Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

भारत–पाकिस्तान सीमामा जन्मिएका थिए नेपाल आएका सलह !

काठमाडौं ।

नेपालमा अहिले विकास भएको सलहको प्रकोप सन् २०१८ देखि विकास हुँदै आएको पुस्ताको तिरन्तरता रहेको खुलेको छ । सन् २०१९ को मेदेखि अक्टोबरसम्ममा सिर्जित अनुकूल वातावरणले वंशवृद्धि भएको सलह इरान–यमन सीमा पुगेर पाकिस्तान र भारत हुँदै नेपाल आएको पाइएको छ ।

तर, नेपाल आइपुगेका सलह भने भारत–पाकिस्तान सीमाको मरुभुमिमा जन्मिएका हुन् । इरान र यमनले नियन्त्रण गर्न नसकेको सलह भारत–पाकिस्तानमा वंशवृद्धि गरी नेपाल आइपुगेका हुन् ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले सार्वजनिक गरेको एक जर्नलमा गतवर्षको जुन महिनादेखि डिसेम्बरसम्म सलहको तीन पुस्ता विकसित भइ झुन्ड तयार भएको, त्यसपछि इरान र यमन पुगेको र २०२० को वसन्तमा त्यहाँबाट फेरि पाकिस्तान–भारत हुँदै नेपाल प्रवेश गरेको उल्लेख छ । अम्पुन आँधीपछि आएको पश्चिमी वायुको सहारामा सलह नेपाल आएका हुन् ।

त्यसअघि सलहले २०१८ को मे र अक्टोवर महिनामा आएको चक्रवातले गर्दा भएको वर्षा सिर्जित अनुकूल वातावरणको कारणले यसको वंशवृद्धि अरबको दक्षिणी प्रायद्वीपको करिब एक चौथाइ मानवरहित मरुभूमिको भूभागमा भएको थियो । यिनीहरुले त्यहाँ ९ महिनासम्ममा तीन पुस्ता पूरा गरेको जर्नलमा उल्लेख छ ।

मरुभूमिमा वंशवृद्धि भएका कारण र यी पुस्ताको वृद्धि भएको पत्ता लगाउन नसक्दा यसको नियन्त्रण हुन सकेको थिएन । तिनै सलह अहिले नेपाल आइपुगेको दाबी गरिएको छ ।

सन् २०१९ जनवरीमा पहिलो झुन्ड सो मरुभुमिको खाली भूभागबाट यमन र साउदी अरेबिया हँुदै अधिक वर्षा भएको इरानको दक्षिण पश्चिमसम्म पुगेका थिए । २०१९को वसन्त ऋतु ९फेब्रुअरी–जुन० मा यसले धेरै संख्यामा वंशवृद्धि गरी सलहले यमन, साउदी अरेबिया र इरानमा ठूलो झुन्ड तयार भइ आक्रमण गरे । इरान र यमनमा यसको नियन्त्रण सफल हुन नसक्दा जुन महिनादेखि डिसेम्बरसम्ममा इरानबाट ती झुन्डहरु भारत–पाकिस्तान सीमानामा पुगे । र, लम्बिएको वर्षाको कारणले अनुकूल वातावरण भइ तीनपुस्ता तयार भए ।

यसप्रकार यमनमा तयार भएका सलहका झुन्डहरुले अफ्रिकाका विभिन्न मुलुकहरुमा पुस्ता तयार पार्दै कालान्तरमा सन् २०२० को मार्चमा इथियोपिया, केन्या, युगान्डा र दक्षिण सुडानमा उत्पात मचाए ।

केही सलहका झुन्ड भने इरानमा स्थानान्तरण गरी मरुभूमिमा वसन्तकालीन सन्तान तयार गरी दक्षिण–पश्चिम पाकिस्तान हुँदै राजस्थानमा प्रवेश गरेको जर्नलमा उल्लेख छ ।

यमनबाट पूर्व फर्कने क्रममा सलहले भारत–पाकिस्तान सीमा पनि पार गरे । र, मध्य प्रदेश र महाराष्ट्रको पूर्वी भाग हुँदै उत्तर प्रदेश र बिहार भन्दा पनि अघि बढे ।

सो क्रम त्यहीँ रोकिएन । असार ११ र १२ गते हावाको बहावमा एकाएक परिवर्तन आयो । मनसुन सुरु भइसकेपछि पनि हावाको बहाव दक्षिणबाट उत्तर पूर्वतर्फ मोडियो र भारतमा देखिएका सलह एकाएक भारतसँग सिमावर्ती जिल्लाहरुमा देखिन थाले ।

सुरुमा सर्लाही, बारा, पर्सा, रौतहट, मकवानपुर, रुपन्देहीमा देखिए । १३ गते बिहान भारतको प्रतावगढ तथा वाराणसी आसपासमा आइपुगेको सलहको झुन्डबाट छुट्टिएर आएका केहि सलहहरु र १४ गते लखनउ नजिक बाँसी जिल्लामा आइपुगेका थिए । तिनै झुन्डबाट छुट्टिएर आएको केही भाग कपिलवस्तुको बुद्धभूमि तथा कपिलवस्तु नगरपालिकामा र १५ गते भारतको सोहरतगढमा देखा परेको झुन्डको केही अंश रुपन्देही तथा कैलालीबाट समेत नेपालको भूभागमा प्रवेश गरेका हुन् ।

हावाको बहावसँगै उक्त झुन्डका अंशहरु तराई र मध्यपहाडका विभिन्न जिल्लाहरु विशेषगरी सिन्धुली, मकवानपुर, चितवन, रुपन्देही, कपिलवस्तु, पाल्पा, स्याङ्जा, दाङ, प्यूठान, कास्की, कैलाली, डडेल्धुरालगायतका जिल्लामा केही हजार देखि केही लाख सम्मको संख्यामा देखापरेका छन् ।

त्यसैगरी उक्त झुन्डहरुबाट छुट्टिएका केही अंशहरु छिटफुट रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, पाँचथर, उदयपुर, खोटाङ, कञ्चनपुर, गुल्मी लमजुङलगायतका जिल्लाहरुमा समेत देखापरेका छन् ।

सलहको प्रजनन र सन्तति विकास दुई सिजनमा हुने गर्दछ । वसन्त ऋतुमा हुने प्रजनन् उत्तर पश्चिम अफ्रिका, इरान, पाकिस्तान, साउदी अरेबिया, यमन, सोमालिया प्रायद्वीप र पूर्वी अफ्रिकामा हुन्छ भने गृष्म ऋतुमा सुडान, इरिट्रिया, इथियोपिया, पूर्वी अफ्रिका, पश्चिम अफ्रिका र भारत—पाकिस्तानको सीमानामा हुने गर्छ ।

सन् २०२० मा राजस्थानमा जुलाई महिनासम्म पटक पटक यसको नयाँ झुन्डहरु आइरहने गरेका छन् । यसबाट भारतको बिहार र उडिसासम्म सलहको आक्रमण हुनसक्ने पूर्वानुमान हुने गरेको छ ।

के हो सलह रु नेपालमा पहिलोपटक कहिले देखियो रु

संसारमा विभिन्न प्रकारका सलहहरु छन् । ती मध्ये मरुभूमि सलह ९सिस्टोसर्का ग्रिगारिया०, बम्बे सलह ९पतङ्गा ससिंटा०, खैरो सलह ९लोकस्टाना पर्डालिना०, दक्षिण अमेरिकी सलह ९सिस्टोसर्का क्यानसेलाटा०, घुमक्कड सलह ९लोकस्टा माईगे्रटोरिया०, इजिप्सियन सलह ९एनाक्रिडियम एजिप्टियम० आदि प्रमुख हुन् ।
यीमध्ये सिस्टोसर्का ग्रिगारियाले सबैभन्दा व्यापक क्षेत्रमा स्थानान्तरण भई धेरै क्षति गर्छ ।

सिस्टोसर्का ग्रिगारिया, एक्रिडिडे परिवारको छोटो एन्टिना भएको एक प्रकारको फट्यांग्रा हो । जीवन वृद्धिको अवधिभर यो सलह अन्डा, निम्फ ९होपर० र वयस्क गरी तीन अवस्थाबाट गुज्रिन्छ ।

यस कीराका दुई भिन्न प्रवृत्तिहरु हुन्छन् । कीराहरु थोरै संख्यामा भएको बेलामा यिनीहरु एकल प्रवृत्तिका हुन्छन् भने यिनीहरुको संख्यामा वृद्धि भएमा झुन्डमा परिचालन हुने प्रवृत्तिमा परिवर्तित हुन्छन् । यसरी यिनीहरु एकै समयमा एकै क्षेत्रमा एकल अथवा झुन्ड दुवै प्रवृत्तिका हुन सक्छन् ।

नेपालमा मरुभूमि सलहको एकल प्रवृत्तिको वयस्क सन् १९६२ मा गोदावरी, ललितपुर र काठमाडौंबाट संकलन गरी आधिकारिक पहिचान गरिएको थियो । त्यसैवर्ष काभ्रेको पनौतीमा लगाइएको मकैबालीमा यस सलहको प्रकोप देखापरेको थियो ।

यसअघि सन् १९३० मा पनि नेपालमा सलहले व्यापक रुपमा नोक्सानी गरेको अनुभव काठमाडौं उपत्यकाका बुढापाकासँग छ ।

‘बलौटो मुनि जन्मन्छन्, पातदेखि डाँठसम्मै खाएर ‘उत्पात्’ मच्चाउँछन्’

सलहको जीवनचक्र बलौटो माटोको १२ देखि १५ सेमी तलबाट सुरु हुन्छ । सलहले खासगरी बलौटे माटोमा अण्डा पार्छ । चिस्यानयुक्त बलौटे माटोको सतहभन्दा १२ देखि १५ सेमी भित्र पोथी सलहले अण्डा पार्छ तर चाहिएको चिस्यान नभए यसले अण्डा पार्दैन ।

अण्डा पार्नु अगाडि पोथीले आफ्नो पेटको टुप्पोले माटो अण्डापार्न योग्य छ कि छैन भनी निर्क्योल गर्दछ । यस कीराले समूहमा अण्डा पार्दछ र अण्डाहरुको समूह एक कोसाको रुपमा रहेको हुन्छ ।

यी कोसाहरु ३—४ सेमी लामा हुन्छन् र अण्डा चामलको दाना आकारको हुन्छ ।

झुन्ड बनाउने प्रवृत्तिको सलहले एउटा कोसामा ८० भन्दा कम र एकल प्रवृत्तिको सलहले ९० देखि १ सय ६० वटासम्म अण्डा दिन्छन् । साधारणतया एउटा पोथीले दुईदेखि चारवटासम्म यस्ता अण्डायुक्त कोसा बनाउन सक्छन् ।

सलहको अण्डाबाट बच्चा निस्कनको लागि लगभग दुई हप्ता लाग्दछ । ३२ देखि ३५ डिग्री सेल्सियसको तापक्रममा अण्डाबाट बच्चा निस्कन १० देखि १२ दिन लाग्दछ । १५ डिग्री सेल्सियसभन्दा कम तापक्रममा अण्डाको वृद्धि विकास हुँदैन । अण्डाबाट निस्केको बच्चालाई निम्फ ९होपर० भनिन्छ ।

निम्फहरु ५ दखि ६ पटक काँचुली फेरि वयस्क हुन्छन् । होपरले काँचुली फेरेका हरेक अवस्थालाई इन्स्टार भनिन्छ । पाँचौ अवस्थाको निम्फ काँचु्ली फेरि वयस्क बन्दछ । भर्खर बनेको वयस्क प्रजनन्को लागि सक्रिय हुन केही दिन लाग्दछ । यो अवस्था नै यस कीराको सबैभन्दा हानिकारक अवस्था हो र यो धेरै लामो दूरीसम्म उड्न सक्छ । अण्डा पार्न परिपक्व हुन वयस्कले साधारणतया ४ हप्ता लगाउँदछ ।

यसले बालीनाली, घाँसपात, रुखहरुका पातलगायत सबै किसिमका बिरुवाहरुका पात, मुना, फल आदि खाएर सखाप पार्छ । यस कीराले आफ्नो पाचन प्रणालीमा भएका विभिन्न जीवाणुको सहयोगले अरु कीराहरुको लागि हानिकारक रसायन भएका वनस्पतिहरु पनि सजिलै पचाउने गर्नुका साथै रोगबाट लड्ने क्षमतामा पनि अभिवृद्धि गर्छ ।

एक दिनमा एउटा कीराले आफ्नो औसत शरीरको तौल बरावरको करीब २ ग्राम खान्छ । औसतमा एक टन तौल भएको एउटा सानो सलहको झुन्डले एक दिनमा बढीमा १० हात्ती वा २५०० मानिस बराबरको खाने गर्छ भन्ने तथ्यहरु छन् ।

उदाहरणका लागि २००२ मा मडागास्करका २२ मध्ये १७ राज्यहरुमा सलहको महामारीले १० देखि ४० प्रतिशतसम्म खाद्यान्न बाली नष्ट गरेको थियो । सन् २०१९ मा भारतको गुजरात राज्यमा मात्र सलहले १७ हजार हेक्टर जमिनमा रहेको भारतीय ६ करोड रुपैयाँ बराबरको काँक्रो, तोरी, चना, गहँु आदि बालीहरु खाएर नोक्सानी गरेको थियो ।

अफ्रिकामा यसले महामारीसम्म निम्त्याएको थियो । (बाह्रखरी)