Loading... आजः २६ श्रावण २०८३, मंगलवार । Tuesday 11th August 2026

बाहुनहरुले देश खतम पारे, कोही छ बचाउने ?

नेपालको वर्तमान इतिहास हेर्ने हो भने गोवंशदेखिको इतिहासलाई कोट्याउनै पर्दछ । गोवंशदेखि महिषपालवंश हुँदै किराँतवंशसम्म आउने बेलामा पनि नेपालको इतिहासमा कलियुगको प्रभाव खासै परेको थिएन । त्यसपछि मल्लकाल हुँदै जब शाहवंशको पालामा नेपालमा राजनीतिक इतिहास निर्माण हुन थाल्यो तब कलिको प्रभाव देखिन थाल्यो । गोवंशदेखि चलिआएका नराम्रा चलनहरुलाई हटाउने कार्य भनेको प्रगतिशील कार्यहरु थिए चाहे त्यो सति प्रथा होस् या पछिल्लो समयमा कमैया, हलिया, चरिया प्रथा होस् । अहिले पनि समाजमा व्याप्त रुपमा रहेको जातीय प्रथा भन्दा पनि छुवाछुतको भेदभाव हटाउने प्रयास भइरहेको छ । यो आफैमा समाजका लागि सुन्दर पक्ष हो ।

खगेन्द्र अधिकारी ‘अमृत’

पृथ्वीनारायण शाहले एकिकरण गरेपछि बहादुर शाहले पूर्णता दिएको विशाल नेपाललाई जोगाइराख्न नसक्नेहरुले आज पृथ्वीनारायणलाई नै दोष दिएर आफूहरु पानी माथिको ओभानो बन्ने कोसिस गरिरहेका छन् । शाहवंशले देशमा शासन चलाइरहेका बेलामा उनीहरुकै कमजोरीका कारण राणाहरु दरबार पसेका हुन् । राणाहरुले आफ्नो बाहुल्यता जमाएपछि शाहहरु कमजोर बन्दै गए । तर राणाहरुमा पनि सत्ताको स्वादको कारण जुन आन्तरिक विरोध भयो त्यसको फलस्वरुप देशमा प्रजातन्त्रको उदय भएको थियो । राणाहरुले सत्ताको स्वादका पछाडि भन्दा पनि विधिको शासनमा विश्वास गरेर त्यसै अनुरुप अगाडि बढेको भए देशमा प्रजातन्त्र आउथ्यो वा आउथेन यसै भन्न सकिदैन । विश्वका कयौं देशहरुमा अहिलेपनि प्रजातन्त्र छैन । तर ती देश सम्पन्न छन् र त्यहाँका जनता सुखी र खुसी छन् । प्रजातन्त्रले वा लोकतन्त्रले वा गणतन्त्रले मात्र जनतालाई सुख र खुसी दिन सक्दैन भने देशलाई समृद्ध बनाउन सक्दैन ।

देशमा प्रजातन्त्रको उदयका लागि लडिएको लडाईको नेतृत्व विश्वेश्वर प्रसाद कोइरालाले गरे । उनी बाहुन कूलका थिए । देशमा प्रजातन्त्र स्थापना गरी जनतालाई राणा शासनको दासत्वबाट मुक्त गराउने कार्यमा उनले जुन भूमिका खेले त्यसको लागि नै उनी नेपाली राजनीतिका अगुवा भएका हुन् । तर काँग्रेस भित्र भएको आन्तरिक द्वन्द्वकै कारण २००७ सालमा स्थापना भएको प्रजातन्त्रले यूवा अवस्थामा पाइला टेक्न नपाउँदै मृत्युवरण गर्नु प¥यो । त्यसको प्रमुख दोषि काँग्रेस नै हो । त्यसपछिको पञ्चायत र पञ्चायती शासन व्यवस्थाका अन्तिम राजा श्री ५ वीरेन्द्रको उदारताका कारण २०४७ सालमा प्रजातन्त्रको पुनस्र्थापना भएको हो । २०४६ सालको जनआन्दोलनमा जनताको जिउधनको क्षति हुन नदिने अभियानमै संलग्न हुने राजा वीरेन्द्रको उदारताको फाइदा उठाउँदै उल्टै उनको वंशनाश गरियो । यो देशमा साँच्चिकै सति सराप छ ।

प्रजातन्त्रको पुनस्र्थापना पश्चात यो देश पूर्ण रुपमा बाहुनहरुको हातमा गयो । बाहुनको कूलमा जन्मेर विधा हालिस गरी ब्राह्मणत्व प्राप्त गर्ने र देशको शासन व्यवस्थामा बाधा व्यवधान आउन नदिन सल्लाहकारको रुपमा गुरुको स्थानमा बस्नेहरु देशको शासन सत्ता चलाउन थालेपछि यो वा त्यो जुनसुकै नाम दिइएको भएपनि शासन व्यवस्था ध्वस्त हुने नै भयो । जुनसुकै कूलमा जन्मेको भएपनि ज्ञान आर्जन नगर्नेबेला सम्म त्यो अबोध हुन्छ । ज्ञान आर्जन गरी सकेपछि उसले आर्जेको ज्ञानको आधारमा कर्म गर्नुपर्दछ । नेपालका बाहुनहरु यो वा त्यो बहानामा शासन सत्तामा पुग्ने तर त्यसलाई मर्यादित, व्यवस्थित र विधिसम्मत् ढंगबाट संचालन गर्न नसक्ने भएपछि आजको यो अवस्था आएको हो ।

राजनीतिक रुपमा जनमत प्राप्त गर्नका लागि लिम्बुवान, खम्बुवान, तमुवान, किराँत, मगराँत जस्ता राज्य निर्माण गर्छौ भनेर प्रचण्डले जनतालाई दिएको धोका इतिहासका पानामा लेखियो भने कुनै दिन उनले वा उनका सन्नतीले त्यसको मूल्य अवश्य चुकाउनु पर्नेछ । जनताको मुक्तिका लागि भन्दै गरिएको जनयुद्धमा मारिएका निर्दोष नेपालीहरुको श्रापको कारण प्रचण्डले आफ्नै छोराको शालिक अनावरण गर्नुप¥यो । यो भन्दा ठूलो पीडा के हुन सक्छ ? यो भन्दा ठूलो अभाग के हुनसक्छ ? यो भन्दा ठूलो पाप के हुन सक्छ ? सन्तान विहिन कृष्णप्रसाद, पुत्रविहिन गिरिजाप्रसाद भन्दा करोडौ गुणा कोही अभागी नेता छन भने ती प्रचण्ड हुन् । आफू राष्ट्रपति हुने र हिजोको रैतिको छोरा अदृष्य श्रीपेच पहिरिने लोभका कारण गिरिजाप्रसाद कोइरालाले देशलाई धर्मनिरपेक्ष बनाउने मात्र होइन गणतन्त्र स्थापना गर्ने कार्यमा जुन भूमिका खेले त्यसको पापले उनको आत्मले शान्ति पाएकै छैन होला । कृष्णप्रसाद भट्टराई जस्ता सन्त नेतालाई रुवाएर बालुवाटारबाट निस्कन विवश तुल्याएको पापले गिरिजाले देशको प्रथम राष्ट्रपति बन्न नपाएरै संसार त्याग्नु प¥यो । २०७२ मा लोकतान्त्रिक संविधान बन्यो । शुसिल कोइरालाले निकै सुझबुझका साथ संविधान घोषणा गर्ने कार्यमा देखाएको उदारताका कारण उनले औषधी र अस्पताल देख्नै नपाई संसारबाट विदा लिनु प¥यो ।

वर्तमान अवस्थासम्म आइपुग्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन बाहेक अरु सबै पार्टीको नेतृत्व गर्नेहरु बाहुन छन् । खाँटी कम्यूनिष्ट हौ भन्नेहरुले, हिन्दुधर्मको विरोध गर्नेहरुले, होलिवाइन पिउनेहरुले भगवान श्रीकृष्णको जीवन अध्ययन गर्न जरुरी छ । आज घरमा विदेशी नेताहरुको फोटो राखेर उनीहरुको पाउ छुनेहरु हो सबैभन्दा खाँटी कम्यूनिष्ट त भगवान श्रीकृष्ण थिए । उनको पूजा गर्न किन सक्दैनौ ? कंशको अत्याचारबाट जनतालाई मुक्ति दिनका लागि भगवान श्रीकृष्णले गरेको आन्दोलनको अध्ययन गर । गोकूलको मख्खन गौपालकहरुले खान पाउनुपर्छ कंशलाई मधुरामा पु¥याउनु हुँदैन भनेर आन्दोलन गर्नु श्रीकृष्णको प्रगतिवादी आन्दोलन हो । श्रीकृष्णले सुदामा प्रति देखाएको सदासयतालाई निरंकुशी देख्ने तिम्रा आँखाका नानीमा फुलो किन पर्दैन ।

भ्रष्टाचारमा कोही समातिएका छन् भने धेरै बाहुनहरु नै समातिएका छन् । राजनीतिक रुपमा गरिएका हत्या हिंसामा सबैभन्दा धेरै भूमिका बाहुनहरुकै छ । धर्ममाथि अत्याचार भएको छ भने बाहुनहरुबाटै भएको छ । जनता माथि अप्रत्यक्ष रुपमा थिचोमिचो भएको छ भने बाहुनबाटै भएको छ । अनि भाषा, संस्कृति, पहिचान माथि आक्रमण भएको छ भने बाहुनबाटै भएको छ । पार्टी जुनसुकै भएपनि त्यसको नेतृत्व बाहुनले गर्ने ? सरकार जुन पार्टीको बनेपनि देशको नेतृत्व बाहुनले नै गर्ने ? अनि उनीहरुले इमान, धर्म सांक्षी राखेर कार्य गर्न नसक्ने भएकाले देश भित्र भित्र खोक्रो भइसक्यो । अर्थतन्त्र ध्वस्त भइसक्यो । यो सब बाहुनहरुको कारणले गर्दा हो । आज श्रीलंकाका राष्ट्रपति देश छोडेर भाग्नुपर्ने अवस्था आयो । कारण के हो भन्ने विश्लेषण नेताहरुले गरेकै होलान् । भोली नेपालमा त्यही अवस्थाको सिर्जना हुँदैन भन्ने ग्यारेन्टी के ?

अब नेपाललाई जोगाउने हो भने, देशको सीमारक्षा गर्ने हो भने, नेपाली जनताको समृद्धि चाहने हो भने देशको शासन सत्ता सम्हाल्नका लागि जंगबहादुर राणा जस्तो क्षेत्रीयको जन्म हुनु आवश्यक भइसक्यो । चाहे त्यो जुनसुकै कूलको होस् राष्ट्रभक्त सपुत नेपालमा जन्मिनै पर्छ । अब बाहुनले देश सम्हाल्न सक्दैनन । हिजो विश्वेश्वर प्रसाद कोइरालालाई जेलमा हालेजस्तै मात्र होइन माथवरसिंर जस्ता वीरहरुलाई कोतमा भेला गरे झैँ अहिलेका नेताहरु प्रचण्ड, देउवा, ओली, माकुने, मैनालीलगायत जो जो बाहुनहरु पार्टीको नेतृत्वमा छन् उनीहरुलाई खुलामञ्चमा भेला गरेर राजनीतिक बलिको बोको बनाउन सक्ने सपुतको खाँचो भइसक्यो । अन्यथा नेपाल आमाको रक्षा नहुने भयो ।

गाउँको कुनामा बसेर बाहुनको कूलमा जन्मेको एउटा गरिब परिवारको मान्छेलाई बाहुनवादको नारा लगाएर देश बन्दैन । बाहुनवाद भनेको के हो ? बुझ्न नसक्नेहरुले जातीय रुपमा बाहुनको विरोध गरेका छन् यो नीच कार्य हो । जातीयताका आधारमा त सबै बराबर छन् । तर माथि उल्लेखित बाह्नहरुले बाहुनवाद लादिरहेका छन् त्यसको विरोध गर्ने तर्फ कसैको हिक्मत नहुनु राजनीतिक आस्थाको कारण हो । राजनीतिक आस्थाभन्दा एककदम माथि उठेर गलत काम गर्नेहरुका विरुद्धमा नेपाली जनता एकमत भएर नलाग्ने हो भने पूर्वको टिष्टा र पश्चिमको काँगडा पनि हाम्रो थियो भनेर थोत्रा गाला बजाए जस्तै भोली हामी स्वतन्त्र नेपाली थियौ भनेर मनमनै कल्पिनु र तालु ठोकेर पश्चाताप गर्नु बाहेक अरु हात लाग्ने छैन । अतः देशको राजनीतिक अवस्था, शासन व्यवस्था, भाषा, संस्कृति र पहिचान अनि सिंगो देश जोगाउनका लागि नेतृत्व गर्न सक्ने सक्षम व्यक्तित्व कोही छ ? नेपाल आमाको अबको पखाई यही हो ।