Loading... आजः २१ माघ २०८२, मंगलवार । Tuesday 3rd February 2026
ताजा खबर
  

अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

सुर्खेत ।
आनी छोइङ डोल्मा फाउण्डेशन र प्रारम्भ नामक संस्थाले कर्णाली प्रदेशका जिल्ला अस्पतालहरुका लागि २० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । आइतवार फाउण्डेशनका अध्यक्ष कलाकार आनी छोइङ डोल्मा र प्रारम्भ संस्थाका अध्यक्ष कल्पना क्षेत्रले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ती अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेका हुन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयको समन्वयमा जिल्ला अस्पताललाई दुई/दुई वटा र सुर्खेतको मेहेलकुना र चौरजहारी अस्पताल समेतलाई पुग्ने गरी अक्सिजन कन्सन्ट्रेटर । प्रदान गरिएको छ । फाउण्डेशनका संरक्षक आनी छोइङ डोल्माले ती कन्सन्ट्रेटर सम्बन्धित जिल्लामा पु¥याउन आग्रह गर्दै कोभिडको बेलामा विरामीको ज्यान बचाउन सहयोग पुग्ने बताइन् ।
प्रारम्भ संस्थाका अध्यक्ष कल्पना थापाले पहिलो पटक कर्णालीमा अक्सिजन कन्सन्ट्रेटर सहयोग प्रदान गरिएको जनाइन् । उनले अक्सिजनको अभाव भोग्ने अस्पताललाई विरामीको ज्यान बचाउन कन्सन्ट्रेटरबाट मद्दत मिल्ने बनाइन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुगम ठाउँमा अक्सिजन र रिफिल गर्न सहज हुने भएकोले दुर्गम जिल्लामा पु¥याइने प्रतिवद्धता जनाए ।
उनले अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेकोमा सामाजिक संस्थालाई धन्यवाद दिदैं कोभिड रोकथाम तथा नियन्त्रणमा सवैले महत्वपूर्ण सहयोग गरेको बताए । उनले प्रदेश सरकारले पनि स्वास्थ्य पूर्वाधारमा जोड दिएको उल्लेख गरे । प्रारम्भ संस्थाका निर्देशक बद्रीराज तिमिल्सेनाले संस्थााले पहिलो पटक कर्णालीमा सहयोग गरेको र सम्बन्धित जिल्लामा पुग्नेमा आशावादी रहेको बताए ।
२० वटा कन्सन्ट्रेटरमध्ये १० वटा १० लिटरका र १० वटा पाँच लिटर क्षमताका रहेका छन् । हस्तान्तरण कार्यक्रममा प्रारम्भ संस्थाका सदस्य सुनैना क्षेत्री, सामाजिक अभियन्ता यदु भट्टराई र युवा व्यवसायी मनोज पुरी, सुर्खेत उद्योग बािणज्य संघका महासचिव लक्ष्मण कँडेललगायतको उपस्थिति थियो ।