Loading... आजः २४ जेष्ठ २०८३, आईतवार । Sunday 7th June 2026
ताजा खबर
  

राजेन्द्र लिङ्देनले गरे सांसदबाट राजीनामाको घोषणा

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामाको घोषणा गरेका छन्। आइतबार संसदमा विशेष समय लिएर बोल्दै उनले राजीनामा घोषणा गरेका हुन्।

‘संसदको आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले मलाई लज्जित तुल्यायो। त्यसैले मैले राजीनामा घोषणा गर्न चाहन्छु। मेरो नाममा तलब भत्ता रोक्का गरियोस्,’ उनले भने।

संसदको म्याद चुनावपछि पनि लम्ब्याउन काम अनैतिक भएको उनले बताए। पाँच वर्षको कार्यकालमा नीतिगत रुपमा आफ्नो उपेक्षा गरिएको अनुभव भएको उनले बताए। सबै दलका सदस्यबाट स्नेह र सद्धभाव प्राप्त गरेको उनको भनाई छ।