Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

चिङ्गाडमा १५ शैयाको अस्पतालको शिलान्यास

सुर्खेत ।
जिल्लाको चिङ्गाड गाउँपालिका वडा न. ५ अवलचिङमा १५ शैयाको अस्पताल भवनको शिलान्यास भएको छ । प्रतिनिधिसभा सदस्य ध्रुव कुमार शाहीले उक्त भवनको शिलान्यास गर्नुभएको हो । मानव स्वास्थ्य सबैभन्दा महत्वपूर्ण भएकोले पनि हामीले खानपानदेखि आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने बताउँदै प्रतिनिधिसभा सदस्य शाहीले अस्पतालको निर्माणले जनताले सहज रुपमा स्वास्थ्य सेवा पाउनु बताउनु भयो ।


कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) प्रदेश कमिटी सदस्य जित बहादुर राना ( रञ्जित ) चिङ्गाड गाउँपालिकाका अध्यक्ष देव बहादुर चन्द तथा उपाध्यक्ष मनमाया आचार्य लगायतको उपस्थिति रहेको थियो ।