Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

“मनकली” को मन भित्र विचरण गर्दा : भारती गाैतम

       उपरोक्त हरफहरु कुनै दर्शनको पुस्तकवाट उधृत गरिएका हैनन्। कुनै अध्यात्मिक प्रवचनको अंश पनि हैन। यी हरफहरु भर्खरै हात परेको  मनकलीउपन्यास मा  त्यही नाम गरेकी नायिकाको अभिव्यक्ति हुन् ।  मुक्तक, गीत आदी साहित्यका अन्य विधामा खारिईसकेको विमला अधिकारी देवकोटाको कलम बाट जन्मिएको मनकली ”  हाम्रो समाजका महिलाहरुको जीवनलाई थुप्रै दृष्टीकोणबाट प्रतिविम्वित गर्न सक्षम छ।

पुस्तकको लेखकीय पढे पछि बादल उघ्रिएको आकास जस्तै लाग्छ। लेखिका को जीवन भित्र धेरै पटक मनकली भेट्न सकिने रहेछ । त्यसैगरी मनकली भित्र लेखिका।

"मनकली" को मन भित्र विचरण गर्दा  : भारती गाैतम

मनकलीको मन को सतह नाघेर जति भित्रिदै जान्छौं त्यति नै त्यो जीवन्त हुन्छ। पुस्तक भित्र पस्न थालिसके पछि उपन्यासकार नै मनकलीअर्थात मनकलीनै उपन्यासकार जस्तो अनुभुति धेरै पटक हुन्छ। लेखनको सफलताको महत्वपूर्ण कसी पनि त्यही मान्न सकिन्छ। उपन्यास कीमनकलीर यसको स्रष्टा विमला अधिकारी देवकोटाको जीवन लाई एकै ठाउँमा राखेर अध्ययन गर्न थाल्यौं भने धेरैठाउँमा ती कथाहरुको जम्का भेट हुन सक्ने तथ्य पुस्तकको लेखकीय पढे पछि बादल उघ्रिएको आकास जस्तै लाग्छ। लेखिका को जीवन भित्र धेरै पटक मनकली भेट्न सकिने रहेछ । त्यसैगरी मनकली भित्र लेखिका।

आगाेलाई छोयो भने पोल्छसुन्नु र   आगाेमा औंलो परिसके पछि त्यसको वारेमा बाेल्नुउस्तै हुंदैन।

       प्रविधि अनि आधुनिकताका अन्य उत्कृष्टता ले मानवीय जीवनका हरेक पक्षहरु प्रभावित भईसके पछि त्यहाको समाज पनि त्यही अनुरुप रुपान्तरित भएको हुन्छ। रुपान्तरित समाजमा कतिपय मान्यता र मूल्यहरु पनि बद्लिन थालेका  हुन्छन्।  विश्व सांघुरिदै अनि सजिलिदै गए पछिका समस्याहरु एवं मान्यताहरु त्यसअघिका मान्यता र समस्याहरु स्वभावतः उस्तै हुदैनन् । परिमार्जित समाजका  समस्या पनि परिमार्जित ।  मनकली उपन्यास ले  हाम्रो समाजका महिलाहरुको आन्तरिक वेदनालाई वर्तमान परिप्रेक्ष्यमा प्रस्तुत गरेको छ। मनकलीले सामना गर्नु परेका समस्या, उनको मानसिक अवस्था अनि ती सवैको समाधान का प्रयासहरु मनकलीका हजुरआमाहरुको भन्दा पक्कै फरक छन्। तर सजिला भने कदापी छैनन्। 

उपन्यास  विधामा महिलाहरुले कलम चलाउन आरम्भ गरे देखि वर्तमान समय सम्म का महिला द्वारा लिखित प्राय जसो उपन्यासहरु आफैंवरीपरी अर्थात कुनै न कुनै रुपले नारी जीवन वरीपरी नै केन्द्रित पाईन्छ। यो अस्वाभावीक पनि हैन ।  यस अघि पुरुष वर्ग द्वारा सिर्जित उपन्यासहरुमा महिला विषय वस्तुले स्थान पाएको थिएन भन्न त मिल्दैन। तर पुरुष लेखकले  लेखनको विषय वनाईएका  महिला र महिला लेखकले लेख्ने गरेका महिला उस्तै उस्तै लागे पनि उहि होईन। आगालाई छोयो भने पोल्छसुन्नु र   आगाेमा औंलो परिसके पछि त्यसको वारेमा बाेल्नुउस्तै हुँदैन।

        पुरुष सर्जक ले प्रस्तुत गरेका नारी को जीवन र व्यक्तित्व नारी सर्जकले प्रस्तुत गर्ने गरेका नारीको चित्रण  पाखामा फक्रिएको गुराँस र  गमलामा फुलाएको गुराँस जस्तै भन्न सकिन्छ। त्यसमा केहि अपवाद पक्कै भेटिएलान् । पाखामा फुलेको गुराँस नदेखुन्जेल सम्मको लागि मात्र  गमलामा फुलेको गुराँस पूर्ण प्राकृतिक लाग्छ । गजल, कविता, काव्य, महाकाव्य, पुराणहरुले व्याख्या गरेका सुन्दर,सहनशील, सुशील एवं नाजुक नारी भित्रको वास्तवीक मानव अनुभुति पुरुष स्रष्टावाट यदाकदा प्रस्तुत भएकै भए पनि कोठा भित्र फक्रिएको गुरांस जस्तै मात्रै हुन पुग्छ।

प्रस्तुत मनकलीउपन्यास पनि महिला जीवनको सेरोफेरोमा सिर्जित छ।  त्यो अर्थमा यसलाई पनि महिलामुखी भन्न मिल्छ। यसो भए पछि  स्वभावत यो उपन्यास नारीवादीभयो। 

       नारी सर्जकवाट जन्मिएका नारीजीवन मुखी लेखनले नारीवादीउपनाम को अपजस सधैं ओढ्नु पर्दाको दृष्टिकोण पछाडी पनि शायद त्यस्तै भ्रामक तथ्य होलान्। कुनै पनि नारी स्रष्टाले आफ्नै जीवन ऐनालाई जस्ताको तस्तै समाज सामु प्रस्तुत गर्नु मात्र पनि समाजको अर्को वर्गको दृष्टीमा कट्टर नारीवादीअभिव्यक्ति ठहरिएको हुनसक्छ। पुरुष  वर्गले अर्को आधा अंग अर्थात नारीहरुको आवरण मात्र अध्ययन गर्ने गरेको ले नारी लेखकले वांचेको जीवन का कथाहरुले अतिशयोक्ति पूर्ण , अतिवादी अर्थात उग्र नारीवादिको उपाधि वोक्नु परेको अनुमान गर्न सकिन्छ।  महिला स्रष्टाहरुले आफ्ना पात्रहरुका जीवन भित्र पसेर उनीहरुकै पैतालावाट समाज कुल्चिएर अनुभुत गरेका कथा र व्यथा अविरल सुनाउन थालेपछि त्यस्ता लेखनहरु  अतिशयोक्ति वाट स्वाभावीक सम्म आईपुग्ने संकेत भने पाउन थालिसकेिएको छ।

तर लैंगिक असमानता भन्दा पनि यो उपन्यास मा आर्थिक विषमता को असर वढी पाईन्छ। नारी माथि भएका ज्यादती नै यसको प्रमुख विषय वस्तु भए पनि ज्यादती को विजारोपण आर्थिक असमानतावाट भएको देखिन्छ।

       विश्व प्रसिद्द लेखिकाहरु जेन अस्टिन, भर्जीनीया उल्फ, माया एन्जेलो, टोनी मोरीसन् अनि अमृता प्रितम , अरुन्धती राय सम्म ले कतिपय आफ्ना लेखनको केन्द्र विन्दु महिला जीवनलाई नै वनाएका छन्। त्यस्तै नेपाली  महिला लेखन ईतिहास का चर्चित स्रष्टाहरुका  धेरैजसो उपन्यासहरु पनि नारीजीवन मा नै केन्द्रित पाईन्छन्। पारिजातको शिरीषको फूल, वानिरा गिरि को कारागार देखि लिएर गीता केशरी,भागीरथी श्रेष्ठ , विन्द्या सुव्वा , पद्मावती सिंह , सीता पाण्डे, ईन्दिरा प्रसाई अनि  वर्तमान समयमा मनीषा गौचन, सरस्वती प्रतिष्ठा, निलम कार्की आदीले पनि आफ्ना सिर्जनामा नारी  जीवनका विविध पक्ष समेटेको पाईएको छ।

       प्रस्तुत मनकलीउपन्यास पनि महिला जीवनको सेरोफेरोमा सिर्जित छ।  त्यो अर्थमा यसलाई पनि महिलामुखी भन्न मिल्छ। यसो भए पछि  स्वभावत यो उपन्यास नारीवादीभयो।  नारी पात्रहरु मार्फत नारीहरुको  भावना एवं अनुभूतिका वास्तविक पात्रहरु जति उघारिदै जान्छन् ,परापूर्व काल देखि समाजले नजर अन्दाज गरेका तर त्यही समाजले निर्माण गरेका नमीठा पक्षहरु प्रस्फुटन हुंदै जान्छन् । अनमेल विवाह, नारीहरु माथिको शारीरिक एवं मानसिक   शोषण, हत्या, हिंसा, आदी लैंगिक विषमता का चरम उदाहरणहरु सँग साक्षात्कार हुन समाज जति भयभित छ नारी जीवनका ती पात्रहरु त्यति नै उघारिदै जाने तथ्य मनकलीउपन्यासमा पनि भेट्न सकिन्छ। तर लैंगिक असमानता भन्दा पनि यो उपन्यास मा आर्थिक विषमता को असर वढी पाईन्छ। नारी माथि भएका ज्यादती नै यसको प्रमुख विषय वस्तु भए पनि ज्यादती को विजारोपण आर्थिक असमानतावाट भएको देखिन्छ।

मनकलीले हाम्रो समाजका मान्यता, परम्परा, आस्था, बाट निर्मित संस्कारलाई विभिन्न दृष्टिकोणवाट विश्लेषण गरेको छ। हाम्रो समाजमा नारीजाति प्रति हुने शोषण, अन्याय अनि ज्यादतिलाई विभिन्न माध्यम बाट औंल्याएको छ।   समाजका ती सवै नकारात्मक मान्यताहरुको जरा समेत खोस्रिएको छ। रुपा र मनकली को जीवनको वरीपरी सिर्जित अन्य पात्रहरु मार्फत पनि समाजको चित्र पूर्ण पारिएको छ।

       एउटै समाजमा , एउटै गाँउ अनि एउटै छिमेकमा उस्तै उस्तै देखिने जीवन पनि फुसले छाएको छानु र सिमेन्टको ढलानको छानु को फरक जस्तै वेग्लै हुने विडम्वना  यो उपन्यास मा पाईन्छ। दुवै प्रकारका घरको चर खन्दा सम्म उस्तै उस्तै लागे पनि उपन्यासकी नायिका मनकली एवं कथाकी सुत्राधार रुपाको जीवन ती दुई प्रकारका घर जस्तै   बेग्लै छ। आर्थिक सम्पन्नता र विपन्नता ले जीवनको आर्थिक पक्ष मात्र नभएर शैक्षिक, वौद्दिक, मानसीक सवै पक्षमा असर पार्छ भन्ने तथ्य  यो उपन्यासका पात्रहरुको जीवन पढेर थाहा पाउछौं। थैली जति दुव्लो हुन्छ त्यति नै वौद्दिक घेरा पनि सांघुरिदै जान्छ। त्यही सांघुरो घेरा भित्रबाट लिईएका निर्णय ले जीवन फेरि त्यहि चक्रमा अल्झिन्छ । त्यस्तो  गरिवीको चक्रवाट बहिरीन पुस्तौं लाग्ने सामाजिक तथ्य पनि यो उपन्यास भित्र पाउन सकिन्छ।

       नारीको जीवनमा केन्द्रित लेखन सवै पुरुष विरोधी हुन्छन् भन्ने आम धारणा को विपरित मनकलीउपन्यास ले पुरुष प्रवृत्ति एवं परम्परा का पनि बेग्ला बग्लै दृष्टिकोण प्रस्तुत गरेको छ।  उपन्यास की नायिका मनकली को जीवन  समाजले अनि पुरुषले उ्तरदायित्व लिन नसकेको एउटा नारी जीवनको यथार्थ चित्रण हुँदाहुँदै पनि महिलामुखी अन्य उपन्यासमा जस्तो  महिला का सवै दुःख र समस्याको उत्तरदायी  पुरुष वर्ग लाई मात्र मानेको छैन। हाम्रो समाज मा भएका लैंगिक, जातिय, वर्गीय,एवं वर्णीय भेद भन्दा पनि आर्थिक भेद सवै भन्दा विषालु भेद काे पुष्टी  मनकलीमा पाईन्छ।

उपन्यासका दुई प्रमुख पात्रहरु मनकली र रुपाको जीवनका पुरुष अनि परिवार दुवैको समझदारीको भेद उनीहरुको आर्थिक अवस्थाको भेदकै अनुपातको जस्तो लाग्छ।

म आफूलाई भाग्यमानी ठान्थें। माईती र घर लगभग एकै किसिमको पाएकी थिंए (६०)

मेरो अवस्थालाई मेरो श्रीमानले राम्रो सँग वुझ्नु भएको थियो। उहाँको यही मायाले मेरो जीवन विस्तारै लयमा फर्किन थालेको थियो।

मलाई हिड्नमा आनन्द आउछ भन्ने कुरा उहाँलाई राम्रो सँग थाहा थियो“(६९)

       उपन्यासकी सुत्राधार रुपाको दाम्पत्य जीवनमा  पति अनि उनका परिवारको व्यवहार जति समझदारीपूर्ण छ प्रमुख नायिका मनकलीको जीवन त्यसको विपरित छ।

सासु र नन्दहरुलाई काम गर्ने मान्छे मात्रै चाहिएको थियो भने लोग्नेलाई सुत्नको लागि ओछ्यान। त्यो भन्दा माथिको हैसियत मैले यो घरमा पाउन सकिनँ” (८७)

लोग्नेलाई मेरो पिडा, मेरो चोट सँग केही सरोकार थिएन, बस् आफ्नु चाहना पुरा गर्न पाए पुग्थ्यो“(७९)

मेसीन जसरी दैनिक अठार घन्टा काम गर्दा पनि मैले परिवार रिझाउन सकिन” (८७)

       यसरी एउटै आँगनमा  खेलेर एउटै गाउँमा हुर्किएका एउटै विद्यालयमा अध्ययन गरेका अनि उस्तै सपना देखेका दुईजना महिलाको जीवनका हरेक पक्षमा आईपरेका सन्दर्भहरु वीचको पर्खाल को आरम्भ आर्थिक असमानता बाट नै भएको भन्न सकिन्छ।

       बाबु आमा दुवै नै शिक्षित अनि शिक्षक समेत भएको घरमा हुर्किएकी रुपा र अर्काको जग्गा कमाएर जिविका चलाउने अनि शिक्षाको उज्यालो छर्ने अवसर नपाएका बाबु आमाको घरमा हुर्किएकी  मनकलीको जीवन समानान्तर धारमा वग्नुको जग आर्थिक विपन्नताबाटै स्थापित भएको वुझिन्छ। थुप्रै भाइ बहिनी, दिदीका छोरा समेत को हेरचाह अनि आमाबाबुको सहयोगी हुनु परेर पढाई विग्रिन थाले पछि आमा बाबुकै निर्णयमा धेरै खर्च पनि नगरी फेर समात्नु परेको आफूभन्दा धेरै पाको पति बाट, उसको परिवार बाट प्रताडित मनकली को जीवनमा एक पछि अर्को गर्दै विपत्ति र वेदनाको भेल बगेको पाईन्छ।  बालककालका केही वर्ष वाहेक मनकलीको जीवन पहिरो जान थालेको पाखो जस्तै कष्टकै ओरालो झरेको छ । अर्काको जग्गामा गुजारा चलाउनु पर्ने, धेरै भाई वहिनी, अशिक्षित वावु आमा ले जग हालेको उसको जीँवन  पनि  ईलम नभएको अनि कुलतमा फसेको पतिको क्रुरता वाट निर्माण हुन्छ। सासु र नन्दहरुको मानसिक यातना, शारिरीक शोषण  ले पनि मनकलीको जीवनलाई नारकीय बनाउन प्रसस्त  सहयोग पुर्याएको देखिन्छ। कुलतमा लागेको पतिको तिरस्कार, शारीरिक शोषण, मानसिक प्रताडना संवेदनशीलहिनता ले मनकलीको जीवन मर्न नसकेर सास मात्रै फेरिरहेको स्थितिमा पुग्छ।

        बल्ल बल्ल सग्लो जन्मिएर वढ्दै गरेका छोराछोरीको भविष्य वनाउन उनीहरुलाई नै छोडेर विदेश गएर पनि मनकलीको जीवनमा सन्तोष र सुखको किरण छिर्न सक्तैन। छोराछोरीको पढाईको लागि पठाएको पैसा समेतको दुरुपयोग भएको थाहा पाए पछि त्यो परिवार अनि पतिबाट पाउने सन्ताेष र सुखका सबै ढोका वन्द स्वीकारेर मनकली घर छोडेर निस्किन समेत   वाध्य भएकी  छन् । जीवनले दिन सक्ने सवै प्रकारका प्रताडना को चुनौति नाघेर मनकली ले आफूलाई सन्ताेषको आँगन सम्म पुर्याएकी छन् । सुखको घर भित्र भने अझै पस्न सकेकी छैनन्।

       उता मनकली को अन्तरंग साथी भएर युवाअवस्थामा हातेमालो गरेर हिड्ने रुपाको जीवन तुलनात्मक रुपमा धेरै सन्ताेषमय छ । प्रकृति र नियतिले दिएको चोट बाहेक रुपाले थप खराव परिस्थितिको सामना गर्नु परेको पाईदैन। परिवारको समझदारी पूर्ण सहयोगी व्यवहारले अनि पतिको सुमधुर साथले रुपाको जीवन मनकलीको जीवन जस्तो अलिकति पनि छैन।  शिक्षित आमा बाबु, सानु परिवार भित्र शिक्षाको अवसर पाएकी रुपा आफैले रोजेको जीवन साथी सँग सन्ताेषमय जीवन विताउदै छन्। मनकलीका पति घनश्याम र रुपाका पति जनक को चरित्र, आचरण अनि व्यवहार वीचको अन्तर पनि मनकली र रुपाको जीवन वीचको अन्तर जतिनै गहिरो छ।

            “मनकलीले हाम्रो समाजका मान्यता, परम्परा, आस्था, बाट निर्मित संस्कारलाई विभिन्न दृष्टिकोणवाट विश्लेषण गरेको छ। हाम्रो समाजमा नारीजाति प्रति हुने शोषण, अन्याय अनि ज्यादतिलाई विभिन्न माध्यम बाट औंल्याएको छ।   समाजका ती सवै नकारात्मक मान्यताहरुको जरा समेत खोस्रिएको छ। रुपा र मनकली को जीवनको वरीपरी सिर्जित अन्य पात्रहरु मार्फत पनि समाजको चित्र पूर्ण पारिएको छ।

     विपन्न घरमा जन्मिएका महिलाहरु नजानिदो रुपले आफ्ना आमा हजुरआमाहरुको जीवनसँग समाहित हुन पुग्छन् भन्ने सामाजिक तथ्य यहाँ देख्न सकिन्छ। मनकलीको जीवन मार्फत पाठकले नेपालको सिमित शहरी अनि शिक्षित वातावरण पाएका भाग्यमानी नारीहरुको र ती सवै बाट बन्चित अधिकांश  कम भाग्यमानी नारीहरुको जीवनको फरक थाहा पाउछौं। पति र परिवारको प्राताडना को निकास अनि छोराछोरीको भविष्य निर्माण को सपना बाेकेर सिमाना नाघ्न वाध्य ठूलो संख्याका नेपाली नारीहरुको कथा पनि मनकलीको कथाले भनेको छ। अरु थुप्रै विवस नारीहरु जस्तै उज्यालो भोलिको सपना बाेकेर मनकली पनि ईजरायल पुग्छे । सिमाना नाघेर सुनौलो सपना च्यापेर सम्पन्न शहर टेक्तैमा सम्पूर्ण समस्या निचोरेको पिलो हुन सक्ने मनकली को विश्वास भांचिएको छ।  मनकलीले जस्तै ईजरायल पुगेर हण्डर खाएका नारीहरुको कथा धेरै बाहिरिएको पनि हुँदैन। छोराछोरीको अनि आफ्नो सजिलो भविष्यको कल्पना र योजनाले संचित सम्पत्ति आफ्नैबाट स्वाहा भएको विडम्वना पनि मनकलीको मात्र हैन।

जसको भविष्य वनाउने सपना लिएर विदेश गएँ आज उनीहरुले नै चिनेनन्“(१५५)

छोराछोरीको भविष्य निर्माणका लागि उनीहरुबाट खोसिएको वर्तमान पनि अहिलेको हाम्रो समाजको यथार्थ भएको छ। दिन र रात नभनी विदेशी भूमीमा वगेका पसिनाको मर्म वुझ्न समर्थ नभएको समाजलाई यता वाट कल्पना गरेको उता र उता पुगेर भेट्टिएको उता उस्तै हैन भन्ने पनि मनकलीले वताएको छ।

विदेश गए पछि त देशको माया धेरै लाग्ने रहेछ, आफन्तहरुको याद आउने रहेछ (१६१)

उताको सुख र सम्पन्नतामा भुलेेर आफ्नो मुलुक र आफ्नालाई भुसुक्कै विर्सिएको ठान्ने अनि घरको संघार कहिल्यै ननाघेकाहरुका  लागि  मनकली एउटा शिक्षक वनेको छ।

            “मनकलीउपन्यासले हाम्रो समाजको सवै पक्षको चित्रण गरेको हुँदा यसलाई सामाजिक उपन्यास भन्न पनि सकिन्छ। यहाँका दुईजना प्रमुख नारी पात्रहरुको जीवन पुस्तकलाई जति पढ्दै जान्छौं त्यति नै  समग्र रुपमा समाज पनि पढ्न सक्छौं। स्थानीय बाेलीचालीको प्रयोग, सरल अनि सरस भाषासमेत ले  यो उपन्यास आम पाठकको लागि सहज छ ।  छोटा वाक्य, साना परिच्छेद अनि प्रष्ट अभिव्यक्तिले मनकलीउपन्यासलाई निकै पठनीय बनाएको छ। स्थानीय परम्परा, रिति रिवाज एवं चाडपर्वहरुको पनि उचित ठाउँमा आवश्यक उल्लेख गरिएको छ । यो सवैले कथानकलाई यथार्थको नजीक पुर्याएको छ। सरल भाषाको मनकलीभित्र पस्तै जाँदा जीवन दर्शन, केहि आध्यात्मिकता पनि भेटिन्छ।  लेखनमा विम्वहरुको उचित प्रयोग पनि छुटेको छैन। समग्रमा भन्नु पर्दा मनकलीउपन्यास पठनीय छ।

       नेपाली साहित्यमा बाढी जस्तै निस्किन थालेका उपन्यासहरु मध्ये मनकली”  आफ्नो बेग्लै धार वनाएर उभिन सक्छ भन्ने विश्वास लागेको छ। नेपाली समाजको अलिक बग्लै पक्षलाई यसले उघारेको छ। लेखकको पहिलो प्रयास नै पनि सह्रानिय छ।  यस भित्र पस्ने पाठकले आफूलाई उपन्यासकै अभिन्न अंग ठान्न सफल समेत हुनेछ। मनकलीले अधिकतम पाठकको मन जित्न सफल होस् ।  मनकलीजस्ता थुप्रै थुप्रै उपन्यासहरु सिर्जना गर्ने उर्जा लेखीकालाई प्राप्त होस् । धेरै धेरै शुभकामना। नेपाल कुरा