Loading... आजः १७ मंसिर २०७७, बुधबार । Wednesday 2nd December 2020

महिला हिंसा र कानूनी शासन

हामी को छौँ ? आखिर को छ बलात्कारी र शोषक हामी छैनौँ भने ? के हामी बलात्कृत र शोषित छौँ ? अनि हामी बलात्कृत र शोषित छैनौँ भने हरेक पल बलात्कृत र शोषित को हुुदैछ ? मेरो प्रश्न छ हरेक आम जनतादेखि लिएर त्यो सम्पूर्ण सत्ताको चुुचुुरोदेखि लिएर तलको कुुर्सी समातेकाहरु, समानताका लागि कानुुनको हथौडा समातेको छ, अनि कलमदेखि कोदालो समातेको छ । एक चोटि आफ्नो आत्माबाट सोधौँ हामी को हौँ ?

मौसमी कुमारी कुशवाहा

मलाई त आजभोली अचेल हरेक मान्छे नै बलात्कारी देखिन्छ । किनकी हरेकको अाँखामा मलाई समान तृष्णा देखिन्छ । सबैको आँखा राता राता नाशामा चुुर भएको छ । सब आफ्नो मनको दमित कामवासना लिएर दौडिएको छ । कोही धनको लागि, कोही पैसाको लागि, कोही सम्मानको लागि, कोही इज्जतको लागि, कोही नाम, कुुर्सी, सत्ता त कोही शरीरको संवेदनशील अङ्गको आगो बुुझाउन, कामाच्छेक ¥याल चुुहाउँदै पागल गोरु जस्तै दौडेको छ । मलाई त यहाँ मानव कम र रेसको घोडा बढी देखिन्छ । रेसको घोडालाई केही मतलब हुुदँैन, मात्र आफ्नो गन्तव्य पाउने उद्देश्य हुुन्छ । चाहे छेउछाउ वा बिच बाटोमा कोही किल्चिएको छ कि कसैको ज्यान गएको छ त्यो घोडालाई कुुनै मतलब हुँुदैन । तसर्थ यहाँ हरेक मान्छे कुुनै न कुुनै कोणबाट सब अरुको बलात्कार गरेकै छ । नेताले कुुर्सीको आडमा वर्षौदेखि राजनीतिका यति बलात्कार गरेछ कि विचरी राजनीतिको हात कहाँ छ, खुुटा कहाँ पुुगेछ ठेगान छैन । विचरी आफ्नो फरिया पनि उठाउँने अवस्थामा छैन । त्यसपछि न्यायकर्मीहरु आदालत र कानुुनको पनि त्यही हाल गरेछ । न्याय कि देवी जति असहाय र पीडित त सिंगो नेपालको महिला के संसारकै महिला भन्ने हो भने कम छ । छोरा, श्रीमान आफन्त दिनरात भ्याइनभ्याई बलात्कार गरेको छ । त्यसपछि स्वास्थ्य पनि कहाँ बाँच्नु, ती पनि आफ्नै छोराबाट बलात्कारमा परेछिन् । स्वास्थ्य जति असहाय त व्रह्माण्डमै कोही नहोला । डाक्टरलाई त हामी भगवानको दर्जा दिन्छौ तर विडम्बना भगवानले नै बलात्कार गरेपछि अब बाँकी के रह्यो । शिक्षाको पनि कम बलात्कार भए छैन । त्यो पनि दिनहुुँ बलात्कृत छ । त्यस्तै साहित्य किन पछि रहनु । साहित्य लेख्ने काम हुँदैन सिर्जना गर्ने हुुन्छ । अनि सिर्जना भनेको सामान्य मानिसको तुुलनामा उसको ओहदा माथि र भगवानसँग दाँजिन्छ । किनकी एउटा भगवान हो जो हरेक दिन नयाँ नयाँ चिज सिर्जना गर्ने गर्दछ, त्यसकारण भगवान जतिकै साहित्यकारलाई मानिन्छ । तर आजको दिनमा त झन् कलम समातेकाहरु जति बलात्कार गर्ने अरु कोही हुँुदैन । कलमको आडमा त झन् बलात्कार गरिरहन्छ । २७ सालको अनुुभवमा म आजसम्म जति शिक्षित मान्छेसँग पीडित छुु वा समस्यामा परेछुु त्यति अनपढसँग नहोला । अनपढभन्दा हजारौँ गुणा ठूूलो बलात्कारी शिक्षित मान्छे हुन्छ । त्यो शब्दको आडमा वाक्य र अनुुच्छेदमा अल्झाएर अरुको बलात्कार गरेको हुुन्छ ।

हाम्रो देशमा जति महिला हिंसा हत्या भएको छ त्यसको अधिकांश कारण मादक पदार्थ र नसा हो । नेपालमा जाँडरक्सीको उत्पादन बिक्रि वितरणमा कुुनै प्रतिबन्ध नलागेको रहेछ । सामान्य नियम कानुुन बनाए पनि लागुु गर्नुुको सट्टा कागजमै सीमित रहेको छ । जसको फलस्वरुप पुुरुषहरु अनावश्यक तरिकाले सेवन गरि घरमा दिनहुँु महिला हिंसा गरेको हुुन्छ । मधेशभन्दा बढी पहाडमा सौखले जाँड बनाउने र खाने प्रचलन रहेको देखिन्छ । कुुनै पनि चाँडपर्वमा वा खुसीको माहौल हुुँदा जाँड अनिवार्य हँुुदो रहेछ । घरमा पाहुुना गए भने स्वागतमा जाँड दिएरै स्वागत गरिन्छ । यो समस्या पहाडी भेगमा भएको देखिन्छ । हरेक घरमा होटेल र रक्सी पसल भएको कारण अधिकांश महिला हिंसा र बलात्कारको शिकार भएको हुुन्छ । आफ्नो सँस्कृति आफ्नै हिंसा र अभिशाप बनेको छ । तसर्थ यो समस्याको न्यूनीकरणका लागि सरकारदेखि आमजनतालाई आफै सुुधारको बाटो अपनाउनुु पर्र्र्दछ । नेपालमा लागूुपदार्थ बेचबिखनको नीति नियममा कडाई गर्नुु अति आवश्यक विषय हो ।

समाजमा भएको दिनहँुु बलात्कार करणी वा महिला हिंसा जस्ता घटना २२ वर्षमा ३६ गुुणाले १७ गुुणाले बढ्यो भन्ने कुरा विभिन्न तथ्याङ्कले देखाएको छ । पछिल्लो समयभन्दा धेरै बढे पनि मलाई चाँहि त्यस्तो लाग्दैन । यी सम्पूर्ण समस्या पहिला थिएन भन्ने छैन । किनकी महिलाको जीवन आजभन्दा ५० वर्ष पछाडि गएर हेर्दा अझ डरलाग्दा र पीडादायक जीवनशैली थियो । सानो उदाहरण हामी लिने हो भने सर्वप्रथम बहुुविवाह बन्द भइसकेको छ । आकल झुुकल कही अब हेर्न मिल्छ कसैको दुुईओटा श्रीमती । बरु इन्टरनेट र शिक्षा, जनचेतना, खुुल्ला विचारधाराको कमी थियो । जुुन कुुरा समाज बाहिर नआउँदै कुुरा दबिन्थ्यो तर आज त्यही कुुरा विभिन्न सञ्चार माध्यमका कारण, खुल्ला विचारको कारण सम्पूर्ण आमजनता अगाडि आइरहेको छ । त्यसकारण हामीलाई लागेको छ कि दिनप्रति दिन यो महिला हिंसा, बलत्कार बढेको छ । घटना त्यस्तै पहिला अनेकौ ठूूला बडा जीम्दारीया शासन र ठकुुरीहरुले गर्दा अझ समाज विकृतिले गाँजिएको थियो । अब हेर्दा त्यस्ता हलिया प्रथा, नासो, सति प्रथा, जस्ता अनेकौ प्रथाहरुको समाजबाट जरो उख्लिसकेछ । हाम्रो नेपालका पहाड वा तराई जहाँ पनि कुुण्ठित समाज रहेको छ । महिलाको लागि जहाँ पनि हदबन्दी नै रहि रहयो ।

अहिलेको जल्दोबल्दो समस्या जहाँ पनि दलित जात बढी पीडित र मर्कामा परेको देखिरहेको छ । हाम्रो समाजमा अहिले पनि कति ठाँउहरु छन् जो छुुवाछुुत जस्ता रुढिवादी सोचले ग्रसित छन् । जसको शिकार दलित जाति भएको छ । उनीहरुको समाजमा अहिले पनि कुुनै पहिचान र अस्तित्व समेत नरहेको देखिन्छ । ठूुला बडाहरु धनको रवाफमा बलात्कार गर्ने र पछि धनको लोभ देखाएर घटना मिलाउने, सँस्कृतिको आडमा, जातजाति न्यून भएको कारण, अशिक्षा, पहुुँचको कमीका कारण दिनहुँु हेपिएका छन् । समाज यस्ता सङ्कीर्ण सोचले जबसम्म जेलिरहन्छ तबसम्म हामी उन्नती गर्न सक्दैनौँ । हाम्रो सोचाई र सोचको गहिराई कुुन कोटीको छ त्यस्तै हाम्रो जीवनशैली रहेको हुुन्छ । तसर्थ हामीलाई आफ्नो सोचमा पहिला परिर्वतन ल्याई देशको विकास गरौँ ।

आजसम्म जे जति बलात्कार भएको छ, ती घटनाहरुलाई नियाल्दा ९९.९ प्रतिशत मानिस चिनजानको, आफन्त वा छिमेकी नै रहेका हुुन्छन् । आफ्ना बाल्यकालमै पूरुष ५–१५ प्रतिशत शोषित हुुन्छ भने १५–२५ प्रतिशत महिला बालबालिका शोषित हुुन्छन् । महिलालाई ३० प्रतिशत शोषण गर्ने घरभित्रकै मान्छे हुन्छ भने ६० प्रतिशत शोषण गर्ने मान्छे चिनेका आफ्ना आफन्त हुुन्छन् । १० प्रतिशत भने अपरिचित व्यक्तिहरु हुुन्छ । तसर्थ हामीहरुलाई मर्कामा पुु¥याउने व्यक्ति बाहिरको नभई छिमेकी र आफ्नै भएको कारण हामीलाई जोगिन अति आवश्यक रहेको छ ।

कला र साहित्यलाई समाजको ऐना मानिन्छ । जस्तो समाजको अवस्था हुुन्छ त्यस्तै कला र साहित्यमा दर्साइएको हुन्छ । सन् १९÷२० को दशकलाई हेर्ने हो भने चलचित्रमा मात्र आफन्तलाई कुुटपीट गर्ने, शोषण गर्ने, बहिनी, छोरीलाई बलात्कार गर्ने जस्ता मात्र घटनालाई समेटेर निर्माण गरिएको हुन्छ । त्यो समयको बच्चा त्यहीं घटना हेरेर परिपक्व हुन्छ जसको फलस्वरुप कलिलो उमेरदेखि बदलाको भाव मनमा बस्दछ । हेर्दार्हेदै मनोबल बलियो भएर जान्छ र पछि त्यस्तै नकारात्मक व्यवहार समाजमा पनि देखाउन थाल्छन् । यसरी हामी आफै बलात्कारी निर्माण गर्दैछौँ । अर्को जो नियम बनाएको हुुन्छ । त्यही व्यक्ति दुुईजिब्रे रहेको हुुन्छ, लेख्छ के बोल्छ के गर्छ केही । यस्ता मान्छे ठूूलो घातक रहेका हुन्छन् । देशमा कुनै पनि अपराध कम नहुुनुुको कारण के हो ? एउटै कारण, राष्ट्रको कानुूनी व्यवस्था अत्ति फितलो र लापरवाह रहनुु हो । जति पनि नीति नियम बनाए पनि कडाईको साथ लागुु नभएको कारण अपराधीले कानुुनलाई पैसाबाट खेलिने हातको खेल बुुझिसकेका छन् । अनि हुुन पनि सत्य त्यहि कुुरा हो । कानुुन त मलाई पनि मात्र कानुुन व्यवसाय बनेर सीमित भइसकेको लाग्छ । अपराधी यति कुुरा प्रष्ट तरिकाले बुुझिसकेको छ कि जे गरे नि पछि पैसा र सोर्सले छुुटि नै हाल्ने हो । कुुुुुुुुुुुुुुनै अपराधको उजुुरी गरे पनि यति तारिख माथि तारिख आउँछ की पीडित व्यक्ति नै मानसिक र आर्थिक अवस्थाले थाकी सक्छ । म त भन्छुु यो बलात्कार जस्तो अपराधको लागि नियम यस्तो बनोस् कि पीडितको स्वास्थ्यदेखि आदालतको न्यायसम्मको सम्पूर्ण खर्च अपराधी पक्षले बेहोरोस् । जबसम्म देशको कानुनी व्यवस्था सफा र कडाइको साथ लागुु हुँुदैन तबसम्म यो महिला हिंसा र हत्या कम हुने छैन । यस्ता समस्याहरुलाई छिटो भन्दा छिटो न्याय दिने कानुन बनाउनुु पर्छ ।

दुुर्भाग्य र लज्जास्पद कुुरा हो । जुुन राष्ट्रको राष्ट्रपति एउटा महिला हो, त्यो देशमै दिनहुुँ बलात्कार, महिला हिंसा र करणी भएका छन् । यो कुुर्सीमा बसेकाहरु, नीति नियम बनाउनेहरुलाई डर हुुँदोरहेछ कही आफ्नै छोरा, आफन्त परिहाल्यो भने फेरि गाह्रो होला । कति घटनामा त ठूूला नेता मन्त्रीकै आफन्तहरु रहेका हुन्छन् । तर यही हाल रही रहयो भने त्यो दिन दुुर छैन जब स्वयम् पीडित आफ्नो हातमा न्याय र कानुन समात्ने छन् । यसरी भयोे भने झन् देशको अवस्था भयाभह हुुनेछ । तसर्थ समयमा सरकारको ध्यान पुुगोस् ।

एउटा भनाई छ “मन के हारे हार, मन के जीते जीत” भनाईको अर्थ मनबाट हारे हाम्रो हार र मनबाट जिते जित निश्चित छ । त्यसकारण जहिले पनि दृढ मानसिकता भएर बाँच्नुु पर्दछ । दरिलो आँट लिएर जहाँ जे गरेपनि हामी सफल हुुनेछौँ । शारीरिक शक्ति लगभग सबैको समान नै रहेको हुुन्छ । फरक त मात्र मानसिक शक्तिको हुुन्छ । हाम्रो सोच्ने क्षमता आत्मविश्वास कस्तो छ त्यसमा भरपर्दछ । सब मनको खेल र भ्रम हुुन्छ । हामी महिला सधैँ मानसिक धरातलले दरिलो बनौँ, आँटिलो बनौँ । कोहीलाई आँट हुुने छैन बोल्न,े कोही फर्केर हेर्ने हिम्मत गर्ने छैन ।  मधेश दर्पण फिचर सेवा