Loading... आजः १७ मंसिर २०७८, शुक्रबार । Friday 3rd December 2021

आज विश्व बालश्रम विरुद्ध दिवस

सार्वजनिक यातायातका मूल ढोकामा एउटा हातको झिनो आडमा तुर्लुङ्ग झुण्डिरहेको एउटा बालक । जो ढोकामा ठटाउँदै मानिस बोलाउँदै चालक र यात्रुबीचको दूरी तय गर्न प्रमुख भूमिका खेलिरहन्छ । ढोकाको ढक्ढक्याईले यात्रुलाई गाडी चढ्न जनाउँ त गर्छ, तर आँखै अगाडि उसका बालअधिकार हनन् भइरहँदा समेत त्यो ढकढक हाम्रा हृदयका ढुकढुकीहरूले किन सुन्न नसकेको हो र?

घरबाट निस्केका फोहोरजन्य बस्तुहरूभित्र केही बस्तु संकलन गरी जीवनको खोजीमा बोरा बोकेर हिँडिरहेका सडक बालबालिकाहरू कहिले यताबाट खेदिन्छन् । कहिले उताबाट हपारिन्छन्, सभ्य समाजको तुच्छताको सामना गर्छन् । उनीहरू पनि हाम्रा छोराछोरी, भाइ–बहिनी अनि हामी स्वयंका बालसखा, सङ्गीहरू जस्तै हुन् भनी किन बुझ्न नसकेका रु

कोरोना लकडाउनका समयमा यसरी घरविहिन बालबालिकाहरू कसरी बाँचेका होलान् रु के खाएका होलान् रु अनि के गरेर गुजारा गरिरहेका होलान् रु हामीमध्ये कतिले सोच्यौं त रु अभिभावकको आर्थिक अवस्था, दैवी प्रकोपले एक्लिएका तथा रोजगारी तथा शिक्षा–दिक्षाको आकर्षणमा परेर शहर भित्रिएका केटाकेटीहरूलाई घरेलु कामदारका रूपमा बालबालिकाहरूलाई भारी र जोखिमयुक्त कार्य लगाउने कार्य यथावत् देखिन्छ । तिनीहरूलाई पढ्न नपठाउने र पठाइएमा पनि पर्याप्त पढ्न समय नदिने क्रम सभ्य समाजमा चलिरहेकै छ ।

अनि त्यतिले नपुगेर कतिपय ठाउँमा त यातना दिने, गाली–गलौज तथा अनावश्यक लान्छना–आक्षेप लगाई ठालू पल्टिने क्रम हाम्रो समाजमा अझै जीवितै छ, हैन र रु जीवितै भएरै होला समय–समय कहिले कलिला मुनाहरू दागिएका, चुटिएका, कुटिएका आलो घाउँहरूका साथ कलिलै उमेरमा भोग्नुपरेका पीडाका आ–आफ्ना कथाहरू लिएर सार्वजनिक हुन्छन् ।

नेपालमा बालबालिकाको हक अधिकारको रक्षा गर्न बनेको बालबालिकासम्बन्धी ऐन २०४८ ले ‘१६ वर्ष मुनिका प्रत्येकलाई बालबालिका’ भनी परिभाषित गरिएको छ । उनीहरूलाई आय आर्जनका लागि श्रम गर्न अथवा कसैले श्रमिक बनाउन बर्जित गरेको छ ।

यो जून महिनाको १२ तारिखमा विश्वभरि मनाइने अन्तर्राष्ट्रिय बालश्रमविरुद्धको दिवसले नेपाली समाजलाई पनि झकझक्याउन सकोस् ।
सन् २०२१ को बालश्रमविरुद्धको दिवसको नारा चाहिँ ुद्दण्द्दज्ञस् ब्अत लयध स् भलम अजष्मि बिदयगचु छ । समग्र अन्तर्राष्ट्रिय समुदायलाई बालश्रम अन्त्य गर्न यो वर्ष आह्वान गरिएको छ । कोरोना संक्रमण, आसन्न लकडाउन र बन्दाबन्दीका कारणले बालश्रमलाई थप बढावा दिएको छ ।

भारतका विश्वबिख्यात् बालअधिकार अभियन्ता अनि नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थीका भनाई यहाँ राख्न चाहन्छौं, ‘शिक्षाविनाको बाल्यकाल बाल्यकाल नै होइन र स्कूलबाट बञ्चित एक जना युवा भएपनि धेरैजना बञ्चित भए सरह हो ।’ वास्तवमै अत्यन्त दुःखदायी कुरा हो कि लाखौँ बालबालिकाहरू अनेकन कारणले न्यूनतम बाल अधिकारबाट वञ्चित छन् । उनीहरूको हाँस्ने खेल्ने र पढ्ने बाल्यकाल खोसिन्छ । अझ दुःखदायी कुरा त यो हो कि यति पीडा देखेर पनि पीडक झैँ समाज अझै मौन छ । चेतनाको स्तर बढेका होलान्, तर केटाकेटीको स्थिति अझै उस्तै छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ कन्भेसनको भाग १३८ मा नेपालले पनि हस्ताक्षर गरी ऐक्यवद्धता जनाएको छ । उक्त भागअनुसार बालबालिकाले हप्ताको १४ घण्टा कार्य गर्न सक्नेछन् । तर यस कार्य वापत उनीहरूको नियमित विद्यालय, स्वास्थ र समग्र विकासमा कुनै हानि पुग्न हुँदैन ।

अब कल्पना गरौं, माथि उल्लेखित हाम्रा समाजका बालबालिकाहरू जो सार्वजनिक यातायातमा सह–चालक छन् या बोरा बोकेर प्लास्टिकका टुक्रा पछाडि कुदिरहेका छन्, होटलमा खाना पस्किंदै छन् । ग्राहकले खाएको जुठो कटकटिएको भाँडामा भविष्यको धमिलो छाँया खोज्दैछन् । के उनीहरूसम्म यो कानुन र समानता पुगेको छ त रु

के हो त बालश्रम रु
शारीरिक वा मानसिक तवरले परिपक्व मानिसले गर्ने काम श्रम हो भने बालश्रम बालबालिकाले गर्ने अपरिपक्व उमेरमा परिपक्व झैँ गर्ने शारीरिक अथवा मानसिक श्रम हो । जुनसुकै खालको रोजगारयुक्त कार्य, जहाँ बालबालिकाको बाल्यकालमा प्रत्यक्ष असर पुग्छ । स्कूल जान अवरोध पुग्छ अथवा मानसिक, सामाजिक र शारीरिक रूपमै बालबालिकालाई असर पुर्याउने नियमितका कामहरूमा यदि बालबालिका संलग्न हुन्छन् या संलग्न गराइन्छ भने त्यसलाई ‘बालश्रम’ भनिन्छ । बालश्रमले बालबालिकाको सुनौलो भविष्यका लागि आवश्यक शिक्षा तथा उसको प्राकृतिक विकासको अवसरबाट वञ्चित गराउँछ ।

कुनै पनि देशमा बालश्रमको अवस्था कायम हुनु उक्त देश अल्पविकासित हुनुको प्रतिविम्ब पनि हो । जसरी देशको विकासमा सबै नागरिकको भूमिका महत्वपूर्ण हुन्छ । बालबालिकाको भूमिका पनि त्यति नै महत्वपूर्ण हुन्छ । बालबालिका समाजका महत्वपूर्ण जनसंख्या हुन्, जो देश विकासमा आवश्यक जनशक्ति ९डाक्टर, इन्जिनियर, समाजसेवी, नेता, पाइलट।।।।० बन्न निर्विकल्प उर्जा हुन् । अनि वर्तमानका प्रतीक हुन् । उनीहरूको पहुँच श्रममा भन्दा शिक्षामा बढाउन सक्नुपर्छ । तर समाजमा यी सबै दृश्यको बेवास्ता गरिन्छ । अनि बालश्रमको समस्या दिनानुदिन चुलिँदै गइरहेको छ ।

किताब–कापी बोकेर विद्यालय जानुपर्ने बालबालिका जोखिमयुक्त काममा संलग्न हुँदा उनीहरूको चौतर्फी विकास अवरुद्ध हुने भएकाले संयुक्त राष्ट्र संघले कुनै पनि बालबालिकालाई श्रमिकका रूपमा प्रयोग हुन रोकेको छ । प्रथम विश्वयुद्धको समाप्तिसम्म पनि हालका अत्यन्त विकसित मुलुकहरूमा समेत बालबालिकाहरूलाई कृषिजन्य कार्यहरूमा, कल–कारखानाहरूमा तथा अधिकतम मात्रामा कोइला खानीको काममा लगाइन्थ्यो । उनीहरूलाई घरायसी कामकाजमा लगाउनु त सामान्य जस्तै थियो ।

सरदर उनीहरू १२ घण्टाभन्दा बढी समयसम्म काममा कजिन्थे । बालबालिकाहरूलाई यसरी जोखिमपूर्ण तरिकाले काम लगाउने कार्यलाई उतिबेलाको समाजले सामान्य रूपमा लिन्थ्यो । तर यस्ता कार्यले बालबालिकाको समग्र विकासमा गहिरो असर पारिरहेको तथ्यहरू सार्वजनिक हुँदै गएपछि बालश्रमविरुद्ध विश्वमा सामाजिक चेतनाका अभियानहरू सञ्चालन हुन थाले । संसारभर बालश्रमविरुद्धका कानुनहरू बन्न थालेपछि बालश्रम न्यूनीकरण गर्न मद्दत पुग्न थाल्यो । बालश्रमविरुद्धको दिवसको बाहनामा सामाजिक चेतना छर्न सबैको चासोसहितको जिम्मेवारी प्राप्त भयो ।

बालबालिकालाई काममा लगाउनु नेपालको सन्दर्भमा पनि कानुन विपरित मानिन्छ । नेपाल एउटा अल्पविकसित तथा विश्वमा गरीब राष्ट्रहरूको सूचीमा सूचीकृत देश त हो, तथापि हामी माया अनि सद्भावमा भने पक्कै गरीब छैनौ । बालबालिकाप्रति जिम्मेवार अनि बालश्रममुक्त समाज केवल कागज, स्टिकर, ब्यानर या प्रस्तावना–पत्रमा मात्र नभई समग्रमा सुखमय बालपनको स्वतन्त्रतासहितको बालबालिका भएका देशको सपना साकार बनाउन हामी सबैले आफ्नो ठाउँबाटै बालश्रममुक्त समाज निर्माणको प्रयास थाल्नुपर्छ ।
कमलको फूल जस्तै कैयन बालिकाहरू अझै पनि कमलरी जस्तो कु–प्रथामा बन्धक छन् । धेरै अझै हुन सक्छन् । समाजलाई यसबारे खबरदारी गर्न जरूरी छ । अनेक बहानामा आधुनिक दास बनाइएका त्यस्ता अबोध बालबालिकाहरूलाई छुटकारा दिनलाई तिनको जीवनमा शिक्षाको ज्योती फैलाउन सक्ने सार्मथ्य हामीमा छ त रु

आजको नेपाल शिक्षित नेपालीहरूको सभ्य देश हो । बालश्रमजन्य सेवाहरू र बस्तुहरू वहिष्कार गर्ने सामथ्र्य हामी सबैमा होस् । राज्यको संयन्त्र अनि प्रावधानमा बालश्रमविरोधी अनि बालसुलभ कार्य र संरक्षण अभियान प्रभावकारी रूपमा लागू होस् । श्रम र बालबालिका छुट्याएर समानताको लहर छाओस् । बालबालिकाहरूले सपनाका लागि काम गर्न पाउन् ।

दुई छाक खान नसक्ने परिवारका बाल सदस्यहरू श्रममा जानैपर्ने बाध्यता आखिर कहिलेसम्म रहन्छ त नेपालमा रु बालबालिका राज्यका दायित्व हुन् । फूलहरूले फक्रन पाउनुपर्छ । संसारभर आफ्नो योग्यताको रङ्ग छर्न पाउन् । स्राेत : हाम्राे पात्राे