Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

बाख्रा फार्ममा आगलागी, चार लाखभन्दा बढीको क्षति

जाजरकोट ।

जाजरकोटको जुनीचाँदे गाउँपालिका–६, डोक्तास्थित बाख्रा फार्ममा आगलागी हुँदा चार लाखभन्दा बढीको क्ष्यति भएको छ । जगे रावतले सञ्चालन गरेको बाख्रा फार्ममा खाना पकाउँदै गर्दा मंगलबार बिहान आगलागी भएको हो ।

आगलागीमा परि १४ चौपायाको मृत्यु भएको र ११ वटा घाइते भएको इकालाका प्रहरी कार्यालय गर्खाकोटका प्रहरी हवल्दार प्रेमबहादुर रावतले जानकारी दिए । उनका अनुसार मंगलबार दिउँसो आगो आफैँ नियन्त्रणमा आएको थियो । उक्त आगलागीमा मानवीय क्ष्यति भनेको भएको छैन ।