Loading... आजः ७ असार २०८३, आईतवार । Sunday 21st June 2026
ताजा खबर
  

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। ऊर्जा मन्त्रालयले आज शाक्यलाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

यसअघि उनी प्राधिकरणमै उपकार्यकारी निर्देशक रहेका थिए। कुलमान घिसिङको बहिर्गमन हुनेबित्तिकै प्राधिकरणका अर्का उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई कायममुकायमको जिम्मा दिइएको थियो। प्राधिकरणमा कोइरालाभन्दा शाक्य वरिष्ठ हुन्। सोही आधारमा शाक्यलाई नै कार्यकारी निर्देशक बनाउन अहिले निमित्त बनाइएको स्रोतको भनाइ छ।