Loading... आजः १० फाल्गुन २०८२, आईतवार । Sunday 22nd February 2026
ताजा खबर
  

पूर्वमन्त्री र जिल्ला सभापति महाधिवेशन प्रतिनिधिमा पराजित

सुर्खेत ।

काँग्रेस १४ औं महाधिवेशन अन्तरगत सुर्खेत निर्वाचन क्षेत्र नं २ बाट पूर्वमन्त्री शिवराज जोशी र पूर्वराज्यमन्त्री खड्गबहादुर बस्याल महाधिवेशन प्रतिनिधिमा पराजित भएका  छन्   । पूर्व मन्त्री जोशीले तीन सय १० मत मात्रै पाएका छन् ।

त्यस्तै केन्द्रीय महाधिवेशनमा दलिततर्फ उम्मेदवार बनेका बस्यालले तीन सय दुई मत मात्रै पाएका छन् ।

यस्तै काँग्रेस सुर्खेतका जिल्ला सभापति कमलराज रेग्मी  पनि महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् ।

रेग्मी  १४ औं महाधिवेशन अन्तरगत सुर्खेत निर्वाचन क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिमै पराजित भएका हुन् । उनले तीन सय २० मत मात्रै पाएका छन् । उनले सभापतिमा दोहोरिने तयारी गरेका थिए । जिल्ला सभापति रेग्मी, पूर्वमन्त्री जोशी र बस्याल वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन् ।

सुर्खेतमा वडा तहदेखि नै संस्थापन समूह (देउवा) पक्ष बलिलो बनेको छ । दुवै निर्वाचन क्षेत्रको कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा संस्थापन समूह (देउवा) पक्षले जितेको छ ।