Loading... आजः २८ श्रावण २०७७, बुधबार । Wednesday 12th August 2020
Trending:

समय ‘सत्य कि झुट’

उकाली निस्कदै गरेको बुवाले सिरको टोपी हातमा समात्दै चौतारीमा थयाच्च बस्नु भयो । पुरानो कोटको खलतीमा हात राख्दै, पुरानो झुत्रो कुसुमे रुमाल निकाल्नु भयो । कपालका कापा बाट निधार हुँदै मुख तर्फ झर्दै गरेका पसिनाका ढिक्का पुछ्दै यसो भन्नू भयो ” अनुहारमा बनेका बाङ्गा टिङ्गा रेखाहरुले अनुहारमा चाउरी पनाको संकेत गर्दैन, यसले परिपक्वता र अनुभव झलकाउछ ।”

उहााँको कुरा एउटा सानो वाक्यांशमा सकियो तर उसले दिने भावको छाप म मा अहिले सम्म रह्यो र त्यसैको लागि आज म लेख्दै छु । समय अनादी काल देखि अहिलेको कालखण्ड सम्ममा आउँदा विभिन्न चरणहरु पार गर्दै यहाँ सम्म आयो । हरकोही मान्छन् समय निर्जीव हो तर पनि यो चलिरहन्छ । भलै तपाईंको हातमा महगो ब्रान्डको घडी होला वा मानौं तपाईंको घरमा पुरानो पेन्डुलम होला या कि त महगो होला कि त सस्तो होला, कि त नयाँ होला कि त पुरानो होला, कि त बच्चा सङ होला कि त एउटा जवान सङ होला कि त वृद्ध सङ होला, कि त पुरानो सहरमा प्रत्येक घन्टा टिङटिन गर्दै होला वा हाम्रै राजधानी काठमाडौंको त्रि-चन्द्र अगाडि घण्टाघरमा प्रत्येक घण्टीले त्यहाँ वरपर यात्रा गर्दै गरेका हरुलाइ झस्काउदै होला । जे होस् समय हाम्रो हातमा छ तर यसलाइ नियन्त्रण गर्न सक्ने सामर्थ्य र यसले दिने फल हाम्रो हातमा छैन । तर पनि समयले हामीलाई कहिले रङ्ग भेद, पुजी भेद, उमेर भेद, आचरण भेद कुनै पनि त्यस्तो भेदभाव राख्दैन जस्ले पृथ्वीमा बस्ने एउटा प्रजाती खुशी रहोस् अनि अर्को दुखी, बरु यो त सबैमा समान रहन्छ । समय सङै सबैले आफ्नो स्वरूप फेर्छ्न वा यसो भन्दा समयको वकालत गर्नेहरु लाई अझ बढी न्याय होला “समय अदालत हो, समय वकिल हो, समय दोषी हो, समय निर्दोशी हो र समय नै प्रधान न्यायाधीश हो”। किनभने अहिले सम्मको इतिहासमा जहाँ इच्छा शक्ति दृढ़ हुन्छ त्यहाँ समयको राज मानव जाती भन्दा अलि पछाडि नै हुन्छ । हामी यसलाई छोटकरीमा यसरी बुझन सक्छौं एउटै आमाको कोख बाट जन्मिएका छोराछोरी फरक फरक गुणका हुन्छन् तर दुबै सङ बराबर समय हुन्छ । एउटा आफ्नो जीवनमा सफल रहन्छ भने अर्को असफल यसको मतलब दुबै सङ इच्छा शक्ति कस्तो छ भन्ने बुझिन्छ ।

समयको परिभाषा भौतिक विज्ञान बाट हेर्ने हो भने घडीले पढ्ने (देखाउने) कुरा समय हो जुन लम्बाई, पिण्ड र चार्ज जस्तै मापन गरिन्छ । विभिन्न धर्म शास्त्र द्वारा हेर्ने हो भने समय पृथ्वी बनाउने भगवान, प्रमेश्वर, प्रभु वा अलाह बाट बनाइएको अदभूत रचना हो । अज मानव इतिहासका केहि पानाहरु पलटाउने हो भने हामीले अचम्मका घट्नाहरु देख्न सक्छौं त्यसै मध्येको एउटा चर्चित र चाखलाग्दो घटना के छ भने ” एउटा युगका महान वैज्ञानिक मध्येका निकोला टेस्लाले आफुले समयको यात्रा गरेको कुरा गरेका थिए ।” यो त एउटा देखिएको घटना मात्रै हो । यस्तो किसिमको अभिव्यक्ति दिने व्यक्तिहरु हामी धेरै भेट्न सक्छौं । अब यहाँ सम्म आउँदा हामी दुबिधामा पर्न सक्छौं किनभने कहिँ समय निर्जीव हो भने कहिँ समय सजिव जस्तै हो । पहिले पहिलेका मानिसहरू समयलाई सुर्य र पृथ्वीमा रहेका वस्तुहरु सङ दाजेर समय निर्धारण गर्ने गर्थे त्यो अहिले पनि चल्दै छ । हाम्रो देश नेपालको समय गौरीशंकर हिमाल सङ आधारित छ, विश्वका सबै देशहरूले आफ्नो देशको समय यसरी नै छुट्टाउदै आएका छन् । देश अनुसार समय फरकफरक पर्न जान्छ त्यसो भए समय किन फरक छ ? मेरो यो प्रश्न तपाईंहरु लाई अजिबको लाग्न सक्छ वा भनौं तपाईंहरुले म सङ यो प्रश्न गर्न सक्नु हुन्छ दिन र रात किन फरकफरक हुन्छ ठाउँ अनुसार ? यो प्रश्न गर्नु जायज हो, मैले यसको उतर दिनु मेरो कर्तव्य हो किनभने सुरुमा प्रश्न मैले गरेको थिए । अर्थशास्त्रको नियम अनुसार जहाँ माग बढी हुन्छ त्यहाँ उत्पादन पनि बढी हुन्छ । यसबाट के बुझन सकिन्छ भने समयलाइ हामीले बनायौ र बनाएको लाई पछाउन लाग्यौं । हामी सबैलाई अवगत नै छ यदि हाम्रो दिमागलाई हामी दिनहुुँ एउटै झुट बोलिरहन्छौ जुन वास्तवमा छैन तर त्यो झुट हामीले हामीलाइ भनी राख्यौं भने हाम्रो दिमागले त्यो झुटलाइ पनि सत्य मान्न लाग्छ । अज अर्थशास्त्रमा सिमान्तको ह्रास नियम द्वारा हेर्ने हो भने हामीलाई कुनै पनि वस्तुमा तब सम्म इच्छा जाग्छ जब सम्म हामी त्यसको प्रयोग गर्दैनौं । भन्नुको अर्थ हामीलाई पहिले आफू नियममा बाधिनु थियो, त्यसैले हामीले नियम बनायौ जुन नियम समय भयो । जस्ले गर्दा हाम्रो दैनिकी सहि समयमा हुन लाग्यो । बिस्तारै समयले कोल्टे फेर्दै गयो तब हामीले बनाएको समय पनि हामीलाई त्यो आफै बनेको जस्तो लाग्न थाल्यो । अब समयले हामीमा जरा यसरी गाड्यो कि मैले स्वम अहिले समयको बारेमा लेख्दै गर्दा समयले कोल्टो फेर्यो भने । यसबाट पनि यो प्रष्ट हुन्छ कि अहिले हाम्रो लागि समय के हो ।

खासअर्थमा भन्ने हो भने समय “शन्यू” हो । यदि समय छ भने हामीलाई कुन समयमा के हुन्छ भन्ने थाहा हुनु पर्यो वा भनौं मैले यो लेख लेख्दै गर्दा मेरो उमेर कति हो तपाईंलेभन्न सक्नु पर्यो । किन ? किनभने समय हामीले बनाएका हौं यसको राम्रो जानकारी तपाई हामी कुनै न कुनैमा हुनुपर्ने जरुरी छ । यदि समय धर्म शास्त्रमा भने जस्तैः हो भने हामी एउटा प्रोग्रामीङमा हिड्दै छौं हामीलाई कोडिङ गरिएको हो । यदि तपाइँ यी दुबै विचारमा सहमत हुनुहुन्छ भने तपाईंलाई समय छ भन्ने भान हुन्छ । यदि तपाईं यी दुबै विचारमा सहमत हुनुहुन्न भने समय केही हैन यो मानिएको हो, जुन हामीले अहिलेसम्म मान्दै आएको समय शुन्य हो । अहिले सम्मकै सबैभन्दा बढी दिमाग प्रयोग गर्ने वैज्ञानिक अल्वर्ट आइन्टाइसको प्रख्यात क्वानट्म सिद्धान्तको अनुसार “जब सम्म हाम्रो आँखा कुनै पनि वस्तु सम्म पर्दैन तब सम्म त्यो वस्तु त्यहाँ नहुन पनि सक्छ ।” यसलाई पनि एउटा आधारस्तम्भ मान्ने हो भने समय खाली हो पुरै ब्राह्मण शुन्य हो ।

हेर्न खोज्यो भने जे पनि देखिन्छ,
गर्न खोज्यो भने जे पनि सकिन्छ,
जान खोज्यो भने जहाँ पनि गइन्छ,
विस्वास हुनु पर्यो आफुमा र अरुमा
जित्न खोज्यो भने संसार नै जितिन्छ।
भन्नू नै यस्को मुख्य तात्पर्य हो ।

– भरत खत्री,
गुल्मी धुर्कोट-३ हाडहाडे
हाल – दक्षिण कोरिया

साहित्य संग्राहलयबाट