Loading... आजः १९ पुष २०८२, शनिबार । Saturday 3rd January 2026
ताजा खबर
  

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठसहित)

सुर्खेत ।
कर्णाली प्रदेश सरकारले प्रदेश सभाको आठौ अधिवेशनको पाँचौ बैठकका प्रदेशको आगामी आ.व. २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश सभाको पाँचौ बैठकका कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रममा कोभिड १९ को नियन्त्रण तथा संक्रमितहरुको उपचार कार्यका लागि नीति तथा कार्यक्रम केन्द्रित रहेको छ । सुर्खेतमा ५ सय शैयाको कोरोना अस्पतालको स्थापना हुने नीति तथा कार्यक्रममा केन्द्रित छ । दुर्गममा रहेकाहरुमा जटिल लक्षण देखिएमा हवाईसेवाबाट उपचारका लागि उद्दार गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । कोरोना संक्रमितको उपचारमा संलग्नका लागि जोखिम भत्तादेखि निःशुल्क उपचारको व्यवस्था गरिने व्यवस्था नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रदेश अस्पताललाई विशेषज्ञ शिक्षण अस्पतालको रुपमा विकास गर्नका लागि आवश्यक सुदृढिकरण गरिने, घुम्ति शिविरहरु संचालन हुने, हरेक स्थानीय तहमा कम्तिमा १५ शैयाको अस्पताल निर्माणका लागि स्थानीय तहसँगको समन्वय गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
एक जिल्ला एक उद्यमलाई प्रमुखता दिने तथा युवा तथा लक्षित वर्गलाई होमस्टे संचालनदेखि उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने, मझौला उद्योगलाई प्रवद्र्धन गरिने पनि नीति तथा कार्यक्रममा समेटिएको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण र प्रतिस्पर्धात्मक बनाई प्राङगारिक कृषिलाई बृद्धि गर्ने नीति लिइने बताइएको छ ।

कर्णाली कला साहित्य प्रतिष्ठान गठन गर्नेदेखि सञ्चार माध्यमका लागि समानुपातिक लोककल्याणकारी विज्ञापन वितरण तथा प्रदेश आम सञ्चार प्रतिष्ठानको गठन गर्ने कुरालाई समेत नीति तथा कार्यक्रममा समेटिएको छ ।

कतिपय कार्यक्रमहरु दोहोरिएका पनि छन् तर समग्रमा कर्णाली प्रदेश सरकारले पुरानै शैलीमा नीति तथा कार्यक्रम ल्याएको छ । स्वास्थ्य, शिक्षा, रोजगारी र कर्णालीको जडिबुटीदेखि युवा उद्यमी समेतका कार्यक्रमहरु समेटेको छ ।

तर प्रतिपक्षका सांसदले भने कर्णाली प्रदेश सरकारको आ.व. २०७८/०७९ को नीति तथा कार्यक्रमलाई वायुमण्डलमा तैरिरहेको अनियन्त्रित वायुयानको संज्ञा दिनुभएको छ । कर्णाली प्रदेशका प्रदेश सभा सदस्य दल रावलले फेसबुक मार्फत यस्तो संज्ञा दिनु भएको हो ।