कविता – कष्मेटिक

मेरो देशका कच्च पदार्थ
कौडिको मुल्यमा
विश्व बजारमा जान्छ ।
प्रशोधित भई
सयौं गुण बढेर
मेरै देशमा आउछ ।
मेरो पुर्खाले
बस्तु विनियम गर्ने
थिति बसालेका थिए ।
भाडामा श्रम बेच्न
प्रदेश जादैन थे
आत्मनिर्भर थिए ।
भाडाका जङ्गे शाहीहरुले
मेरो देशको युवा
गोरखा रेजिमेन्ट
भाडामा श्रम बगाउने
प्रदेशको यात्रा
शुरु गराएका हुन् ।
त्यहि विप्रेषणबाट
आफु रमाए जङ्गहरु
योवन मै युवतीलाई
यौन तृप्ती नहुँदा
धुरु–धुरु रुवाए
जङ्गेहरुले
सामन्तबादको बेथितिलाई
थिति बसाल्न
प्रजातन्त्र प्राप्त गर्न
हजारौं हजार होनहार
शहिदहरुको साहदतले
मेरो देशमा
जनमतबाट शासन गर्ने
प्रजातन्त्र ल्याए ।
जनमतबाट विजय भएका
प्रजातन्त्रका पाखण्डहरुले,
युवालाई प्रदेशको भाडामा
श्रम गर्ने लाईसेन्स दिएर
बिप्रेषणबाट रमाएका छन् ।
आजकाल
शहर बजारका गल्लीहरुमा
कष्मेटिकका पसलहरु
धमाधम खुलिरहेका छन् ।
मेरो देशको कच्चा माल
प्रदेशबाट,
सयौं गुणा मूल्य बढेर
कष्मेटिक भई आउँछ ।
प्रदेश गएको युवाले
यौवनमै युवती
छोराछोरी बोर्डिङ्ग पढाउन
शहर बजार पु¥याछ ।
छोराछोरी पढ्न पठाएर,
बहुमुल्य पोषाकमा,
कस्मेटिकमा सजिएर,
युवाको श्रम लुट्न
युवती ढुकेर बसेका
शिक्षित भनाउँदा
नाठे सरोज्यहरुसंग
लठारिन्छे,
लाजै नमानी
मोटरबाईकमा
रंगिन मोवाईल समातेर
हुकिन्छे ।
होटलको खर्च
बुझाउछे युवती,
कोठामा पुगि
आफ्नो खसमसंग
मोवाईलमा खर्च मागमा माया विछ्याउछे ।
नेपालको पानी बगेर खेर गएजस्तै
युवाको श्रम बगिरहेछ ।
युवा प्रदेश भाडामा
श्रम पोख्न पठाएर
जनमत लिएको
राज्य चलाउने नेता
समृद्धिको नारा ओराल्दै
लाजै नमानी
मिडियामा बर्बराउछ ।
सामन्त झै ढलमलिन्छ ।
युवती तिम्रो
सुन्तरतामा सजिने
मानव अधिकार हो,
युवालाई प्रदेश पठाएर,
स्वदेशमा श्रम नबगाई
शुन्दर भई लाठेसंग
लठारिने
मानव अधिकार हो ?
युवाले पठाएको,
विप्रेषण लाजै नमानी खाने
नेताको मानव अधिकार हो ?
युवालाई श्रम पोख्न
अत्य गरेर
आत्मनिर्भर हुन स्वदेशमै
श्रम पोख्न पाउने
यौवनमै युवती
रंगिन पोशाष
कस्मेटिकमा सजिएर
मोवाई घन्काउँदै
श्रीमानसंग
शहर बजार घुम्ने
मोटरबाईका रमाउने
तब नि
तिम्रो मानव अधिकार हो ?
(बिप्रेषण ः युवाले विदेशबाट कमाएर पठाएको श्रम कर)






