पछिल्लो २४ घण्टामा थपिए एक हजार ५७३ जना कोरोना सङ्क्रमित
काठमाडौं।
पछिल्लो २४ घण्टामा नेपालमा कोभिड–१९ का एक हजार ५७३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ३१३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो ।
पछिल्लो चौबीस घण्टामा १० हजार १२३ वटा नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा नौ लाख ८८ हजार ३२७ वटा आरटी पीसीआर परीक्षण भएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमित ७३ हजार ३९४ पुगेको छ । आइसोलेसन र सकृय सङ्क्रमित कुल १९ हजार १९ पुगेको छ ।
क्वारेन्टिनमा छ हजार २८१ जना छन् । चौबीस घण्टामा ८८५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५३ हजार ८ सय ९८ जना पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७३.४ प्रतिशत पुगेको छ । मन्त्रालयले हाल १८ हजार २८९ जनामा कोरोना भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।






