तानाशाह जनता समक्ष घुँँडा टेक्छन् : रामकुमारी
सुर्खेत ।
नेकपाकी नेतृ रामकुमारी झाँक्रीले तानाशाहहरु जनता समक्ष घुँँडा टेक्ने बताएकी छन् । प्रचण्ड – माधव समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै झाँक्रीले यस्तो बताएकी हुन् । प्रधानमन्त्री ओली पनि तानाशाह बनेका छन् । उनले पनि जनता सामु घुँडा टेक्ने निश्चित छ झाँक्रीको भनाई थियो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले सुर्खेतमा ‘शक्ति प्रर्दशन’ गरेको छ । संसद विघटनको विरोधमा मंगलबार प्रदेश राजधानी वीरेन्द्रनगरमा ‘शक्ति प्रर्दशन’ गरेको हो ।
वीरेन्द्रनगरको मंगलगढी चौकबाट सुरु भएको विरोध ¥याली बजार परिक्रमा गर्दै पिपल चौतारामा पुगेर सभामा परिणत भएको छ । सभामा नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री लगायत, झकबहादुर मल्ल, अमृत बिसी, नरबहादुर विष्टले सभालाई सम्बोधन गरेका थिए ।
प्रर्दशनमा सहभागीहरुले ‘संसद विघटन खारेज गर’, ‘तानाशाह केपी ओली मुर्दावाद’, ‘ओली तेरो पाराले दुःख पाए साराले जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।





















