Loading... आजः ४ जेष्ठ २०८१, शुक्रबार । Friday 17th May 2024

ज्योतिष परिषदलाई जग्गा दान

सुर्खेत ।
नेपाल ज्योतिष परिषद कर्णाली प्रदेश सुर्खेतलाई भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का ज्यो.प. नारदप्रसाद उपाध्यायले जग्गा दान दिनु भएको छ । मालपोत कार्यालयबाट रजिष्ट्रेशन राजीनामा गरेर करिब ५० लाख बराबरको जग्गा उपाध्यायले दान दिनु भएको छ ।

No description available.
दान गरिएको जग्गाको लालपूर्जा

जग्गादाताले दान गर्नुभएको छ अब हामीलाई भवन निर्माण गर्ने अभिभारा थपिएको छ त्यसका लागि सबै क्षेत्र र तहतप्काबाट सहयोग हुनेमा विश्वास लिएको बताउनु हुन्छ नेपाल ज्योतिष परिषद कर्णाली प्रदेशका अध्यक्ष ज्यो.प. डा. गौरीशंकर शर्मा ।

जग्गा प्राप्ति पछि बसेको प्रदेश समितिको बैठकले जग्गादातालाई धन्यवाद ज्ञापनको निर्णय गर्दै अवसर पारेर सम्मान गर्ने, भवन निर्माणका लागि छुट्टै समितिको गठन गर्ने लगायतका निर्णय गरेको महासचिव विष्णुप्रसाद अधिकारीले बताउनु भयो ।

जग्गादाता बीचमा, साथमा अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष

हामीले लामो संघर्षबाट दाता भेटेका छौ । एउटा सज्जनले कमाएको धन दानका लागि प्रयोग भएको छ । यो निकै खुसीको कुरा भएको र कर्णाली प्रदेशको राजधानीमा नेपाल ज्योतिष परिषदको भवन निर्माण हुने भएकाले सुर्खेत जिल्ला कार्य समितिलाई अझ थप दायित्व र जिम्मेवारी थपिएको नेपाल ज्योतिष परिषद जिल्ला कार्य समिति सुर्खेतका अध्यक्ष ज्यो. प. यामप्रसाद अधिकारीले बताउनु भयो । बैठकमा प्रदेश समितिका पदाधिकारी, सदस्य, लगायत भक्तिप्रसाद उपाध्यायलगायतको उपस्थिति रहेको थियो ।


जग्गा दान गर्ने दातालाई नेपाल ज्योतिष परिषदको केन्द्रीय समितिले समेत धन्यवाद ज्ञापन गरेको छ । नेपाल ज्योतिष परिषद कर्णाली प्रदेश भवन निर्माणका लागि जग्गा नभएको बताउँदै आएको थियो ।