Loading... आजः ७ असार २०८३, आईतवार । Sunday 21st June 2026
ताजा खबर
  

नेपाललाई हिन्दुराज्यमा चाडैं फर्काउछौ : संयोजक शाह

काठमाडौं-

विश्व हिन्दु युवा संघका संयोजक ऋषिकेश जंग शाहले नेपाललाई चाडैं हिन्दुराज्यमा फर्काउन आफुहरु लागिरहेको बताएका छन।

आज बत्तीस पुतलिको राम मन्दिरमा भारतको अयोध्यामा राम मन्दिर बनेको अवसरमा बिश्व हिन्दु महासंघले आयोजना गरेको दिप प्रज्वलन कार्यक्रममा बोल्दै संयोजक शाहले यस्तो बताएका हुन।

संयोजक शाहले हिन्दु धर्म भित्रको मौलिकता र पुर्वीया दर्शनलाई व्यबहारमा उतार्न सके देश आर्थिक रुपमा सम्पन्न बन्ने भन्दै त्यसका लागि पनि नेपाललाई छिटो हिन्दुराज्य घोषणा गर्नुपर्ने तर्क गरेका छन।

उनले बिश्वले अहिले योगि नरहरिनाथले देखाएको बाटोमा हिडिरहेको बेला नेपालले योगि नरहरिनाथको बाटोलाई बिर्सिनु दु:खद भएको पनि जिकिर गरे।

राम जन्मभुमिका बारेमा बिवाद नगर्न पनि उनले आग्रह गरेका छन। कार्यक्रम बिश्व हिन्दु महासंघका वरिष्ठ उपाध्यक्ष भरतराज पौडेल, महासचिव गणेश न्यौपाने लगाएतको उपस्थिति रहेको थियो।