Loading... आजः १० आश्विन २०८३, शनिबार । Saturday 26th September 2026

आचार संहिता पालना गराउँदै कर्णाली सम्वाद समूह

सुर्खेत ।
आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै कर्णाली सम्वाद समूह आचार संहिताको पालना गराउने कार्यक्रममा सक्रिय भएको छ ।


केही दिन अघि मात्र राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग सम्वाद गरी उनीहरुलाई आचार संहिताको पालना गराउने प्रतिवद्धता गराएको सम्वाद समूहले पछिल्लो समयमा पत्रकारहरुसँग पनि अन्तरक्रिया गर्दै आचार संहिताको पालना गर्ने तथा गराउने कार्यमा सक्रिय भएको छ ।

यसै क्रममा सुर्खेत जिल्ला स्थानीय मिडियामा कार्यरत पत्रकारहरु सँग एक अनतरक्रिया कार्यक्रमको आयोजना गरी आचार संहिताको बारेमा जानकारी दिँदै पत्रकारहरुले निर्वाचनको समयमा खेल्नु पर्ने भूमिकाको बारेमा छलफल गरेको छ । जसमा सहजकर्ता देवेन्द्र सेजुवालले भने, हामी सबैले आसन्न स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, भयरहित रुपमा सम्पन्न गराउन आग्रह गरे ।
विगत तीन वर्षदेखि सम्वाद समूहले विवादित सवालहरुमा समन्वयकारी भूमिका निर्वाह गर्दै आइरहेको छ ।