल कार्यमा लाग्नु पर्दछ भन्ने भावनाको विकास हुन्छ । ज्ञान प्राप्त गर्ने पाठशाला भनेको एउटा मन्दिर पनि हो ।
विदेशी तथा स्वदेशी पर्यटकहरुलाई त्यो ठाउँमा आकर्षण गर्नका लागि होटेल र होम स्टेको पनि राम्रो व्यवस्था हुन पर्छ । होटेल र होम स्टेको राम्रो व्यवस्था भएन भने पर्यटकहरु नियमित त्यो ठाउँमा आउन सक्दैनन् । पर्यटकहरुलाई घोडामा चढाएर त्यो ठाउँमा घुमाउन सकियो भने पर्यटकहरु खुसी हुने र धेरै मानिसहरुले रोजगारी पाउँछन् । कोटको थुम्कोबाट प्यारागलाइडिङ्ग उडान गरेर राकममा बसाल्न सकिन्छ ।

प्यारागलाइडिङ्गको पनि व्यवस्था गर्न सकेमा यो ठाउँका मानिसहरुले रोजगारी पाउने र पर्यटक पनि रमाएर जान्छन् । तालको वरीपरी सडकको स्तत्तरोन्नति हुन सकेको छैन । सडकको स्तरोन्नति गर्न सकेमा तालको वरिपरी यात्रा गर्न पर्यटकहरुलाई सजिलो हुने र धुलोबाट बच्न सकिन्थ्यो ।
समग्र भन्दा सिम्ताको राकम एउटा ऐतिहासिक र धार्मिक पर्यटक स्थल हो । यो ठाउँ भनेको माछापालन, ¥याफ्प्टिङ, प्यारागलाइडिङ्ग, घोडे यात्रा र पूजाआजाका हिसाबले उपयुक्त भएको हुनाले यो ठाउँलाई सरकारी तथा गैरसरकारीस्तरबाट सिंगार पटार गर्न आवश्य रहेको छ । संघ र प्रदेश सरकारले राकमको ठाउँलाई पर्यटकीय स्थलको सूचिमा राखेर व्यापक प्रचार प्रसार गरिदिन आवश्यक रहेको छ ।

अहिलेसम्म त्यो ठाउँका लागि तीनै तहका सरकारले बजेटको व्यवस्था गरिदिएका छैनन् । यो स्वर्ग जस्तो ठाउँलाई राज्यले लगानी गरिदिएको भए धेरै मानिसले रोजगार पाउने थिए र स्वदेशी तथा विदेशी सबै पर्यटकहरुको नियमित आगमन हुने थियो । देशलाई समृद्धि बनाउने आधार रुपमा पर्यटक स्थललाई लिन सकिन्छ । पर्यटक स्थल भनेका देशका महत्त्वपूर्ण सम्पति हुन् । यस्ता पर्यटक स्थलहरुको संरक्षण र विकासमा लाग्न हरेक नेपालीहरुको जिम्मेवारी हो । पर्यटकीय स्थलहरुको बारेमा राज्यले चिन्ता र चासो नलिएको कारणले नै देशमा बेरोजगारहरुको संख्या दिनदिनै बढिरेहेको छ ।






