Loading... आजः १८ मंसिर २०७७, बिहीबार । Thursday 3rd December 2020

गरीबीले छिचोलिएको जिन्दगी

छ महिना पहिलेदेखि नै नेपालमा लकडाउन भएको स्थिति छ । तर कोरोनाको महामारीले गर्दा नेपालमा मात्र नभएर विश्व नै विश्वयुद्ध पछिको दोस्रो जनआन्दोलन जस्तै जन धनको क्षति हुन पुगेको छ । नेपाल बाहेकका धनी देशहरुले भने आफ्नो देशको जनतालाई गाँस, वाँस, कपासको अलि राम्रो प्रवन्ध मिलाइएका छन् । नेपाल त एक गरीब देश अझ त्यसैमा पनि चैत्र ११ गतेदेखि लक डाउनले गर्दा रोगले मात्र नभएर भोकले मर्नुपर्ने स्थिति आएको छ ।

कौशिला अधिकारी

सरकारले गरीब जनताका लागि भनेर छुट्याएको पैँसा नेताहरुले आफ्नो भुडी भर्न बाहेक अरु सोच केही पनि छैन् । छ सात महिनाको लामो समय वित्दै जाँदा मास्तर बाजे र मास्तरनी बजैले अब त हाम्रा गरीबका दिन गए अनि आफू धनी भए भनेर गरीब परिवारलाई हेला गर्दथिन र गरीब परिवारका कुनै सदस्यहरुसंग बोलचाल गर्दथिन । तर म एक गरिब परिवारकी छोरी हुँ । बिहान खायो भने बेलुका के खाम हुन्थ्यो । म त श्रम ज्याला मजदुरी गरेर आफ्नो जीवन निर्वाह गर्नुका साथै पढाईलाई र जिन्दगीलाई जसो तसो अगाडी प्रयास मात्र गर्दथे तर छ । तथापी छ सात महिनाको लामो लक डाउनले गर्दा न त कुनै ज्याला मजदुरी त के घरबाट बाहिर समेत निस्किन पाइएन । आजको सङ्कटमा कतै पनि काम गर्ने स्थिति पनि थिएन । म मात्र भए पनि आफ्नो कम्मरको पटुकले आफ्नो पेटलाई कसेर खाना नखाएर पनि बस्न सक्थेँ होला । तर मेरा बुढा बा आमा डाँडा माथीको घाम जस्तै भइसकेका थिए । त्यसैले म बा आमाको लागि मास्टर बाजे र मास्टरनी बज्यैकोमा ऋण माग्न गए । ऋण माग्न जाँदा मास्टर बाजे र मास्टरनी बज्यैले मैले तेरो परिवारलाई पाल्ने ठेक्का र कर्तव्य हो । तेरा बा आमालाई त पाल्न सक्दिन भन्दै नानाभाँति कुरा गर्नु भयो । अनि मैले भने म सापटि ऋण लिन आएकी पो हुँ । तर हजुरको पैँसाको सहयोगले यो कोरोनाको कहरमा भोकमरी हुनबाट मेरा बा आमालाई बचाउन सक्छिन् भनेर आएकी हुँ । भोली लक डाउन खुकुलो भयो भने म कतै ज्याला मजदुरी गरेर जसोतसो गरेर हजुरको पैँसा ल्याएर दिनेछु । भन्न मात्र के पाएकी थिए भित्रबाट मास्तटर बाजे रिसले रातोरातो हुदै बाहिर निस्किएर भन्न थाल्नु भो तेरो बा र आमाले पहिले लिएको पुरानो पैँसा चाँही कल्ले दिन्छ तेरो वाउले भन्दै नानाथरीका कुरा गर्नु भयो मैले भने माफ गरिदिनुस मास्टर बाजे आमा विरामी हुँदा लगेको पैँसा हो म भोली सबै लकडाउन खुले पछि एकै पटक नसकुला तर अलिअलि गर्दै विस्तारै विस्तारै हजुरको ऋण तिर्ने छु भनेपछि मास्टरनी बज्यै र मास्टर बाजेको मनमा अलिकति दयाको भाव आयो र अब तलाई धेरै पैँसा त दिन सक्दिन ल अलिअलि पैँसा लैजा भन्नु भयो । अनि मेरो भगवान हजुर नै हुनुहुन्छ भनेर ऋण सापटि लिए घर आए घरमा आउदै गर्दा आमा विरामी भएर होस् नै थिएन । त्यस पछि गाउँमा शहरको जस्तो विकसित थिएन । आमालाई बोक्ने दुई चार जना बनाएर अस्पतालमा लगे अस्पतालमा आमाले औषधी उपचार राम्रो भयो र आमा पनि होसमा आउनु भो अनि अस्पतालले पनि आमालार्य एक महिनाको लागि खाने औषधी दियो र आमा म घर जान के पाएका थियौँ मास्टर बाजे अरु गाउँका ठालु भनाउँदाहरुलाई घरमा ल्याएर घरमा भएका सरसामानलाई घरबाहिरबाट घर बाहिर मिल्काउँदै थिए ।

बुढो बा स्याँ, स्याँ गर्दै मरेनी बा भनेर कराउँदै चिच्याउँदै गरेको आवाज सुने मनमा कस्तो डर तथा चिन्ता लाग्यो जे जस्तो भए पनि भए पनि सहनु पर्ने यो कस्तोे अच्चम हो । आमा गएर भन्न थाल्नु भयो । बडा साहेव हजुर जे लिन तयार हुनुहुन्छ म त्यहि दिन तयार छु । तर घरमा आएर यसरी भद्रगोल नराम्रो व्यवहार गर्न के पाउनू भएकाृ थियो पैँसा लिन आएको थाहा पाइनस त खाते खान मात्र थाहा पाउँछेस् । भन्दै नराम्रा शब्द बोल्नु भयो मलाई बोल्नै आँट आएन ठालु भदाद्मीहरुले घरमा पालेको राम्रो जर्सि गाई लैजान्छु भनेर गाईलार्य बाँधेको किलाबाट दाम्लो खालेर घर अगाडी ल्याए अनि मैले भने वडा महासाहेव यो दुहुानुलाई नलैजानुहोस । मेरो आमाले १ महिना ओषधी यो दुःखसंग खानुपर्ने छ । म अन्त कतै दुध किन्न जान सक्ने स्थितिमा छैन भनेर भन्दा पनि नमानेर मास्टर बाजे र गाउँका ठूला वडा ठालुहरुले जर्सी गाईलाई लगे त्यति खेर त मलाई मर्नु न बाँच्नु भयो आफू मरम भने बुढो बा आमालाई कसले हेर्छ ? मानिस यो धर्तीमा जन्मेर कुनै औचित्य छैन जस्तो लाग्यो के गर्नु पढ्न त स्नातक पास गरेकी हुँ । तर यो नेपालको वेरोजगारीको कारणले गर्दा आज यो लक डाउनमा यस्तो दिन भोग्न पर्ने स्थिति आयो । अब अन्न कहिँ ऋण माग्न जाम भने कसैले नी नपत्याउलान भन्ने डर मनमा भयो यो लक डाउनमा गरीबलाई सरकारले केही गर्न सक्यो ? मास्टर बाजेको मैले १०० कडा ३ प्रतिशतका दरले व्याजमा ऋण ल्याएकी हुँ । अब कोरोना महामारी कम होला भन्ने सोच्यो कहिले हुने हो थाहै छैन न त कतै ज्याला मजदुरीको काम पनि पाएकी छैन । दिनहुँ घरमा साहु आएर तेरो घर खाली गर भनि धम्कि मात्र दिरहन्छन् । यो मेरो कुरा कसैले नि सुनिदिदैन यो सानो खरको घरको ठेगान पनि छैन साहु महर्जन संग विन्ति गरेर भने म शहरमा गएर ज्याला मजदुरी गरेर ल्याएर दिउँला भने साहुले मानेन तर अन्तिममा व्याज स्याज दिने हुन्छ भन्ने कुरामा सहमतिमा आए अनि म त छोरी म छोरी केटि मान्छे शहरमा कहाँ बसउँला के आउँला र ? भन्ने पिर र चिन्ता थिएन । तर ज्याला मजदुरीमा कसले लगाउला भन्ने पिर, चिन्ता डर लाग्यो अब के गर्नु डुब्न लागेका घाम जस्ता बा आमालाई संगै संगालेर भने ऋणले डाँडो काटि सुकेको छ । मेरो लागि आमा बाबा ठुला तर खान वस्नको लागि पैँसा पनि आवश्यकता पर्दो रहेछ । के गर्नु बेलुका खानलाई एक ढिका नुन र एक सेलो खुसार्नी छैन । बेलुकाको साँझ पर्न थाली सक्यो मनमा अनेक कुरा खेल्न थाले भोली यो जन्मघर छाडेर शहरमा ज्याला मजदुरी गरेर साहु महर्जनको ऋण तिर्नुपर्ने कुराले मन पिरोलेको छ । साँझ पर्न थालेको थियो । घर बाहिर बेस्सरी कुकुर भुकी राख्यो अनि बाहिर के आए छ भनि हेर्न गएको मास्टर बाजे हुनुहुदो रहेछ । ए डल्ली सोचेर बसी राखेकी भन्दा हेर्न आज तेरो अनुहार निन्याउरौ देख्छु त भन्नुभयो मैले भने बोली भोली म शहरमा ज्याला मजदुरी गर्न जाने सोच बनाएकी छु । वडा महासाहेव मेरो घरमा वुढा बा र आमा हुनुहुन्छ यसो रेखदेख गर्नुहोला है मास्टर बाजे भने हुन्छ भने मैले नहेरे कसले हेर्छ र तेरो बा र आमालई भन्नु भयो ।

मैले कता पल्ला गाउँकी भुन्टी पनि शहरमा ज्याला मजदुरी गर्न जाने छ भन्ने थाहा पाएकी थिए । भुन्टी र मैले सर सल्लाह गरेर बिहान ४ः०० तिर जाने भन्ने सक्यो यता बुढा बा र आमा तातो पानि मात्र खुवाएर त्यो बेलुका पख छाक टारेर अनि सुत्ने भनेर गए विस्तरामा पल्टिए निन्द्रा भन्ने पटक्कै नलाग्ने उल्टो कोल्टो परेर रातभरी ननिदाई बिहान ४ः०० बजे उठेर शहरतिर म भुन्टी घरबाट निस्कियो अनि भुन्टि र म शहरमा गएर पैँसा कमाएर साहु महर्जनको ऋण तिरेर घर फर्किने आशाका कुरा गर्दै दिन रात वित्दै गयो । शहरमा पनि पुगियो शहरमा पुगेपछि ज्याला मजदुरीको काम अलि अलि कतै तकै ठाउँमा मात्र थियो किनकी कोरोना भाइरसको कारणले गर्दा पहिलो जस्तो काम गर्ने वातावरण पनि थिएन यो चर्को गर्मीको मौसममा माक्स लगाएर काम गर्नुपर्ने थियो माक्स नलगाई र दुरी कायम नगरेमा आफ्नो स्वास्थ्य खतरानक हुने डर थियो । ज्याला मजदुरीको काम सोचे जस्तो थिएन तर पनि के गर्नु १ महिना त ज्याला मजदुरीको काम गर्दागर्दै हल्का ज्वरो आउने, खोकी लाग्ने भयो अनि अस्पतालमा गएर चेक गराउँदा कोरोना पोजेटिभ देखियो कोरोना पोजेटिभ देखिएपछि १४ दिन क्वारेन्टाइनमा बस्न बाध्य भए म अनि ७ दिन घरमा क्वारेन्टाइनमा वस्नु पर्ने भयो उता भने साहुले घरमा गएर बा आमालाई गाउँ निकाला गरिदिएर भन्ने खवर साथीहरुले मलाई सुनाए म छाङ्गाबाट खसे जस्तै भए त्यस पछि बोल्न सक्ने भएछु अनि मलाई कोरोना लागेर मरिछ भन्ने बेखवर घर त के भन्नु आमा र बालाई सुनाए छन् । त्यो खवरले मर्माहित हुनु भएछ ।

लेखक : मध्यपश्चिामाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र केन्द्रीय क्याम्पस क्याम्पस स्नातकोत्तर पहिलो सत्रमा अध्ययन गर्ने छात्रा हुन ।