कर्णालीमा बिकासको लागि राजनितिक सम्मेलन गर्नु आवश्यक छ : नेता कँडेल
सुर्खेत ।
कर्णालीमा बिकासको लागि राजनितिक सम्मेलन गर्नु आवश्यक छः नेता कँडेल नेकपा एमालेका स्थायी कमिटि सदस्य यमलाल कँडेलले कर्णालीमा बिकासको लागि राजनितिक सम्मेलन गर्नु आवश्यक रहेको बताउनु भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक स्थापना भएको कचहरी प्रेस क्लबको सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्देै नेता कँडेलले कर्णाली प्रदेश सरकारका मुख्य मन्त्रीमा दुई वटा पात्र देखी सक्यो अब अहिले तेस्रो पात्रको रुपमा माननिय मुख्य मन्त्री राजकुमार शर्मा आउनु भएको छ उहाँले कर्णालीको विकासको लागि छिट्टै राजनितिक सम्मेलन गर्नु आवश्यक रहेको टिप्पणी गर्नु भएको छ ।
उनले भने हामीले संघियता बनायौ तर हाम्रो कर्णाली प्रदेश बचेखुचेको भुभागलाई समेटेर मात्र सिमांकन गरीयो,हाम्रो दैनिक खाद्य बस्तु लगायतका कुराहरु ल्याउने पहिले देखीनै निरन्तर रुपमा आपसि सम्बन्ध रहेको क्षेत्रलाई भन्दा कहिलै नजोडिएको रोल्पासँग जोडीनु पर्ने अवश्था बन्यो । कर्णाली प्रदेशका मुख्य मन्त्री राजकुमार शर्मा भएको कार्यक्रममा नेता कँडेलले कर्णाली प्रदेश सरकार मन्त्री उत्पादन गर्ने कारखाना मात्रै बन्यो,प्रदेश सांसदमा निर्वाचित भएजतिकालाई पुर्वमन्त्री बनाएर पठाउने मानिसिकाताबाट माथि उठ्न सकेनौ भने कर्णालीको बिकासको परिकल्पना गर्न सकिदैन ।
अहिलेको सरकार देश बनाउन होइन दिन बिताउन गठबन्धन बनेको हो,पुर्वमन्त्रीको उपनामले चिनाउन बनेको हो,उनले भने कर्णालीमा साधन स्रोत प्रसस्तै छ तर बितरण गर्ने ठाउँमा हामीहरु छैनौ,बितरण गर्ने ठाउँमा गबन्धनका पात्रहरु भएकाले उनिहरुले बिकास भन्दा गर्ने भन्दा पनि आफ्ना कार्यक्रता भर्ति गर्ने केन्द्रको रुपमा स्थापीत गर्न खोजेका छन् अनि कसरी हुँन्छ बिकास कर्णालीमा ? उनले भने कर्णालीमा यो दल त्योदल नभनिकन मुद्धा र विषयलाई प्रमुख ठानौ हामीसँग राष्टलाई प्रभाब पार्ने मुद्धाहरु छन् ।
जनताबाट प्रत्यक्ष निर्वाचित राष्टप्रमुख चाहिएको छ : मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले जनताबाट प्रत्यक्ष निर्वाचि राष्टप्रमुख आवश्यकभएको बताउनु भएको छ । बुधबार सुर्खेतको राजधानी वीरेन्द्रनगरमा कचहरी प्रेस क्लब द्धारा आयोजित संविधान कार्यान्वयनमा कर्णालीः उपलब्धी र चुनौती बिषयक अन्तर संबाद कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो । दिनै पिच्छे सरकार फेरीनुले विकास निमार्णका कामहरु भएनन् अब हाम्रो जस्तो मुलुकमा जनताबाट प्रत्यक्ष निर्वाचि राष्टप्रमुखचाहिएको बताउनु भयो ।
त्यस्तो सरकारले आफु टिक्ने हुँकी हैन भन्ने भन्ने कुरालाई भन्दा विकास निमार्णको कामलाई प्राथामीकता दिन्छ र विकासको गति अगाडी बढ्छ । कर्णाली साधन स्रोतको हिसाबले सम्पन्न छ तर कर्णालीलाई पछि पारीएको छ अब कर्णालीले क्षती पुर्ति सहितको बजेट पाउनु पर्छ भन्ने आवाज उठाउन जरुरी रहेको बताउनु भयो । उनले कर्णालीमा कसरी समाजबाद आउँछ भन्ने विषयमा बहस चाहिएको छ जसको लागि राजनितिक सम्मेलन गर्ने सेडुल आफुले तयारी गरी रहेको बताउनु भयो ।
संघियता आइसके पछि,संबिधान जारी भैसकेपछि कर्णालीमा केही पनि भएको छैन भन्नु वाइजात कुरा हो । सबै कुराको विकास हुँन नसके पनि केही न केही कुराको विकास भएको छ । हामीले सोचलाई ब्यबहारमा परिवर्तन गर्न जरुरी छ । कर्णाली निमार्णको लागि सबैको सकारात्मक सोच र चिन्तन गर्न जरुरी छ त्यसैले सुर्खेतमा स्थापना भएको कचहरी प्रेस क्लब साँच्चीकै परिवर्तनको संगम बन्नपुगोस ।
ब्यबस्था बदलियो तर अबस्था बदलीयन : प्रमुख सचेतक विष्ट
नेपाली काँग्रेशका नेता हिक्मत विष्टले ब्यबस्था बदलीय पनि अवस्था नबदलीयको बताउनु भएको छ । नेपाली काँग्रेश कर्णाली प्रदेश सभाका संसदिय दलका सचेतक हिक्मत विष्टले बुधबार सुर्खेतको राजधानी वीरेन्द्रनगरमा कचहरी प्रेस क्लब द्धारा आयोजित संविधान कार्यान्वयनमा कर्णालीः उपलब्धी र चुनौती बिषयक अन्तर संबाद कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो ।
उनले देशमा गणतन्त्र आयो,धेरै नेताहरु जन्मीए तर नागरीकको अवस्था ज्युकोतिउ रहेकोबताउनु भएको छ । हाम्रो देशमा राजनितिक संघियता भयो तर वित्तीय र प्रशासनिक संघियता भए मात्र कर्णाली जस्तो प्रदेशको विकास गर्न सकिन्छ । हामी सबैले कर्णाली निमार्णको लागि जो जसले जहाँबाट जिताएका छौ उहाँहरुलाई जिम्मेवार बनाउनु पर्यो यदी जनप्रतिनिधि र राजनितिक दलहरु जिम्मेवार भएनन् भने कर्णाली त के देश नै आर्थिक संकटमा पर्ने स्थीतीमा पुगेको बताउनु भयो ।