तिला नदीमा र्याफ्टिङ शुरु
जुम्ला
जुम्लाको तिला नदीमा पर्यटन व्यवसायका लागि र्याफ्टिङ शुरु भएको छ । गो कर्णाली ट्राभल्स एण्ड टूरले सो र्याफ्टिङ सञ्चालनमा ल्याएको हो । साहसिक मानिएको र्याफ्टिङ तिला नदीको चन्दननाथ नगरपालिकाको दानसाँघुबाट तातोपानी गाउँपालिकाको राकाँसम्म सञ्चालन भएको छ । ट्राभल्सका सञ्चालक ललितजङ्ग महतका अनुसार साउन महिनामा र्याफ्टिङ निकै प्रभावकारी भएको छ । तिला नदी भौगोलिकरूपमा निकै उत्तम भएको र पानीको गति राम्रो मानिएको छ ।






