Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

कथा – छोरीको कर्म

जब छोरीले यो धर्तिमा पाइला के टेकेकी हुन्छिन । पाइला टेकेकै दिनबाट अपमानित र अपहेलित हुन पुग्छिन छोरी । यता छोराले यो धर्तीमा पाइला टेक्ने बित्तकै हर्षवडाइ गर्ने यो हाम्रो पुरानो रितिरिवाज चालचलनले समाजमा छोरा र छोरीमा बिभेद सिर्जना गर्ने गरेको पाइन्छ ।

कौशिला अधिकारी

छोरी जन्मेपछि घरमा गुन्द्रको झोल र मकैको रोटी खान दिन्छन । सुत्केरी आमालाई त्यसैमा झन प्रशव पिडा छोरा जन्मेपछि खसी कुखुरा काटेर खुवाउने चलन छ । छोरा जन्मिएको नौ दिनमा न्वारन र छोरी जन्मिएको छ दिनमा न्वारन गर्ने चलन छ । छोरीलाई चार महिनामा भात खुवाउने छोरालाई छ महिनामा भात खुवाउने चलन छ भने छोरा जन्माएपछि घर बाहिर काम घन्दा गर्नु नपर्ने, आमाले माया ममता पाउने छोरी जन्मिए अलछिनिको बास भयो भनेर कुटपिट गर्ने, खान नदिने देख्न बित्तिकै सानो कुरामा झगडा गर्ने, मेरो घरमा नबस भन्दै घरदेखी निकाल्न खोज्ने । त्यसपछि दोस्रो बिवाह गर्ने चलन छ । आखिर छोरा र छोरी जन्माउने प्रजनन् फरक फरक हैन होला ?

यदि छोरा जन्माउदा आमालाई धेरै प्रशव पिडा हुने र छोरी जन्माउदा आमालाई कम प्रशव पिडा हुने होला र ? पक्कै हाम्रो समाजले पनि अन्धविस्वास र अन्धो परम्परालाई अगाल्दै आएको छ । छोराले माम पापा तोते बोली लर्बराउदै गर्दा निजी स्कुलमा भर्ना गर्ने लैजाने । छोरा मेरो श्रीसम्पति हो । भोलि म मर्दा काज किरिया गर्न चाहिन्छ । छोरालाई मिठो मिठो खान दिने, राम्रो राम्रो लत्ता कपडा अनि माया, ममता र स्नेह गर्दछन् अनि छोरी छ सात वर्ष हुँदा ढिकी, जाँतो, घट्ट मेला, घाँसपात, दाउरा गोठाला गर्न लगाउने, खाना खान दिने बेलामा दाजु भाइले खाएर छोडेको बचेको छोरीलाई खान दिने चलन छ । छोरीलाई सरकारी स्कुलमा पनि भर्ना नगरिदिने यो अर्काको घर जाने हो भनेर हेला, अपमानित र अपहेलित गर्ने यो कस्तो हाम्रो समाज ।

अनि छोरा छोरी बडदै जान्छन । बढ्दै जानेक्रममा छोरालाई धेरै खर्च गरेर ठुलो ठुलो स्कुलमा पढाउने गर्छन । छोराले राम्रो अंक ल्याउन सकेन भनेर ट्युसन लिन पठाउने गरे । केहि समय बित्तै जादा छोराले राम्रै सफलता हात परेछ आमा बा खुुसि हुँदै भन्नु भए छ । ए छोरा अब तेरो बिहे गर्नु पर्यो भन्दा छोराले सहजै स्विकार गरेछ । आमा बाले छोराको बिहेको लागि सबै सामान तयार गर्नु भएछ । छोराको बिहे पनि भयो घरपरिवारमा मा दुई चार दिन त खुसियाली छायो तर छोराबुहारी छोराले डुब्न लागेका घाम जस्ता आमा बालाई वृद्धाश्रममा लगेर छोडिदिए । कस्तो कठोर मन न हो छोराको आमा बा छोरा भनेर मरिहत्ते गर्थे तर छोराले नसुनेर घर फर्कियो । यता छोरीलाई तँ जस्तिले पढेर के काम सिता र पार्वतीले पढेका हुन । पढेर ठुला भएका हुन भन्ने चलनले गर्दा छोरी जन्म घरमा नै अपहेलित अपमानित भएका छन ।

आफ्नो बाल्यकाल ९/१० वर्ष पार नगर्दै घर परिवारले भन्न थाल्छन् । अब तेरो बिहे गरीदिनु पर्छ । छोरी भन्छे मेरो बिहे गर्ने उमेर भएको छैन । भन्न के पाएकी थि तँ रजस्वाला भएर बिहे गरे पछि नर्कमा परिन्छ पुण्य लाभ हँुदैन । भनेर सानो उमेरमा बिहवारी गरिदिन्छन । छोरी पराई कर्म घर जान्छे । पराइ घरमा दुइ चार दिन त राम्रो व्यवहार गर्छन । दुइ चार दिनपछि सासु ससुराले भन्न थाल्छन् तँ नपढेकी नलेखेकी तँ पशु बराबरकी भन्न थाले । छोरीले आफ्नो जन्मघरमा अपहेलित भएर गएपछि त्यही व्यवहार आज कर्म घरमा मैले भोग्नु परेको छ ।

मेरो आमा बाले मलाइ धेरै नभएनि २/४ कलास पढाई दिएको भए आज यसरी हेपिनु पर्ने थिएन ? दुइ चार वर्ष बित्दै गए । मेरो कोखबाट पनि छोरीको जन्म भयो । जब म त प्रसुति भएँ अनि मलाइ यो घरमा बस्ने होइन । छुइ छिटो हुन्छ यो घर अशुद्द हुन्छ । देउता रिसाउछन् । भनेर गाई गोरू बाध्ने गोठमा लगेर बसाल्नु भयो । मैले पनि चलि आएको परम्परालाई सहजै अस्विकार गरुँ भने गाउँ समाजबाट अपहेलित अपमानि घृणित हुने डरले त्यो चिसो अध्याँरो गोठमा बस्न बाध्य भएँ । प्रसुति अवस्था एक अप्ठ्यारो झन तेसैमा घर परिवारले खाएर छोडेको बचेको खाना खानु पर्ने हुँदा म प्रसुति भएको छ दिन नपुग्दै थला पर्न थाले । औषधी गर्न जाम भने म सँग फुटेको टाँक पनि थिएन । आफै औषधि गर्न जाउ भने घर परिवारले औषधी गर्दिन छन कि भन्ने आस मात्रै लिए तर विश्वास थिएन । मलाई रोगले झनझन च्यप्दै गयो घरपरिवार कसैले नि वास्ता गरेन । हुँदा हँुदा घरका सबै परिवार एक जुट भएर घरवाट लखेट्ने खवर आमा र बा ले थाहा पाएर मलाइ भेट्न आउनु भएछ । बा आमा भेट्न आउँदा म बोहोस भएर ढलेकी रहिछु । मलाई अस्पताल कसले लग्यो मलाई थाहै भएन ।

औषधी गरेको एकछिन पछि मेरो होस आयो। म त छाँगाबाट खसे जस्तो भयो । मेरा हात खुट्टा लुगलुग काम्न थाले । बा आमा घर परिवारले मलाई सुमसुमाउदै भन्नु भयो यो त साह्रै कमजोर भई भनेर घरपरिवारले पश्चाताप गरे । म चारैतिरबाट माया नपाएर अपहेलित र अपमानित भएकी । मैले सोचे अब त चारैतिरबाट माया पाउँछु कि भन्ने आस र एक महिनाको औधषी बोकेर घर फर्किए । मलाई सन्चो हँुदै गयो । सन्चो भएपछि काम नगरी खान पुग्ने स्थिति थिएन । गरुङ्गो भारी बोकेर खाँउ भने नि शारीरिक अवस्थ थिएन । ऋण माग्न जाउँ भने नि कसैले पत्याउने अवस्था छैन ।

यता बा आमा वृद्धाश्रमबाट कसरी मुक्त गर्ने भन्ने पिरले मनमा डढेलो लागि रहेको छ । मेलै पनि घर नजिकैको स्वास्थ्य चौकीमा कार्यालय सहयोगी काम गर्ने अवसर पाएँ । म खुसीले रून थाले । अव मैले मेरा जन्म दिने आमा बा लाई वृद्धाश्रमबाट घर ल्याउन सफल भएँ । म मेरा बा आमा घरपरिवार एकै ठाउँ रमाईलोका साथ जीवन निर्वाह गरिररेका छौ । आफ्ना सन्तान र घरपरिवारलाई माया ममता र स्नेह दिउँ ।