Loading... आजः २२ माघ २०८२, बुधबार । Wednesday 4th February 2026
ताजा खबर
  

काँग्रेसको कर्णाली प्रदेश सभापतिमा ललित शाही विजयी

देउवा पक्षकै बर्चश्व

सुर्खेत ।

नेपाली काँग्रेसको कर्णाली प्रदेश प्रथम अधिवेशन अन्तरगत प्रदेश कार्यसमिति पदाधिकारी नतिजा सार्वजनिक भएकाे छ । प्रदेश सभापतिमा जुम्लाका ललितजंग शाही यसअघि नै ४२२ मत ल्याएर विजयी भएका थिए । बाँकी पदाधिकारीकाे नतिजा भने सार्वजनिक भएकाे थिएन ।

पदाधिकारीकाे सार्वजनिक मत परिणाम अनुसार उप-सभापितमा कालिबहादुर सहकारीले ४९७ र सनतकुमार कार्कीले  ४४३ मत ल्याएर विजयी भएका छन् । यस्तै महामन्त्रीमा निरञ्जन केसीले ४२५ र कृष्ण राेकायले ४२३ मत ल्याए ।

सह-महामन्त्रीमा उपेन्द्रबहादुर थापाले ४३० र एकराज डाँगी ४५९ मत ल्याएर विजयी भएका छन् । सह-महामन्त्री महिला पदमा रामछायाँकुमारी शाहीले ४२४ मत ल्याएकी छन् ।  विजयी सबै संस्थापन पक्षका हुन् । सदस्यहरूकाे मत गणना भने जारी रहेकाे निर्वाचन समितिले जनाएकाे छ ।

कति मतले विजयी भयो देउवा समूह ?

 नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कर्णालीमा भएको चिर्वाचनमा उपसभापतिमा देउवा समूहनै विजयी भएको छ । देउवा समूहबाट कालीबहादुर सहकारी र सनत कुमार कार्की विजयी भएका हुन् । उपसभापति सहकारीले ४५६ र सनत कुमार कार्कीले ४४३ मत प्राप्त गरेका छन्  ।

यस्तै महामन्त्रीमा निरञ्जन कुमार केसी र कृष्ण बहादुर रोकाय विजयी भएका छन्  । निर्वाचन समितिका अनुसार, केसीले ४२५ र रोकायले ४२३ मत प्राप्त गरेका छन्  ।

महामन्त्रीका प्रतिस्पर्धी कृष्ण कुमार विसीले ३१४ र खगेन्द्र बहादुर मल्लले २८२ मत प्राप्त गरेर पराजित भएका छन्  । भने ४ सय ३० मत ल्याएर सहमहामन्त्रीमा उपेन्द्र थापा विजयी भएका छन् ।

अर्का सहमहामन्त्रीमा ४ सय ५९ मत ल्याएर एकराज डाँगी विजयी भएका छन्  । यस्तै सहमहामन्त्री महिलातर्फबाट रामछायाँ शाहीले ४ सय २४ मत प्राप्त गरेर विजयी भएकी छन्  । यसअघि सार्वजनिक भएको मत परिणाम अनुसार, सभापतिका लागि ललितजंग शाहीले  ४ सय २२ मत ल्याएर विजयी भएका छन्  । अन्य सदस्य पदाधिकारीको भने सार्वजनिक हुन बाँकी छ ।