Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

थप ३७५० जनामा कोरोना संक्रमण, ६७ जनाको मृत्यु

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर ३७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५९८ पीसीआर परीक्षणमा २७०९ जना र ५५८४ एन्टिजेन परीक्षणमा १०४१ जना गरी ३७५० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको छ । त्यस्तै ५२२५ जना संक्रमणमुक्त भएका छन् ।