Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

राउटे युवतीमाथि दुव्र्यबहार गर्नेले गल्ती स्वीकारे

सुर्खेत ।
दुई राउटे युवतीमाथि दुव्र्यबहार गर्नेहरुले आफूहरुले गल्ती गरेको स्वीकार गरेका छन् । उनीहरुले गल्तीसमेत स्वीकार गरिसकेको प्रहरी स्रोतले बताएको छ । राउटे युवती माथि दुव्र्यबहार गरेको भिडियो सामाजिक सञ्जालमा आएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो । प्रक्राउ परेका तीनै जनाविरुद्ध जबर्जस्ती करणी गरेको आरोपमा सुर्खेत प्रहरीमा जाहेरी दर्ता भएको छ ।

मानव ओसारपसार, यौन दुव्र्यवहार र जबर्जस्ती करणीको मुद्दा चलाउन किटानी जाहेरी दिइएको हो । १९ र २३ वर्षकी ती युवतीहरूलाई होटलमा लगेर मदिरा सेवन गराई जबर्जस्ती करणी गरेको भन्दै गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल संचालक विनोद पुनविरुद्ध जाहेरी परेको हो ।

उनीहरू तीनैजनालाई प्रहरीले नियन्त्रणमा राखी अनुसन्धान शुरू गरिसकेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले किटानी जाहेरी दर्ता भइसकेको भन्दै घटनाबारे अनुसन्धान थालिएको जानकारी दिए ।