प्रहरी हुँ भन्दै ठगी गर्ने पक्राउ
सुर्खेत ।
वीरेन्द्रनगर ३ तातापानी बस्ने २८ वर्षिय बिलबहादुर धामीलाई प्रहरीले पक्राउ गरेको छ । उनले आफू प्रहरी भएको बताउँदै गठी गर्दै आएको प्रहरीले बताएको छ ।

विशेष सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । उनको साथबाट १२ हजार नगद समेत बराबर गरेको र उनले आफू वन रक्षक हुँ भनि बताएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनी शान्नी त्रिवेणी ४ कालिकोटका स्थायी बासिन्दा हुन् ।





