कविता – `माटाे माग्नु प-याे भने´?

मुकुन्दश्याम गिरी

हात-वित्ता छाेड्दा छाेड्दै ,देशकै सीमा झ-याे भने
आफ्नै अर्थी विसाउन लाई , माटाे माग्नु प-याे भने
कती राेलान सहिद आत्मा, भूमी अरुकै बन्याे भने
मलामीकाे काँध दुख्ला , माटाे जम्मै गुम्याे भने ?

हाम्राे आगन छिमेकीले, आफ्नाे भनी खन्याे भने
हिमाल जस्ताे हाम्राे टाेपी,टेबुल पुछ्ने बन्याे भने
चाैवन्दी र दाैरा पनि , बस्ति छाडी भागे भने
नफर्किने आदेश संगै , प्रतिवन्ध लागे भने ?

पराईकाे रछ्यान भरी , हाम्राे भाषा पाेखिएला !
राष्ट्रियता हाम्राे सबै , पैसा संग जाेखिएला !

देउसि र भैली हाम्राे , रहर मात्रै बन्याे भने
तिम्रा संस्कार र संस्कृती ,मरिसके भन्याे भने
खुर्पेटाे र हँसियाले , अेाडार गुफा राेजे भने
मुर्चुङ्गा र मादलले नि, गाउँ छाेड्न खाेजे भने ?

वीर पुर्खाकाे ईतिहास , त्यसै दिन मर्ने हाेला !
सेतै फुलेकी बज्यूले नि , भाषा सिक्नु पर्ने हाेला !

देश टुक्रा टुक्रा पारी , छुट्याउन खाेज्याे भने
पालै पालाे निल्न लाई , कुनै टुक्रा राेज्याे भने
विवीधता युक्त संस्कृती,आफ्नै देशमा म-याे भने
चन्द्र सूर्य अंकित झण्डा , लत्रियर झ-याे भने ?

गुर्धाैली र लालीगुराँस, विपत्तीमा पर्ने हाेलान् !
कमेराे र राताे माटाे ,डाँकाे छाेडि-छाेडी राेलान् !

तसर्थ :

वीर नेपालीका सन्तान , भई बाँच्नुकाे के अर्थ छ ?
याे मातृ-भूमीमा हामी , जन्मिनु पनि त ब्यर्थ छ !

उठाैं अब सबै मिलि, राष्ट्र धर्म बचाउन लाई
देशै छाेप्न आएकाे याे,कालाे बादल हटाउन लाई
बरु खाउँ आधा राेटी ,चाैकाेशी अब गराैं उठी
नभए सबै लैजाने छन् , हाम्रा गह्रा, पाखा र बुटी !!

२५ वर्ष पहिले महाँकाली सन्धीकाे समय लेखिएको कविता !

Leave a Reply

Your email address will not be published. Required fields are marked *