Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

वादी समुदायको आन्दोलनप्रति ध्यानाकर्षण

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइ पुगेका वादी समुदायको आन्दोलन प्रति विभिन्न संघ संस्थाको ध्यानाकर्षण भएको छ । सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट लगायतका जिल्लाहरुबाट कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा जग्गाको माग गर्दै आन्दोलन गर्ने घोषणा गरेका वादी समुदायका मागप्रति प्रदेश सरकारले वास्ता नगरेको र वादी समुदायका बालबच्चा, सुत्केरी तथा गर्भवती महिलाहरुको स्वास्थ्यमा समेत समस्या आउन थालेकोले आफूहरुको ध्यानाकर्षण भएको विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको भनाई छ ।

मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकाल, फियान नेपाल मानव अधिकार एलायन्सका क्षेत्रीय संयोजक सुरेश कुमार गौतम, इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदी, खाद्य अधिकार सञ्जाल संयोजक जगत केसीलगायतका संस्थाका प्रतिनिधिहरुले एक ध्यानाकर्षण पत्र प्रकाशित गरी नेपाल सरकारले घोषणा गरेको समृद्ध नेपाल सुखी नेपाली एवम् कर्णाली प्रदेश सरकारको समृद्ध कर्णाली सुखारी कर्णालीवासकिो परिकल्पना महत्वपूर्ण आधार भनेको सीमान्तकृत समुदायको हक अधिकार सुनिश्चित नहुँदासम्म यो राना सफल हुन नसक्ने ठहर गरेको बताइएको छ ।